आस्था थियटरमा रामशेखरया ख्यालः ब्वज्यामा खुँ याता ज्वँ ज्वँ प्रदर्शन
- श्रावण १२, २०८३
दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मंसिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरूका परिवार स्वदेश छिरे पनि पटक्कै खुसी छैनन् । भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरूले चार महिनामात्रै काम गर्न पाए । गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन् ।
“बन्दाबन्दी भएको पनि चार महिना बढी भयो । काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन । छाक टार्न खाद्यान्नको जोहो ग¥यो, घर आउन खर्च दिएको छैन ।” उहाँले भन्नुभयो, “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुलाको खलङ्गा पुगेका छन् ।”
दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल तर्दै खलङ्गा खुलामञ्चमा आइपुगेका उनीहरू भोकभोकै बसेका छन् । कोरोनाको त्रासका बीच उनीहरूलाई सहयोग गर्न कोही पुगेका छैनन् । ताराका श्रीमान् तिलमान शाही उनी नजिकै घाममै सुतेका थिए । छोरा खेल्दै थियो । ठुलो भारीसँगै पल्टिएका उनीहरूमा स्वदेश छिरेकामा झन् पछुतो छ । सरकारले उद्धार गर्ला भनेरै जन्मस्थान आएका उनीहरू पानीसमेत खान नपाई खुला ठाउँमा बस्न विवश छन् ।
सिञ्जा–६ कै राजीनन्दा आचार्यको भारतमा मजदुरी गर्न जाँदा छोरी प्रियङ्का चार महिनाकी थिइन् । अहिले १० महिना भएको छ । दूधे बालकसहित मजदुरी गर्न डिडिहाट पुगेका उनको अनुहार मलिन छ । जेठी छोरी दिया पाँच वर्षकी भइन् । बुढाबुढी मजदुरी गर्न आएका थियौँ, बन्दाबन्दीले काम गर्न पाइएन । “घरको चुलो बाल्नसमेत समस्या भएको छ । काम गरेर पनि पैसा पाइएन । जेठी छोरीले कान्छी छोरी हेर्ने, श्रीमान् हरिचन आचार्य र आफूले काम गरेको पैसा पनि पाएका छैनौँ । घर जान आएका हौँ तर घर कसरी जाने ? गाडीमा चढ्न सकिने अवस्था छैन ।” उहाँले भन्नुभयो ।
स्वदेश फर्किन रु. पाँच÷सात हजार बोकेर आएका थिए । भोकभोकै घामको तापमा बसेका उनीहरूले सुनाए । जुम्ला तल्लोचन्दनाथ नगरपालिका–८ का मदन विकले भन्नुभयो, “अहिले हामीले भोट दिएका जनप्रतिनिधि पनि उद्धार गर्न सकिँदैन भन्छन् ।” “चार महिना भारतमा काम नगरी बस्नुप¥यो । रु. चार÷पाँच हजार भाडा तिरेर भए त गाउँ जान सकिहाल्थ्यौँ”, उहाँले भन्नुभयो । १८ जनाको समूहमा पनि छ बालबच्चा छन् । चार महिला छन् । गाउँमै रोजगारी पाएको भए दूधे बालक ल्याएर भारतमा मजदुरी गर्न जाने रहर कसको थियो र उहाँले भन्नुभयो ।
“रोजगारी गुमाएका छौँ, ठेकेदारले काम गरेको पैसा पनि दिएको छैन”, गाउँपालिका र नगरपालिकाले उद्धार गर्न सक्दैनौँ भन्छ । हाम्रो सरकार कहाँ छ । भोट दिएर जिताएका थियौँ, अहिले उद्धार गर्न सक्दैनाँै भने यही चौरमा त्रिपाल टाङ्गेर बस्नुको विकल्प छैन्”, उहाँले भन्नुभयो । उनीहरू दिनभर खुला चौरमै बसेका छन् । बिहान पुल खुल्छ भने पनि साहु ठेकेदारले बिहानै धार्चुला पु¥याएको थियो । बिहान साढे १० बजेतिर पुल खुल्यो, कोरोनाका कारण पसलमा गएर किन्न दिएनन् । प्रहरीले लाइन लगाएर खुलाचौरमा राखेको छ । पानीसमेत खान पाएका छैनाँै ।
कानका सुन्दरी नगरपालिका–६ का हाँसे कामीले भन्नुभयो, “अहिले स्थानीय सरकार, प्रदेश सरकारले घर पु¥याउन पनि सहयोग गरेन भने हामीले पनि के गर्नुपर्छ जानेका छौँ”, चेतावनी दिनुभयो । भोट माग्दा जसरी हामीकहाँ आउँथे, अहिले समस्यामा पर्दा कोही हेर्दैनन् ।” “भारतमा त्रिपालमुनि चार महिना बढी बितायौँ, आफ्नो देशमा पुग्दा पनि सहारा पाउँदैनौँ । हामी ठुला मान्छे त भोकतिर्खा सहन्छौँ तर बालबालिका छन्, उनीहरू कसरी भोकभोकै बस्न सक्छन् ।”
“त्रिपालमुनि भए पनि खान पाएकै थियो, आफ्नो देश फर्कियौँ भनेर आयाँै तर यहाँ आउँदा पनि झन् बेहाल भएको छ”, उहाँले सुनाउनुभयो । “गाउँमै रोजगारी पाइने भए हामी बालबालिकासहित किन भारतमा मजदुरी गर्न जान्थ्यौँ र ?” गाउँमा आएको पैसा तिनै नेता र उनीहरूका आफन्तलाई पुग्दैन, भारतकै रोजगारीले अहिलेसम्म परिवार पालेका थियौँ । हरेक वर्ष मजदुरी गर्न भारतको कालापहाडसम्म पुग्ने गरेका उनीहरूलाई यस पटक भने कोरोनाका कारण काम गर्न नपाएर समस्यामा परेका छन् । रासस
Leave a Reply