तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
- कार्तिक ७, २०८३
भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास मङ्गलबार गर्नुभयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१८ वर्ष पुरानो आगंछेँ पुनःनिर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्दै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरवासीकै पहल आवश्यक भएको बताउनुभयो । भक्तपुरका सम्पदाहरू नगरपालिकाको बजेट, जनप्रतिनिधिको साथ र नगरवासी जनताको सहयोगमा बनिरहेको उहाँले बताउनुभयो ।
कोभिड – १९ को जोखिमका कारण यस वर्ष धेरै मानिस जम्मा हुने चाडपर्वहरूलाई औपचारिकतामै सीमित गर्ने निर्णय भक्तपुर नगरपालिकाले गरेको बताउँदै उहाँले भक्तपुर नगरको पुरानो मौलिक शैलीलाई जीवन्त राख्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका विकास निर्माणका गतिविधिबारे अवगत गराउँदै सम्पदा पुनः निर्माण ठेक्कापट्टामा गर्न नहुनेमा जोड दिनुभयो । उहाँले कोरोना र डेङ्गुविरुद्ध लड्न आ—आफ्नो ठाउँ सफा गर्न आफैँ अघि सर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल, पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवाल र स्थानीय रमिला प्रजापतिलगायतले बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाको बजेटमा बन्न लागेको विश्वकर्मा आगंछेँ (तेलिकोटा झ्याल) को लगत इस्टिमेट रु. ९९ लाख ६८ हजार ५ सय २६ रुपैयाँ रहेको छ ।
Leave a Reply