भर्खरै :

समाजवादी व्यवस्था नआएसम्म देश र जनताले सुख नपाउने

समाजवादी व्यवस्था नआएसम्म देश र जनताले सुख नपाउने

जुम्ला, १२ साउन । जुम्लाको तिला गाउँपालिका वडा नं. ३ स्थित त्रिवेणी बजारमा मङ्गलबार जनतासँग नेमकिपाको भेटघाट कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले समाजवादी व्यवस्था नआएसम्म देश र जनताले सुख नपाउने हुँदा समाजवादी गणतन्त्रको प्रचार अभियानमा नेमकिपा लागिरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्था अन्त्य गर्नको निम्ति समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सुसूचित पारेर सङ्गठित गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले बहुमत जनताको हित समाजवादी व्यवस्थामा मात्र हुने विचार व्यक्त गर्नुभयो ।
मुनिनाथ योगीको अध्यक्षतामा भएको सो भेटघाटमा नेमकिपाका जिल्ला सदस्य मानबहादुर बोहरा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष जुम्लाका हर्कबहादुर बोहरालगायतले जनताका जिज्ञासाबारे प्रस्ट्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *