भर्खरै :

आस्था थियटरमा रामशेखरया ख्यालः ब्वज्यामा खुँ याता ज्वँ ज्वँ प्रदर्शन

आस्था थियटरमा रामशेखरया ख्यालः ब्वज्यामा खुँ याता ज्वँ ज्वँ प्रदर्शन

भक्तपुर, १२ साउन । नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ११ दिने रामशेखरया ख्यालः ब्वज्याको चौथो दिन मङ्गलबार बहुरङ्गी रङ्गकर्मी समूहको खुँ याता ज्वँ ज्वँ प्रदर्शन भएको छ ।
बहुरङ्गी रङ्गकर्मी समूहले प्रस्तुत गरेको उक्त ख्यालको अनिश ह्यंगोले निर्देशन गर्नुभएको थियो  ।
प्रस्तुत ख्यालःले तत्कालीन समाज र समयमा हुने चोरीको घटनालाई उजागर गर्दै गरिब निमुखा जनतालाई सरकार र प्रहरी प्रशासनले गर्ने अन्याय अत्याचार, दमन र सामाजिक विसङ्गतिको व्यङ्ग्य गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्याल अवलोकनमा साहित्य समाजको ऐना भएको बताउँदै ऐतिहासिक पृष्ठभूमि तथा तत्कालीन समाजमा पञ्चायतकालीन दमनमा प्रशासन क्षेत्र लाग्ने यथार्थलाई चित्रण गरेको विचार राख्नुभयो ।
प्रहसनपछि आशकाजी थकुले प्रस्तुत ख्यालः नेपालीमा लेखिएको कारण नेपालभाषामा प्रस्तुत गर्दा केही कमजोरी रहेको बताउँदै नयाँ पुस्तालाई ख्याल ः प्रस्तुतिका लागि आवश्यक सहयोग तथा सरसल्लाह दिन तत्पर रहेको बताउनुभयो ।
प्रहसनपछि कथाकार लक्ष्मीनारायण दुवालले तत्कालीन समाजमा गरिबी र रोजगारी नहुँदा महिलाहरूले घरमै रोजगारीको काम गरिरहेको बताउँदै ख्यालः लाई मौलिकता दिन जोड दिनुभयो ।
हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्यालःहरू मध्ये मङ्गलबारसम्ममा चारवटा ख्यालःहरू प्रदर्शन भइसकेको छ ।
रामशेखरया ख्यालः ब्वज्याको पाँचौँ दिन साउन १३ गते बाल विकास इङलिस स्कूलको तर्फबाट तन्त्र टाब्लेट नामक ख्याल : नेपाली भाषामा प्रस्तुत हुनेछ । जुन ब्वज्याको दुई दिन अर्थात् सातौँ दिन साउन १५ गते श्रमिक साकोसले नेपालभाषामा प्रदर्शन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *