भर्खरै :

संरा अमेरिकामा धनी र गरिबबीचको बढ्दो विभेदले मानवअधिकारमा परेको असर

चिनियाँ मानवअधिकार अध्ययन समाज (सीएसएचआरएस) को अध्ययन प्रतिवेदन (२०२० जुलाई)
संरा अमेरिका आफूलाई संसारकै सबभन्दा ठुलो महाशक्ति ठान्छ । तथापि आफ्ना सबै नागरिकलाई आरामदायी जीवन दिन ऊ असफल छ । संरा अमेरिकाले समृद्धिको घुम्टो ओडेको छ । तर, त्यो देशमा धनी र गरिबबीचको खाडल दिनानुदिन ठुलो बन्दै गएको तीतो वास्तविकता हो । संयुक्त राष्ट्र सङ्घीय अति गरिबी तथा मानवअधिकार विशेष दूत फिलिप एल्सटनले संरा अमेरिकाको भ्रमणपछि एउटा प्रतिवेदन बुझाएका थिए । सन् २०१८ को मे महिनामा बुझाइएको सो प्रतिवेदनमा सबै पश्चिमा देशहरूमध्ये संरा अमेरिकामा धनी र गरिबबीच सबभन्दा ठुलो खाडल रहेको औँल्याइएको थियो । सो प्रतिवेदनअनुसार संरा अमेरिकामा १ करोड ८५ लाख मानिस चरम गरिबीमा बाँच्छन् । ५० लाखभन्दा बढी संरा अमेरिकी नागरिक तेस्रो विश्वमा निरपेक्ष गरिबीको अवस्थासँग तुलनीय अवस्थामा बाँच्छन् ।

सिकागोमा आवासविहीन जनता


सन् २०२० मा कोभिड–१९ को महामारी फैलियो । तर, संरा अमेरिकी सरकारले महामारीविरुद्ध प्रभावकारी काम गर्नसकेन । फलतः अमेरिकी जनता मानवअधिकारको दयनीय सङ्कटमा बाँच्न बाध्य छन् । यो अवस्थाले संरा अमेरिकी समाजमा विद्यमान सामाजिक तथा आर्थिक असमानतालाई अझ प्रकाशमा ल्याउनुको साथै फराकिलो बनाएको छ ।
संरा अमेरिकामा धनी र गरिबबीच लगातार बढ्दो विभाजनको मूल चरित्र
संरा अमेरिकामा आम्दानी धु्रवीकरणको उच्च अवस्था छ । सन् २०१८ को जुलाई १२ मा पिउ अनुसन्धान केन्द्रले एउटा सर्भेको परिणाम सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा संरा अमेरिकामा सन् १९७० दसकयता धनी र गरिबीचको खाडल उल्लेख्यरूपमा फराकिलो भएको उल्लेख छ । संरा अमेरिकी वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१९ को मे महिनामा संरा अमेरिकाको गिनी कोफिसेन्ट (धनी र गरिबबीचको खाडल मापन गर्ने आर्थिक सूत्र) ०.४८२ पुगेको छ । अन्तर्राष्ट्रिय रूपमा ०.४ भन्दा माथि जानुलाई ‘सावधानी रेखा’ मानिन्छ । सन् २०१६ को डिसेम्बरमा वल्र्ड सोसिएलिस्ट वेभसाइटमा एउटा अनुसन्धानको नतिजा प्रकाशित गरिएको छ । सो नतिजाअनुसार सन् २०१४ मा न्युन आम्दानीका संरा अमेरिकी नागरिकको प्रतिव्यक्ति वार्षिक आम्दानी १६ हजार २ सय अमेरिकी डलर थियो । संरा अमेरिकामा त्यो तप्काको जनसङ्ख्या ५० प्रतिशत छ । सन् २०१४ को उनीहरूको आम्दानी सन् १९८० को दशकको आम्दानी झन्डै बराबर छ । तर, उच्च आम्दानी भएका १ प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक आम्दानी यो अवधि (सन् १९८० दशकदेखि २०१४ सम्म) तीन गुणाले बढेको छ ।
सन् २०१४ मा उच्च आम्दानी भएको एक जना अमेरिकी नागरिकको प्रतिव्यक्ति वार्षिक आम्दानी एक जना साधारण मजदुरको जीवनभरको कमाइ बराबर हुने सो अध्ययनको नतिजाले देखाएको छ । ‘द बिजिनेस इन्साइडर’ वेभसाइटले सन् २०१६ को अगस्ट १५ मा केही तथ्य सार्वजनिक ग¥यो । त्यसमा सन् १९७८ देखि २०१५ सम्मको विश्लेषण गरिएको छ । जसअनुसार त्यो अवधिमा संरा अमेरिकाका ३५० वटा ठुला कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) को तलब झन्डै ९४० प्रतिशतले बढेको थियो । तर, साधारण मजदुरको तलब भने १० प्रतिशतले मात्र वृद्धि भएको थियो । सन् २०१७ को सेप्टेम्बरमा ‘बोस्टन रिभ्यु’ को वेभसाइटमा एउटा रिपोर्ट छापिएको थियो । जसअनुसार संरा अमेरिकी जनसङ्ख्यामा झन्डै ८० प्रतिशत रहेको न्यून तथा मध्यम आम्दानीभएको समूहको आम्दानी पछिल्ला चालिस वर्षमा झन्डै २५ प्रतिशतले मात्र बढेको थियो । जबकि संरा अमेरिकी जनसङ्ख्यामा २० प्रतिशतमात्र रहेको उच्च आम्दानी भएको समूहको आम्दानी भने यो अवधिमा झन्डै दोब्बर भएको थियो । सन् २०१७ को जनवरीमा ‘द विजिनेस इन्साइडर’ वेभसाइटको जानकारीजस्तै डुच बैङ्कका प्रमुख अन्तर्राष्ट्रिय अर्थशास्त्री टोर्सन स्लोकले संरा अमेरिकाका सबभन्दा धनी ०.१ प्रतिशत परिवारको सम्पत्ति त्यहाँका सबभन्दा गरिब ९० प्रतिशत जनताको सम्पत्ति बराबर भएको तथ्याङ्क सार्वजनिक गरे । उनले संरा अमेरिकी परिवारको आम्दानीको आधारमा उनीहरूसँग भएको धनसम्पत्तिको तथ्याङ्क निकालेका थिए ।

लस एन्जल्समा आवासविहीनहरूको अस्थायी वास


संरा अमेरिकामा मध्यम वर्गको आकार क्रमशः खुम्चिरहेको छ । सन् २०१६ को मे महिनामा द एसोसिएट प्रेसले एउटा समाचार प्रकाशित गरेको थियो । सो समाचारअनुसार संरा अमेरिकाका सहरी मध्यम वर्गका ९० प्रतिशत परिवारले दिनानुदिन खस्किदो अवस्था सामना गरिरहेका छन् । उनीहरूमध्ये अधिकांश मध्यम वर्गबाट बाहिरिएका छन् । सन् २०१६ को सेप्टेम्बर २० मा गलअपले एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअनुसार आफूलाई मध्यम वा उच्च मध्यम वर्गमा वर्गीकरण गर्ने संरा अमेरिकी नागरिकको प्रतिशत सन् २००० देखि २००८ को अवधिमा औसतमा ६१ प्रतिशतबाट सन् २०१६ मा ५१ प्रतिशतमा झरेको थियो । यसको अर्थ संरा अमेरिकाका २ करोड ५० लाख नागरिकको आर्थिक जीवनस्तर निकै तल झरेको देखिन्छ । सन् २०१६ को मे ११ मा सार्वजनिक पिउ अनुसन्धान केन्द्रको अनुसन्धान प्रतिवेदनले संरा अमेरिकाका झन्डै २५ प्रतिशत महानगरहरूमध्ये बहुमतमा मध्यम वर्गको हाबी नरहेको देखाएको छ ।
संरा अमेरिकामा गरिबी दर उच्च छ । सन् २०१८ मा संरा अमेरिकाको जनगणना व्युरोले सार्वजनिक गरेको तथ्याङ्कले संरा अमेरिकामा गरिब जनताको सङ्ख्या ३ करोड ८१ लाख पुगेको देखाएको छ । त्यहाँको गरिबी दर ११.८ प्रतिशत छ । नीति अध्ययन प्रतिष्ठान (आइपीएस) ले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनमा सरकारले सार्वजनिक गरिबी दरभन्दा खास गरिबी दर बढी भएको देखाएको छ । आइपीएसको अध्ययनले संरा अमेरिकामा ४३.५ प्रतिशत जनता (झन्डै १४ करोड जनता) दयनीय अवस्था अथवा न्यून आम्दानीमा आफ्नो जीवन निर्वाह गरिरहेको अनुमान गरेको छ । सन् २०१७ मा स्टानफोर्ड गरिबी र असमानता केन्द्रले सार्वजनिक प्रतिवेदनमा संरा अमेरिकाको दक्षिणी क्षेत्रको ग्रामीण क्षेत्रमा समग्र गरिबी दर २० प्रतिशत रहेको उल्लेख छ । सो क्षेत्रका अफ्रिकी अमेरिकीमा ३३ प्रतिशत गरिबी र अफ्रिकी अमेरिकी महिलामा ३३ प्रतिशत गरिबी रहेको त्यसमा उल्लेख छ । पश्चिमी संरा अमेरिकाको ग्रामीण क्षेत्रमा बस्ने आदिवासी जनताको गरिबी दर ३२ प्रतिशतभन्दा माथि छ ।
धनी र गरिबीचको खाडलले मानवअधिकारमा गम्भीर नकारात्मक प्रभाव परेको छ ।
संरा अमेरिकामा झन्डै आधा परिवारले पुग्दो जीवनस्तर कायम गर्न सकेको छैन । सन् २०१८ को नोभेम्बर १९ मा यूएसए टुडेको वेभसाइटमा प्रकाशित समाचारअनुसार वर्षभरि पूर्णकालीन काम गर्ने ५० लाखभन्दा बढी संरा अमेरिकी नागरिकको वार्षिक आम्दानी १५ हजार अमेरिकी डलरभन्दा कम छ । त्यत्ति आम्दानीबाट उनीहरूले आफ्नो परिवार र केटाकेटीको लालनपोषण पनि गर्नुपर्दछ । सन् २०१८ को सङ्घीय बैङ्कले जारी गरेको प्रतिवेदनअनुसार संरा अमेरिकाका ४३ प्रतिशत परिवार आफ्ना आवश्यकता पूरा गर्न अक्षम छन् ।

संरा अमेरिकाको अर्थतन्त्र निकै विकसित भएर पनि न्यून आम्दानी कमाउने समूहलाई भोक मेटाउन हम्मेहम्मे प¥यो । संरा अमेरिकी कृषि विभागले सन् २०१५ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यहाँ झन्डै २० प्रतिशत बालबालिका खान पनि नपुग्ने परिवारमा हुर्कन्छन् । सन् २०१५ को नोभेम्बर २६ मा बेलायतको अखबार ‘द गार्जियन’ को वेभसाइटमा एउटा समाचार छापेको थियो । सो समाचारमा सन् २००८ देखि २०१४ सम्ममा हरेक वर्ष कम्तीमा ४ करोड ८१ लाख संरा अमेरिकी परिवारलाई ‘खाद्य असुरक्षित’ भनी वर्गीकृत गरिएको थियो । यस्ता ‘खाद्य असुरक्षित’ परिवारमध्ये १९.२ प्रतिशत परिवारका बालबालिकालाई स्वस्थ सन्तुलित खाना खान गा¥हो हुन्छ ।

उनीहरू आवास, खाना, बाल स्याहार, स्वास्थ्य सेवा, यातायात र सञ्चारको निम्ति ऋण लिनसक्दैनन् । संरा अमेरिकाका ४० प्रतिशत नागरिकसँग स्वास्थ्य उपचार वा कार मर्मत जस्ता भइपरी आउने खर्च पूरा गर्न ४ सय अमेरिकी डलर पनि खल्तीमा हुँदैन । पैसा नभएकोले त्यहाँका लाखौँ युवाहरू कलेज वा विश्वविद्यालय जान सक्दैनन् । दसौँ लाख विद्यार्थीहरूले चर्को ऋण लिएर आफ्नो पढाइ अघि बढाएका हुन्छन् । धनी र गरिबबीच लामो समयदेखि विद्यमान संरचनागत विभेद र धु्रवीकरणको कारण जोखिम सामना गर्ने संरा अमेरिकी कामदार जनताको क्षमता निकै घटेको छ । सन् २०२० को मे २८ मा संरा अमेरिकी श्रम तथ्याङ्क विभागले एउटा वक्तव्य जारी ग¥यो । जसअनुसार यो सालको मार्च १५ देखि मे २३ सम्ममा बेरोजगारी भत्ताको माग गर्ने अमेरिकी जनसङ्ख्या ४ करोड ८ लाख थियो । अप्रिल १० मा भोक्स न्युजले चालु महामारीले निम्त्याएको आर्थिक प्रभावको सबभन्दा बढी शिकार यो सबभन्दा कमजोर समूह बनेको छ । महामारीमा क्याटरिङ र खुद्रा उद्योगका न्यून ज्याला पाउने मजदुरहरूलगायत सबभन्दा कम ज्याला पाउने मजदुरहरू सबभन्दा बढी पीडित बनेका छन् । धेरै त कामबाट समेत निकालिए । संरा अमेरिकी सरकारले साना तथा मझौला उद्योगलाई मद्दत गर्ने हेतुले ‘ज्याला सुरक्षा कार्यक्रम’ (पेचेक प्रोटेक्सन प्रोग्राम–पीपीपी) लागु गर्दा केही ठुला उद्योगले कानुनी छुद्रको प्रयोग गरी ठुलो परिमाणको ऋण हात पारे । तर, व्यापार धान्न तत्काल ऋणको खाँचो परेका साना व्यापार र पसलेहरूले सरकारले घोषणा गरेको ऋण पाउन नसक्दा बन्द गर्नुप¥यो ।
संरा अमेरिकाको अर्थतन्त्र निकै विकसित भएर पनि न्यून आम्दानी कमाउने समूहलाई भोक मेटाउन हम्मेहम्मे प¥यो । संरा अमेरिकी कृषि विभागले सन् २०१५ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार त्यहाँ झन्डै २० प्रतिशत बालबालिका खान पनि नपुग्ने परिवारमा हुर्कन्छन् । सन् २०१५ को नोभेम्बर २६ मा बेलायतको अखबार ‘द गार्जियन’ को वेभसाइटमा एउटा समाचार छापेको थियो । सो समाचारमा सन् २००८ देखि २०१४ सम्ममा हरेक वर्ष कम्तीमा ४ करोड ८१ लाख संरा अमेरिकी परिवारलाई ‘खाद्य असुरक्षित’ भनी वर्गीकृत गरिएको थियो । यस्ता ‘खाद्य असुरक्षित’ परिवारमध्ये १९.२ प्रतिशत परिवारका बालबालिकालाई स्वस्थ सन्तुलित खाना खान गा¥हो हुन्छ । सन् २०१४ को अगस्ट १७ मा युएसए टुडेको वेभसाइटमा छापिएको समाचारअनुसार अत्यन्त उच्च गरिबी दरले झन्डै १४ प्रतिशत संरा अमेरिकी नागरिकलाई खाद्य सहायतामा भरपर्ने अवस्थामा पु¥याएको छ । खाद्य सहायतामा निर्भर रहने परिवारमध्ये ६५ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षमुनिका बालबालिका अथवा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् । त्यस्ता परिवारमध्ये ७९ प्रतिशत परिवारले खानको निम्ति सस्तो र अस्वस्थकर खाना किन्न गरेको छ । भोक र कुपोषणको कारण हुने दीर्घरोगको उपचारको निम्ति संरा अमेरिकामा १ खर्ब ६० अर्बभन्दा बढी अमेरिकी डलर खर्च हुने गरेको छ । सन् २०१५ मा संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अनुमानअनुसार ४ करोड ८० लाख संरा अमेरिकी नागरिक हरेक वर्ष खानाले लाग्ने रोगबाट बिरामी हुने गरेका छन् । उनीहरूमध्ये १ लाख २८ हजार अस्पतालमै भर्ना हुने गर्छन् । ३ हजार मानिसको त्यस्ता रोगको कारण मृत्यु हुने गर्छ । सन् २०२० को मे ७ मा फोर्बस न्युजले गरेको सर्भेअनुसार महामारीको समयमा अमेरिकामा ठुलो सङ्ख्यामा बालबालिका भोकको सामना गरिरहेका छन् । सो सर्भेअनुसार अप्रिल महिनाको अन्त्यसम्ममा पाँच खण्डको एक खण्डभन्दा बढी अमेरिकी परिवारले खानाको समस्या सामना गर्नुप¥यो । बा¥ह वर्षभन्दा कम उमेरका बालबालिकाले भएका पाँच खण्डको दुई खण्ड अमेरिकी परिवारले यस्तै खानाको समस्या भोग्नुपरेको छ ।
संरा अमेरिकामा घर नभएका जनता दयनीय अवस्थामा बाँचिरहेका छन् ।
सन् २०१७ को फेब्रुअरी २४ मा बेलायतको अखबार ‘द गार्जियन’ को वेभसाइटमा हरेक वर्ष दसौँ लाख संरा अमेरिकी नागरिक आफू बस्दै आएको घरबाट धपाइने गरेको समाचार प्रकाशित ग¥यो । घर भाडा तिर्न नसक्दा उनीहरू निकालिने गरेका हुन् ।

मे ७ मा ‘नेचर’ म्यागेजिनको वेभसाइटमा छापिएको एक समाचारअनुसार अध्येताहरूले जब संरा अमेरिकाका आवासविहीन मानिसबीच भाइरसको परीक्षण थालेका थिए, त्यतिञ्जेल अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । मे १४ मा ‘द लस एन्जलस टाइम्स’ को वेभसाइटमा प्रकाशित समाचारअनुसार महामारीको प्रभावको कारण संरा अमेरिकामा आवासविहीन जनताको सङ्ख्या एक वर्षभित्रै ४५ प्रतिशत पुग्नेछ । जसले जनस्वास्थ्य सङ्कटलाई अझ भयावह अवस्था पु¥याउनेछ ।

सन् २०१५ को नोभेम्बर २० मा रोयटर्सको वेभसाइटमा प्रकाशित समाचारअनुसार संरा अमेरिकाका अधिकांश भूभागमा सुपथ मूल्यका घरको अपुग र कमजोर आर्थिक अवस्थाको कारण ५ लाख ६५ हजार मानिस आवासविहीन बन्ने गरेका छन् । तीमध्ये एकचौथाइ त बालबालिका छन् । आवासविहीनहरूको सङ्ख्या निकै बढेपछि पछिल्ला वर्षमा लस एन्जल्स, सियाटल, पोर्टल्यान्ड र हवाईमा आपत्काल नै घोषणा गर्नुपरेको थियो । बेलायतको अखबार ‘द गार्जियन’ को वेभसाइटमा सन् २०१७ को डिसेम्बर ६ मा प्रकाशित एक समाचारअनुसार सन् २०१६ मा न्यु योर्क सहरमा आवासविहीन मानिसको सङ्ख्या ४.१ प्रतिशतले बढेको थियो । आवासविहीनहरूको जीवनस्तर निकै दयनीय छ । कतिपय आवासबिहिन मानिसको लागि तत्कालै स्वास्थ्य उपचारको खाँचो छ । कति मानसिक रोगी छन् । सहरमा बस्ने आवासविहीन मानिसले धेरै थरी समस्या सामना गर्छन् । उनीहरूमाथि कुटपिट हुन्छ । शौचालय र नुहाउने ठाउँको समस्या हुन्छ । कोभिड–१९ महामारीको बेला आवासबिहिन मानिसहरूलाई अन्यत्र धपाइएको छ । उनीहरू एकान्तवासको निम्ति अस्थायी शिविरमा बस्न बाध्य छन् । रोयटर्सको वेभसाइटले अप्रिल २३ मा प्रकाशित एक समाचारअनुसार संरा अमेरिकी सरकारले बन्दोबस्त गरेको भीडभाड भएको शिविरमा सामाजिक दुरी कायम गरी बस्न असम्भव छ । त्यसकारण त्यहाँ बस्ने मानिसलाई सहजै भाइरस सङ्क्रमण भइरहेको छ । ‘द न्युयोर्क टाइम्स’ को वेभसाइटमा अप्रिल १३ मा प्रकाशित समाचारअनुसार आवासविहीनको लागि बनेका शिविरहरू न्युयोर्क सहरमा भाइरस सङ्क्रमणको लागि सुस्त विस्फोट हुने बम भएका छन् । त्यस्ता शिविरमा १७ हजारभन्दा बढी मानिस बसोबास गर्छन् । उनीहरू शिविरमा खाँदिएर बस्ने गरेका छन् । मे ७ मा ‘नेचर’ म्यागेजिनको वेभसाइटमा छापिएको एक समाचारअनुसार अध्येताहरूले जब संरा अमेरिकाका आवासविहीन मानिसबीच भाइरसको परीक्षण थालेका थिए, त्यतिञ्जेल अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । मे १४ मा ‘द लस एन्जलस टाइम्स’ को वेभसाइटमा प्रकाशित समाचारअनुसार महामारीको प्रभावको कारण संरा अमेरिकामा आवासविहीन जनताको सङ्ख्या एक वर्षभित्रै ४५ प्रतिशत पुग्नेछ । जसले जनस्वास्थ्य सङ्कटलाई अझ भयावह अवस्था पु¥याउनेछ ।
अनुवाद – अञ्जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *