भर्खरै :

पुनः ट्रम्प नै उम्मेदवार ?

अभिभावक मित्रहरू,
जर्ज फ्लोयडको हत्या र त्यसको विरोधमा अमेरिका, यूरोप, एसिया, अफ्रिका र अस्ट्रेलियासम्म रोष प्रतिध्वनित हुँदा अश्वेतहरूको पनि योगदान र महत्वबारे ध्यान दिई संरा अमेरिकी श्वेत शासनका संवेदनशील पक्ष श्वेत अहङ्कारमा खुकुलोपन ल्याउन राजी देखियो । त्यसअनुसार अन्तरिक्ष वैज्ञानिक अनुसन्धानमा अत्यन्त ठूलो योगदान गरेकी एक अश्वेत महिलाको सम्मान गरिएको समाचार सम्प्रेषण गरियो ।
ऐन–कानुनमा व्यापक परिवर्तन आउन निश्चय पनि समय लाग्नेछ । तर, आन्दोलनले मात्रै त्यसलाई टुङ्गोमा पु¥याउनेछ ।
ट्रम्पको आधिपत्य बाँकी रहँदारहँदै रिपब्लिकन पार्टीले उनलाई नै आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय ग¥यो । त्यसका केही कारण बताइएको छ ।
ट्रम्पले आफ्नो निर्वाचनमा रसियाको अनुसन्धानका विषयमा कानुनी उपचारमा व्यवधान खडा गरेको तथा आफ्नो राजनीतिक विपक्षीको जासुसी गराउन गैरकानुनी तरिकाले युक्रेनलाई सैन्य सहयोग रोक्का गरेकोजस्ता विषयमा ट्रम्प १० वर्षसम्म जेल जाने सम्भावना छ ।
पाँच वर्षभित्र मुद्दा दर्ता भइसक्नुपर्ने भएकाले अर्को कार्यकालका लागि ट्रम्पले चुनावको परिणाम आफ्नो पक्षमा पार्नेछन् भन्दै अर्बा महदवी (गार्जियनका स्तम्भकार) ले ‘जेल जालान् त ट्रम्प ?’ शीर्षकमा खुलासा गरिन् । (नयाँ पत्रिका, ८ जेठ २०७७)
ट्रम्पले विभाजनको आगो सल्काए
– जेम्स म्याटिस
अमेरिकी पूर्वरक्षामन्त्री जेम्स म्याटिसले राष्ट्रपति ट्रम्पलाई नियोजितरूपमा रङ्गभेदी विभाजनको आगो सल्काएको आरोप लगाएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका अश्वेत अमेरिकी जर्ज फ्लोयडको हत्याको विरोधमा भएको प्रदर्शनमाथि चालेको कदमप्रति म्याटिस क्रुर भएका छन् । ट्रम्पले देशव्यापी प्रदर्शन दमनका लागि सेना परिचालन गरिनुपर्ने बताएका थिए । ट्रम्पको कार्यशैलीले देशको सेना र नागरिकबीच द्वन्द्व सिर्जना हुने म्याटिसको भनाइ छ ।
म्याटिसले भने, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन प्रयास गरेको मैले कहिल्यै पाइनँ । उनी हामीलाई विभाजन गर्न चाहन्छन् । हामीले तीन वर्षदेखि यही शैली पाएका छौँ, हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौँ ।” ट्रम्पका रक्षामन्त्री रहेका म्याटिसले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति असहमति जनाउँदै २०१८ को डिसेम्बरमा राजीनामा दिएका थिए । “मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु र यसले मलाई थप क्रुद्ध बनाएको छ” – राजीनामापछि प्रायः मौन रहेका म्याटिसले भने । राजीनामापत्रमा म्याटिसले ट्रम्पको विदेश नीतिको कडा आलोचना गरेका थिए ।
म्याटिसले ट्रम्पबाहेक अन्य अमेरिकीहरू एकताबद्ध हुनुपर्ने समय आएको बताए । देशभर भइरहेका प्रदर्शनबारे प्रतिक्रिया दिँदै म्याटिसले भने, “ठूलो सङ्ख्यामा नागरिकले कानुनबमोजिम समान न्याय पाउनुपर्ने माग गरे । तर, राष्ट्रपति ट्रम्पले शक्तिको दुरूपयोग गरे ।” म्याटिसको भनाइ सार्वजनिक भएसँगै ट्रम्पले ‘जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको’ जनाएका छन् । “मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन”, ट्रम्पले भनेका छन् । ९ँचष्मबथ, छ व्गलभ, द्दण्द्दण्० वासिङ्गटन (एपी) – कान्तिपुर, २३ जेठ २०७७
ट्रम्प संविधानदेखि टाढिए
ट्रम्पले आन्दोलनकारीलाई ‘उग्र वामपन्थी, माक्र्सवादी आन्दोलनकारी र लुटेराहरूलाई परास्त गर्ने’– ४ जुलाई अमेरिकी स्वतन्त्रता दिवसकै दिन प्रतिबद्धता देखाए । उनले सेना परिचालन गर्नेसमेत बताएका थिए ।
अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलले ‘राष्ट्रपति ट्रम्प संविधानदेखि टाढिएको’ बताए । रिपब्लिकन नेता पावेल सेवा निवृत्त जर्नेल पनि हुन् । उनको भनाइमा “संरा अमेरिकाको … एउटा संविधान छ, त्यसलाई सबैले मान्नुपर्छ । तर, राष्ट्रपति ट्रम्प संविधानदेखि टाढिएका छन् ।”
उनले अमेरिकी लोकतन्त्रको निम्ति ट्रम्पका अभिव्यक्तिहरू खतरनाक छन् र आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले ट्रम्पको सहयोग गर्न नसक्ने बताए । “सामाजिक र राजनीतिक हिसाबले म जो बाइडनसँग निकै नजिक छु । मैले उनीसँग ४ दशक काम गरेको छु । अहिले उनी उम्मेदवार छन् र म उनलाई मत दिनेछु”, उनले भने । “ट्रम्प आफूलाई आवश्यकताभन्दा बढी महत्व दिने व्यक्ति हुन् र पछिल्ला दिनहरूमा ट्रम्पको आलोचना गर्ने सैनिक नेतृत्वप्रति समेत समर्थन जनाए ।” (कान्तिपुर, २७ जेठ २०७७)
बाइडेन राष्ट्रपति बन्न र देश चलाउन लायक छैनन् – ट्रम्प
चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूले आ–आफ्नो पक्षमा प्रचार गर्नु र जनतासँग मत माग्नु स्वाभाविक हो । तर, आफ्ना प्रतिद्वन्द्वीलाई उत्तर दिँदा र आलोचना गर्दाको शैली र सीमा पनि हुन्छ । त्यसैबाट त्यस उम्मेदवारको सभ्यता, शिष्टता र सांस्कृतिक स्तरको पनि परिचय मिल्छ ।
वासिङ्गटन (एजेन्सी) अनुसार फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा उनले भने, “बाइडेन मेरो आलोचना गर्छन् जब कि उनलाई यस्तो गर्ने हक नै छैन । पहिलो, उनले आफूलाई नै हेर्नुपर्छ । उनी यसका लागि लायकै छैनन्, उनी देशको नेतृत्व गर्न सकून् वा राष्ट्रपति बन्न सकून् ¤ मानसिकरूपमा उनी थाकेका व्यक्ति हुन् । यदि, यस्तो व्यक्ति देशको राष्ट्रपति बन्छ भने उसले त देशलाई ध्वस्त पार्नेछ । … उनी केही समयपछि नै मम्मी–मम्मी भनेर चिच्याउन थाल्नेछन् । प्रश्न के हो भने बाइडेन देश चलाउन सक्षम हुन् वा होइनन् यो कुरा जनताले राम्रोसँग सोच्नुपर्नेछ ।”  (नेपाल समाचारपत्र, ६ साउन २०७७)
ट्रम्पकै कारण अमेरिकी जनता दुःखी
डेबिन जर्गेन चार अमेरिकी राष्ट्रपतिका पूर्वसल्लाहकार एवम् सीएनएनका वरिष्ठ राजनीतिक विश्लेषक हुन् । उनले लेखे – “अघिल्ला राष्ट्रपतिले हामीलाई एउटै धागोमा उनेर एकता कायम गर्ने अवसर पाएका थिए र त्यसको सदुपयोग पनि गरेका थिए ।”
उनी दिक्क भएर सोध्छन् – “कहाँ छन् अहिले हाम्रा ‘शोक प्रमुख’ ? यिनी आफ्नो जिम्मेवारीबाट पन्छिँदा हामीलाई थप दुःखबोध भइरहेको छ ।”
जेठ २०७७ को सुरुमा अमेरिकामा एकपछि अर्को दुःखान्त देखियो । कोभिड–१९ ले अमेरिकामा मृतक सङ्ख्या एक लाख नाघ्यो । जर्ज फ्लोयडको हत्याले जहाँतहीँ विरोध प्रदर्शन भए । मिनियापोलिसमा थप सात प्रदर्शनकारी गोलीबाट मारिए । तर, राष्ट्रपति ट्रम्प ट्वीटरमा हङकङ मामिलामा चीनलाई दोष दिएर बसे तथा महामारीविरूद्ध अमेरिकालाई पूर्ण सहयात्री सम्झिने विश्व स्वास्थ्य सङ्गठनसँगको सुमधुर सम्बन्ध बिगार्दै थिए । यसकारण, उनले सीएनएनलाई भने, “ट्रम्पको गैरजिम्मेवारीले हामी थप दुःखी भएका छौँ ।” (नयाँ पत्रिका, १९ जेठ २०७७)
अब ट्रम्प हाम्रा राष्ट्रपति रहेनन् !
रोवर्ट रिच अमेरिकाका पूर्व श्रमसचिव तथा युनिभर्सिटी अफ क्यालिफोर्निया, वर्कलीका प्राध्यापक हुन् । उनले ‘द गार्जियन’ सँग भने – “बरु यो सबै देख्दै नदेखेजस्तो गरेको भए हुन्थ्यो । तर, उनको मुख झन् छुच्चो र उग्र भएको छ, त्यसैले अब डोनाल्ड ट्रम्प राष्ट्रपति रहेनन् !”
“बैठकदेखि ट्रम्पलाई घृणा जाग्छ, ब्रिफिङ सुन्ने धैर्य उनमा छैन, ह्वाइट हाउसमा रमितामात्र चलिरहन्छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सरकार चलाइरहेका छैनन्, व्यवस्थापन मिलाएका छैनन्, सङ्गठित पनि पारेका छैनन् । त्यसैले अब उनी हाम्रा राष्ट्रपति होइनन् ¤” (नयाँ पत्रिका, २१ जेठ २०७७)
ट्रम्प भतिजीको पुस्तकमा रोक
ट्रम्प प्रशासन र विदेश मामिला एवम् कोभिड–१९ बाट आजित भएर कोसँग झगडा गरौँ र आफ्नो अयोग्यता कसरी लुकाऊँ भन्ने मानसिकताबाट रन्थनिएका राष्ट्रपति ट्रम्पले ७५ हजार प्रति छापिइसकेको ट्रम्प परिवारको इतिहास खोतलिएको आफ्नै भतिजीको पुस्तकलाई समेत ‘लेख्ने अनुमति छैन’ भनी रोक लगाएका छन् ।
अमेरिका एक्लिँदै !
विषयवस्तुको इतिहास र गहनतालाई समेत बेवास्ता गरी जे पनि बोल्ने र जे पनि गर्ने ट्रम्पको व्यवहारले तथा पोम्पेओजस्तो परराष्ट्रमन्त्रीको घमण्डी र धम्काउने खालको भाषा एवम् व्यवहारले मित्रराष्ट्रहरू बिस्तारै टाढिँदै गएको प्रस्ट हुँदै छ । चीनसँगको अमेरिकी प्रशासनको व्यवहार र नीतिलाई अमेरिका, चीन र अन्य सम्बन्धित देशका बुद्धिजीवीहरू समेत मन पराउँदैनन् । विश्व स्वास्थ्य सङ्गठन, नाटोका देशहरू, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूका बुद्धिजीवीले पनि राम्रो मानिरहेका छैनन् ।
करिब ७० वर्षपछि नाटो देशका युरोपेली देशहरू ‘अमेरिकाले निहुँ खोज्न थालेपछि चीनतर्फ ढल्कँदै’ छन् ।
अमेरिकी डलरको प्रभुत्व घट्दै
देशको नेतृत्व अयोग्य र असक्षम हुँदै जाँदा स्वाभाविकरूपले राज्यका नीतिहरू असफल हुँदै जान्छन् । अमेरिकाको सम्पन्नताको खम्बा मानिएको डलरप्रति विश्वको विश्वास छ । कुनै देशको मुद्राप्रतिको विश्वसनीयता उक्त राज्यको बलियो अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार एवम् सम्बन्धको स्थिरता पनि हो । राजनीतिक र आर्थिक भरोसाले मुद्रालाई विश्वसनीयता प्रदान गर्छ ।
तर, पछिल्ला केही वर्षदेखि चीन, फ्रान्स, जर्मनी र रूसजस्ता ठूला जी–२० समूहका धेरैजसो मुलुकले आफ्नो व्यापार सम्झौतामा अमेरिकी डलरको उपयोग गर्न छाड्दै गएको बताएका छन् ।
चीनस्थित रेन्मिन विश्वविद्यालयका प्राध्यापक वान बेनको भनाइसहित ‘ग्लोबल टाइम्स’ले लेख्यो – “डलरको ¥हासोन्मुख विश्वव्यापी प्रवृत्तिले अमेरिकी साम्राज्यको एउटा आधारस्तम्भ भत्किन थालेको छ ।” (नयाँ पत्रिका, ७ साउन २०७७)
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *