अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३
- आश्विन ६, २०८३
संसारमा केही वर्षको अन्तरालमा के–के हो व्याधि आउँछ । समयमै नियन्त्रण गर्न नसके व्याधिले महाव्याधिको रूप लिन्छ । लाखौँ–लाख मान्छे मार्छ । विश्व स्वास्थ्य सङ्गठन त्यसको विरूद्ध उभिन्छ र महाव्याधि नियन्त्रण गर्न आफूलाई पूरै खन्याउँछ । त्यस्ता महामारी नियन्त्रण गर्ने उपचार कहिले छिट्टै पत्ता लाग्छ भने कहिले लामो समयसम्म पनि पत्ता लाग्दैन । तर, विश्वका ठुला विश्वविद्यालयहरू तिनका प्रौढदेखि युवा वैज्ञानिकहरूसम्म पनि नखाई–नसुती महामारीको आक्रमणलाई परास्त गर्न गम्भीरतम् अनुसन्धानमा घुँडा घस्छन् र सफलता पनि पाउँछन्, पाइआएका छन् पनि । अहिले यो नयाँ महामारी आयो कोरोनाको नाम लिएर । यो विषाणु (भाइरस) बाट फैलिने रहेछ । त्यो पनि मान्छेबाट मान्छेमा । यसको गति हावाबाट गतिमान हुने तर एकमिटरको गति पनि लिन नसक्ने । एउटा मान्छे र अर्को मान्छेबीच एक मिटरको फरक अन्तर रहेछ भने पनि कोरोना भाइरस निष्प्राण हुनेरहेछ । मान्छेको श्वास, थुक–¥याल, सिङ्गान, छाला आदिबाट सजिलै एउटा मान्छेबाट अर्को मान्छेमा सर्नेरहेछ । त्यसो हुँदा हात नमिलाउने, नमस्कारद्वारा सम्मान गर्ने । हाछ्यूँ गर्दा नाक–मुख छेक्ने, खोक्दा मुख थुन्ने, सँगै वा टाँसिएर नबस्ने । कम्तीमा पनि एक मिटर फरक भएर बस्नेजस्ता व्यवहार गर्न सके यो रोग अर्कोबाट सर्दोरहेन छ । त्यसै भन्छ चिकित्सकहरू । यो कोरोनाबाट नेपालमा शनिबार १० गते ४५ जनाले ज्यान गुमाएका छन् । संसारका अरू केही मुलुकको तुलनामा यो सङ्ख्या ठुलो होइन सानै हो भन्ने लाग्छ । मलाई लाग्छ, नेपालीहरूमा प्रतिरोधी क्षमता राम्रै रहेछ ।
हिमाल हो कि बचाउने ?
नेपाल पनि विपन्न मुलुक हो । मध्यमस्तरको आय पनि नभएको देश । तर, कोभिड– १९ सँग नराम्रो जुध्यो हो ? सायद हिमालयको चिसो हावा दिन्छ ११८ प्रकारका त पारिस्थितिक प्रणाली नै छन् । जलवायु, वन, वनस्पति, हिमाल काखमा पाइने गुणकारी वनस्पति, जडिबुटी मिश्रित हुँदा नै होला कोरोना भाइरसप्रतिरोधी क्षमता हामीमा हुनुमा । कोभिड–१९ ले पक्रेका मान्छेहरू पनि उपचारपश्चात् कोरोनालाई पछारेर घर फर्केका हजारौँ नेपाली हाम्रो भरोसाका दृष्टान्त हुन् । हो, रोगाक्रान्त ४५ जनालाई बचाउन सकिएन । दुःख लागेको छ । तर मृत बिरामीमध्ये धेरै जनामा पुराना अरू नै रोग पनि रहेछन् । दम, क्यान्सर, चिनी, मिर्गौला आदि । यहाँ यी सकारात्मक कुरा लेख्नुको उद्देश्य हामीमा प्रतिरोधी क्षमता रहेछ भन्ने दर्शाउनु हो । तसर्थ सावधान हुनुपर्दोरहेन छ भनी बचाउका उपाय नमर्ने भन्ने अर्थमा लिन होइन नि ? सायद अहिलेसम्मका बन्दाबन्दीजस्ता तीनमहिने उपायले पनि यस्तो सकारात्मक परिणाम आएको हुनसक्छ । ४५ जना नेपालीलाई लग्यो त जति बचाउन प्रयत्न गरे पनि । सबै मृत व्यक्तिका परिवार, इष्टमित्रहरूमा समवेदना छ र अब गइसक्नुभयो, धैर्य धारण गरेर उहाँहरूले गर्छु भनेका राम्रा काम पूरा गर्नेतिर प्रयास गर्नु नै उहाँहरूप्रतिको श्रद्धा हुनेछ । त्यो बाटो लागौँ न त बरू !
कोरोनाको रहस्यको खोजी
यो कोरोना भाइरसले चीनमा पैदा भएर संसारभर फैलिएको हो भन्ने एकोहोरो अलाप गर्न छोडेका छैनन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले । यसका भाइरस चीनको चमेरोबाट फैलिएको भन्ने दोषारोपण गर्न थाकेका छैनन् ट्रम्प । डोनाल्ड ट्रम्पले दोहो¥याउँदै र पुनरावृत्त गरिरहँदैमा कुनै झूटो कुरा साँचो हुने भएदेखि त हो । तर जसले जति दोहो¥याइरहे पनि झूठो कुरा कहिल्यै साँचो हुँदैन, साँचो कुरा झूठो हुँदैन । यो सार्वभौम सत्य हो । ट्रम्पले उहान भाइरस, चाइना भाइरस भन्ने नामकरण गर्न पनि बाँकी राखेनन्, तर अन्ततः यो कोरोना भाइरस अमेरिकाबाट चीन गएको भन्ने पो त पुष्टि भयो । हो, चीनले यो महामारीविरूद्ध पूरै सङ्घर्ष ग¥यो । यो व्याधिविरूद्ध चीनका स्वास्थ्यकर्मीहरू भोक, निद्रा, तन्द्रा केही नभनी रात–दिन जोतिए, घोटिए । परिणाम कोरोनालाई चीनले परास्त ग¥यो । कोरोनाले चीनलाई परास्त गर्न सकेन तर यता संरा अमेरिकामा कोरोनाले ट्रम्पलाई पछार्दै छ, ट्रम्पले पछार्न सकेका छैनन् । नोवेल कोरोना भाइरसको मूल उत्पत्ति थलो कुन हो ? भन्ने बहस अझै अन्त्य भएको छैन । कोरोना भाइरसको रहस्य के हो ? भन्ने पत्ता लगाउन भाइरसविद्हरू अग्रपङ्क्तिमा उभिएर लागेका लाग्यै छन् । यो भाइरसको रहस्य के हो भनी दिन–रात परिश्रमका साथ लागेका छन् । वास्तवमा गरेर हुँदैन । अनुसन्धान भनेकै नथाकी, निरास नभई लागेको लाग्यै गर्ने धैर्य जरूरी हुन्छ । हारहुर, हडबड गरेर गुह्य रहस्य पत्ता लाग्दैन । कति कुराको खोजी एउटा पुस्ताले मात्र गर्न पनि सक्दैन । पुस्ता–पुस्ता लगाएर पत्ता लगाएका छन् । कति त पुस्तौँ–पुस्ताले पनि सकेका छैनन् जान्न ।
चमेरो चमेरोको गुणमा भाइरस अध्ययन
एकथरीमा आकार–प्रकारको आधारमा ज्ञान वा बुद्धि हुन्छ भन्ने भ्रम हुँदोरहेछ । वास्तवमा हाड–मासु बाक्लो र मोटो भएपछि बुद्धि पनि त्यस्तै हुन्छ भन्ने भ्रान्ति हुनेरहेछ । नत्र त राष्ट्रपति ट्रम्पको बुद्धि कति धेरै हुनुपर्ने । तर, पनि खै त त्यस्तो छैन । वास्तवमा कोरोना भाइरस संरा अमेरिकामा उत्पत्ति भएको रहेछ । अमेरिकाबाट चीनको उहान गएको रहेछ । चीनले बढी ध्यान दियो फैलन दिएन । यता अमेरिकाले ध्यान दिएन । अहिले बर्बाद भइरहेको छ । संरा अमेरिका एउटै राष्ट्रमा मात्र साउन ११ सम्ममा १,४९,३९८ जनाको ‘राम नाम सत्य’ भइसक्यो भने सङ्क्रमित नै ४३,१५,००० छन् । समयमै राज्यले ध्यान दिएको भए त्यत्ति धेरै मान्छे कहाँ मर्थे र ? राष्ट्रपति ट्रम्पलाई जनस्वास्थ्य हेर्ने फुर्सद र चासो कहाँ ? चीनमा भाइरसविद्हरूमध्ये शि चेङ्ली शीर्ष स्थानमा छन् । उनमा एउटा जिज्ञासा बढ्यो । पूरा समय अनुसन्धानमा नै लगाउन लागिन् । यही अध्ययनको क्रममा शि प्राणघातक सार्सजस्ता भाइरसको पनि पहिचान गर्न सक्ने भइन् । विशेषतः चमेरो बस्ने गुणमा पाइने त्यस्ता भाइरसको जटिल अनुसन्धानमा सफल हुन लर्तरो कुरो थिएन । भाइरसजस्तो सूक्ष्म विषयको निरन्तर अनुसन्धानमा शि विगत १५ वर्षदेखि एकाकार भएर संलग्न भइरहेकी छन् । शि उहान इन्ष्टिच्युट अफ भाइरोलजीको भाइरसविज्ञ हुन् । यस्ता आफूलाई समर्पित गर्ने व्यक्तिहरूले मात्र जीवनमा सफलता पाउन सकेका छन् ।
पुरस्कृत हुनुपर्नेमा तिरस्कृत !
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने नोवेल कोरोना भाइरसको उत्पत्ति त्यही प्रयोगशालाबाट चुहिएको भन्ने आरोप लगाइरहेका छन् । वास्तवमा कोरोना भाइरसको उत्पत्तिलाई लिएर निकै उफारिएको छ । यो उफ्राइ षड्यन्त्र सिद्धान्तमा आधारित छ । त्यसैले शिलाई त्यो भाइरस पत्ता लगाएकोमा पुरस्कृत गर्नुपर्नेमा उल्टो भाइरस चुहाएको दोषारोपण पो त गरिएको छ । ट्रम्पका अतिरिक्त अरू पनि कतिपय अबुझ मान्छेले त शिकै प्रयोगशालाबाट कोरोना भाइरस चुहिएको हो भनिरहेका छन् । ट्रम्प र अरूको पनि यस्तो निराधार दाबी र भनाइको संसारभरका वैज्ञानिकहरूले भत्र्सना गरिरहेका छन् । कोरोना भाइरसको महामारी यता पछिल्लोपल्ट साइन्स म्यागाजिनमा बोल्दै भाइरसविज्ञ शिले भाइरसको उत्पत्ति र आफ्नो अनुसन्धानबारे स्पष्ट पार्न खोजेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपको खण्डन गर्दै भनिन्, यो आरोप तथ्यसङ्गत छैन । वास्तवमा यस्ता आधारहीन आरोपले हाम्रो प्राज्ञिक कर्म र व्यक्तिगत जीवनमा समेत असर पारेको छ । तसर्थ उनले कड्केर भनिन् ट्रम्पले त्यसबापत हामीसँग माफी माग्नुपर्छ । बडो परिश्रमसाथ अनवरत अनुसन्धान गर्ने वैज्ञानिकहरूलाई प्रोत्साहन गर्नुको बदला शतप्रतिशत झूटा आरोप लगाएर के गर्न खोजिएको हो भन्ने प्रश्न खडा गराएको छ । उक्त इन्ष्टिच्युटउपर आरोप लागेपछि शिले प्रयोगशालाबाट कतिपय सामग्री फाल्ने क्रममा कतै कुनै गल्ती भएको थियो कि भनी विगतका केही वर्षका रेकर्ड बुझ्नेतिर पनि लागेछन् । उनले आफ्नो प्रयोगशालामा पहिले अध्ययन गरिएका चमेरोमा हुने भाइरसको आनुवंशिक क्रममा हाल फेला परेका सार्स कोभ–२ सँग कुनै पनि मिलेको फेला परेन छ ।
उच्च र विश्वस्त प्रयोगशाला
उहानको इन्स्टिच्युटले वर्षौँको अध्ययनको क्रममा चमेरोमा पाइने सयौँ भाइरसको पहिचान गर्दा पनि अहिले फैलिएको भाइरस कहीँ पनि मिलेको पाइएन रे । यो भाइरसको दुनियाँ नै अलग्ग र पृथक रहेछ । हालै आरएटीजी १३ नामको चमेरोमा पाइने भाइरसमा धेरै शङ्का–उपशङ्का बाहिर आएका छन् । तर, आरएटीजी नामको भाइरस शिको प्रयोगशालामा कहिल्यै अध्ययन नै गरिएको रहेनछ । त्यसकारण प्रयोगशालामा कुनै पनि कमजोरीको सम्भावना पनि देखिँदैन, शिको भनाइ छ । उनको अध्ययन पद्धतिले कडा जैविक सुरक्षालाई ध्यान दिएको र प्रयोगशाला सरकारको अनुमति प्राप्त कुनै पनि तेस्रो पक्षिया इन्ष्टिच्युटले अनुसन्धान गर्न नसक्नेरहेछ । त्यस्ता भाइरस अनुसन्धान गर्ने प्रयोगशालामा कार्यरत वैज्ञानिक र विद्यार्थीहरूको स्वास्थ्य परीक्षण कसैमा पनि सार्ससम्बन्धी भाइरसको कुनै पनि लक्षण देखिएको छैन । कति सुरक्षित रहेछ त त्यो प्रयोगशाला । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नाम कमाएका वैज्ञानिकहरूले शिको अभिव्यक्तिका लागि कदर गरेर नयाँ जानकारीका लागि आभार पनि व्यक्त गरेका छन् ।
त्यता पनि पस्यो रे कोरोना !
कोरोनाबाट यतिका समयसम्म बचेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा समेत कोरोना पसेको समाचार आएको छ । कोरोना नपसेको कुनै मुलुक छैन अब । प्योङयाङको समाचारअनुसार १९ जुलाईमा गणतन्त्र कोरिया–दक्षिण कोरियाबाट जनगणतन्त्रको केसोङ सहरमा अवैधरूपमा सीमा पार गरी एकजना पसेछन् । ती व्यक्ति तीन वर्षअघि भागेर दक्षिण कोरिया पसेका भगौडा उत्तर कोरियाली रहेछन् । अवैधरूपमा सीमा रेखा पार गरी केसोङ पुगेका ती व्यक्ति आफूमात्र उत्तर कोरिया प्रवेश गरेनछन्, प्राणघातक भाइरससमेत लिएर गएका रहेछन् । ती भगौडा सङ्क्रमित हुनसक्ने आशङ्काले प्रारम्भिक चरणमा नै कडा क्वारेन्टिनमा राखिएछ । साथै ती पाँच दिनमा उनले भेटेका सबै मान्छेलाई पनि क्वारेन्टिनमा राखी अनुसन्धान गरिएछ । यो विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राखी त्यहाँका नेता किम जङ उनको अध्यक्षतामा आकस्मिक बैठक बसी छलफल गरी अधिकतम आकस्मिक प्रबन्ध गर्ने निर्णय गरिएछ । त्यसबाहेक देशभर सबै क्षेत्रमा महामारीका प्रतिरोधका लागि सघन पूर्वतयारी गर्ने र त्यो देश प्रवेश गर्ने सबै नाकामा कडाइ गर्न लागिएछ । हुन त उत्तर कोरियामा गत ६ महिनादेखि सबै नाका कडाइ गरिएको रहेछ । त्यति हुँदाहुँदै पनि प्राणघातक भाइरस देशभित्र पसेको हुनसक्छ भनी झन् कडा गर्न थालिएको रहेछ । केसोङ सहरमा आपत्काल पनि लागू गरिएछ । त्यसबाहेक लकडाउन पनि घोषणा गरिएछ । यसरी जनगणतन्त्र कोरियाले प्रारम्भमै कडीकडाउ गरिएबाट थाहा हुन्छ, कोरोना भाइरसलाई हेलचेक्र्याइँको रूपमा लिनुहुँदैन । त्यसो नगर्दा अमेरिका, ब्राजिल कस्तो छ आज ?
अस्ट्रेलिया र इजरायल पनि
अस्ट्रेलिया कोरोनाबाट त्यति आक्रान्त थिएन । तर, अस्ति आइतबार एकैदिन १० जनाको ज्यान लिएछ । कोरोनाले अमेरिकामा एकैदिन हजारौँ मान्छे मर्दा पनि राष्ट्रपति ट्रम्प त्यति गम्भीर देखिएनन् । तर, किम जङ उन एक जना सङ्क्रमित भेटिँदा नै गम्भीर पूर्वतयारीमा लागे । कत्रो फरक राजनेताहरूमा ¤ त्यसो त अस्ट्रेलियामा कोरोनाको सङ्क्रमणबाट १२५ जनामात्र मरेका रहेछन् । तर, कत्रो सतर्कता र सजगता ¤ उता इजरायलमा सरकार यो महामारी रोकथाममा प्रभावकारी भूमिका निर्वाह नगरेको भनी जेरुसेलम, तेलअभिवलगायत ठाउँ ठाउँमा जनताले सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध कडा नारा लागिरहेको मात्र छैन नेतान्याहुको राजीनामा समेत माग गरिएको छ नेतान्याहुमाथि घूसखोरी, ठगी र विश्वास सङ्कटमा मुद्दासमेत लागेका छन् । त्यहाँको सरकारले हालै एउटा कानुन पारित गरेर २०२१ सम्मका लागि भाइरसको सङ्क्रमणसँग लड्न विशेष अधिकार प्रदान गरेको छ । सुरूतिर कोरोनाको रोकथाम र नियन्त्रणको प्रयासको प्रशंसा पनि नभएको होइन । तर केही समय यतिदेखि सरकारको विरोध हुन थालेको छ । साँच्चै हो केही मुलुकमा कोरोनाको चर्काे आक्रमण छ । विश्वको अर्थतन्त्र भयावह छ । कोरोनाविरूद्धको लडाइँ हा¥यो भने मानव जातिले ? तसर्थ कोरोनाविरूद्ध जुटौँ ।
Leave a Reply