भर्खरै :

मानवता र न्यायको लागि लडेका स्वास्थ्यकर्मी –१

 
गोली र बारुदको आवाजसँगै शल्यक्रिया गर्ने डा. नर्मन बेथुन
(कामरेड नर्मन बेथुनको जन्मभूमि क्यानाडा हो । उहाँले चिनियाँ क्रान्तिको निम्ति आफ्नो प्राण अर्पनु भयो । उहाँ एक महान् अन्तर्राष्ट्रवादी कम्युनिस्ट हुनुहुन्थ्यो । कम्युनिस्ट पार्टीको एक सदस्यको नाताले पार्टीको निर्देशनमा उहाँ चीनको जापानविरोधी प्रतिरोध आन्दोलनमा घाइते सिपाहीहरूको उपचारको निम्ति चीन पुग्नुभएको थियो । का. नर्मन बेथुनलाई सन् १९३७ मा क्यानाडा र संरा अमेरिकाको कम्युनिस्ट पार्टीले चीन जाने निर्देशन दिएको थियो । त्यसअनुसार उहाँ सन् १९३८ को सुरुमै चीन पुग्नुभयो । त्यही वर्षको सुरुमा महान नेता अध्यक्ष का. माओलाई भेटन् उहाँ येनान पुग्नुभयो । त्यसपछि उहाँ चिकित्सकीय सल्लाहकारको रूपमा शान्सी छहर–हूपेइको सैनिक आधार क्षेत्रमा पुग्नुभयो । ती कठिनतम युद्ध वर्षहरूमा उहाँले जनता र सैनिक जवानहरूसँग सुख दुःख बाँड्नुभयो । बन्दुकको आवाज सँगसँगै घाइते सिपाहीहरूको उपचारको निम्ति उहाँ कसरी काम गर्नुहुन्थ्यो र आफू बिरामी एवं अशक्त हुँदा पनि उहाँले कस्तो जोश र जाँगरमा साथ काम गर्नुभयो भन्ने विषयमा यहाँ एक मार्मिक चित्रण दिन खोजिएको छ । – सम्पादक)
का. बेथुनले केही समयको लागि क्यानाडा जाने निणय गरे । चिनियाँ जनताले जापानी उपनिवेशविरुद्ध लडिरहेको बहादुरीपूर्ण प्रतिरोध आन्दोलनबारे विश्वका जनतालाई बताउन र पैसा, औषधि उपचारको निम्ति उनीहरूलाई सहयोगको आह्वान गर्नु उनको त्यो भ्रमणको उद्देश्य थियो ।

अध्यक्ष माओ त्सेतुङसँग डा. बेथुन


का. बेथुन १९३९ को अक्टोवर २० को दिन क्यानाडा प्रस्थान गर्ने तय भइसकेको थियो । तर, त्यही बेला हुपेई प्रान्तमा जापानी सैनिकहरूले आक्रमण गर्न थाले । का. बेथुनले अकस्मात् आफ्नो भ्रमणको कार्यक्रम स्थगित गरे र उनी लडाइँ चलिरहेको क्षेत्रतर्फ गए । बाटोमै घाइते सिपाहीहरू भेटिए र खाना खाने समय नै ननिकाली घाइतेहरूको उपचारको निम्ति उनी लागे । उनले बाटोको एक सानो मन्दिरमा ‘अपरेसन कोठा’ बनाए र काम थाले ।
भोलिपल्ट बिहानै एक पहरेदार सिपाहीले शत्रु सेनापारि डाँडोमा पुगेको जानकारी दिन आयो । का. बेथुन काममै व्यस्त थिए । उनले शान्तपूर्वक सोधे, “कति घाइतेहरूको चिरफार बाँकी छ ?” ‘दश’ उनका कामरेडहरूले जवाफ दिए । का. बेथुनले चाँडै निर्देशन दिए, “तुरून्तै दुई अर्को चिरफार टेबुल मिलाउनु । जति सक्यो चाँडो चिरफारको काम सिध्याऔँ ।”
तिनीहरूले एकै बाजी तीन बिरामीको शल्यक्रिया गर्न थाले । केही मिनेटपछि, पहरेदार सिपाहीले फेरि आएर भने, “शत्रु सेना डाँडो मुनि पुगिसके ।” तर, का. बेथुन शल्यक्रियामा उत्तिकै व्यस्त रहे मानौँ उनले केही सुनेकै छैन् ।
अकस्मात् तल गाउँमा राइफल चलेको आवाज सुनिन थाल्यो । पहरेदार आएर भने, “हाम्रा पहरेदारहरू शत्रुसँग लड्दै छन् ।” जब द्वैभाषीले का. बेथुनलाई चाँडै त्यस ठाउँ छोड्न आग्रह गरे तब का. बेथुनले दृढ स्वरमा भने, “एक सैनिक डाक्टरको कर्तव्य सैनिकहरूसँगै रहनु हो र उसको तिनीहरूलाई कहिल्यै छोडी जानुहुन्न । ऊ यदि आफ्नो काममै मर्छ भने त्यो सबभन्दा महान मृत्यु हुन्छ ।”
बीस मिनेटपछि, खुट्टामा घाउ भएको एक बिरामीलाई शल्यक्रिया गर्ने टेबुलमा का. बेथुनले सुताए । त्यो सबभन्दा अन्तिम घाइते थियो । राइफलले हानेको आवाज नजिक नजिकबाट आउँदै थियो । सूचकले खतराको सूचना दिंदै भने, “शत्रु सेना गाउँ पुग्दै छन् ।”
एक डाक्टरले डा. बेथुनको पाखुरा समाउँदै भने, “तपाईँको काम मलाई छोड्नुस् तपार्इँले छिट्टै नै छोड्नुपर्छ ।” का. बेथुनले डाक्टरको हात एकपट्टि पन्छाउँदै एनेस्थेटिष्टलाई भने, “लोकल एनेस्थेसिया ।” घाइते सिपाहीले टाउको उठाउँदै अनुरोध ग¥यो, “कुपया डाक्टर बेथुन ¤ यो त्यति सा¥हो घाउ होइन कृपया शत्रु आइपुग्नु अघि तपार्इँ जानुस् ।” का. बेथुन एकदम चाँडो चाँडो शल्यक्रिया गर्दै थिए । त्यति नै बेला उनले आफँैसँग कुरा गरेझैँ भने धत् ¤ सबैजनाले उनको बाँया हातको बिचको औँलाबाट रगत निस्किरहेको देखे । “केही होइन” उनले भने, “मेरो स्कालपेलले आफैँले काटेछु ।” उनले आफ्नो औँला टिक्चर आयोडिनमा डुवाए र आफ्नो कामलाई जारी राखे ।
बन्दुकको आवाज झन् झन् नजिकबाट आएको सुनियो जब का. बेथुनले अन्तिम टाँका लाए, उनले एक लामो सास ताने र भने, “यिनलाई बाहिर लैजाऊ ।” एकै छिनमा उनी घोडामा बसे र डाँडो तलतिर लागे ।
बाटोमा अन्य कामरेडहरूले प्रतिक्रिया जनाए, “मुश्किलले बच्यौँ ।” तर, का. बेथुनले मुस्कानकासाथ भने, “आज हामीले एउटा ठुलो विजय प्राप्त ग¥यौँ । हामी घाइते भए पनि गोलीदेखि डराएर मोर्चा छोडी भाग्दैनौं ।”
त्यस चिकित्सा टोली कामहोचिङ्गको अस्पताल नपुगेसम्म रातभर घोड सवार ग¥यो । का. बेथुनको औँला पाकेको थियो । त्यसैले साथीहरूले उनलाई आराम गर्न अनुरोध गरे तर उसले भने, “मेरो ख्याल गर्नुभएकोमा धन्यवाद कामरेडहरू ¤ तर, यहाँ उपचार गरिनुपर्ने यति धेरै घाइतेहरू छन् । म कसरी चुप लागेर बस्नसक्छु ?” उनले अरू दुई दिन निकै व्यस्ततापूर्वक काम गरे ।
दुर्भाग्यवश, एक घाइते सिपाहीको उपचार गर्दा गर्दै का. बेथुनको औँला सङ्क्रमित भयो । केही दिनपछि औँला सुनियो र पाक्यो । ज्वरो ३९.६ डि.ग्री. पुग्यो । सबै साथीहरू चिन्तित भए । “यो केही पनि होइन,” भने “तपाईँहरूले चिन्ता गर्नुपर्दैन । म सँग दुइटामात्र औँला बाँकी भएपनि म काम गरिरहन सक्छु ।”
का. बेथुन अर्ध निद्रामा थिए, उनले बन्दूकको आवाज सुने । उनले लडाइँ भइरहेको कुरा बुझे । उनी कोठाबाट छिटो निस्के र मोर्चामा जानैपर्ने धिपि कस्न थाले । उनीहरूले बस्न आग्रह गर्दा उनले अलि उत्तेजित भई भने, “मसँग सङ्क्रमित औँला छ, त्यसभन्दा बढी होइन ? यसले के फरक गर्दछ ? तपाईँहरूले मलाई मेसिन–गनजस्तै उपयोग गर्नुस् ।” कसैले उनलाई रोक्न सकेन र उनी आफ्ना टोलीका साथ मोर्चातिर लागे । उनी कमजोर भइसकेका थिए ।
बन्दुकको गडगडाहट नजिकिंदै थियो । चिकित्सा टोलीले बाटोमै घाइते सैनिकहरू भेट्टायो । का. बेथुनले हतारिंदै माफी मागे, “ढीलो भएकोमा माफ गर्नुहोला ।”
तिनीहरू एकपल्टनको चिकित्सा टोली बसेको ठाउँ बवागचिताइमा पुगे का. बेथुन झन् झन् सिकिस्त हुँदै गए कीटाणुको सङ्क्रमण फैलिंदै थियो र कुहिनोसम्म नै पिप जम्न थालेको थियो । यद्यपि, विशेषतः टाउको छाती अथवा पेटमा घाउ भएका घाइतेहरूलाई उपचार गर्ने काम छोडेनन् । उनले आफू यदि निदाएँ भने पनि उठाउनुस् भनी साथीहरूलाई अनुरोध गरे ।
उनले आफू कमजोर हुँदा हुँदै पनि अर्को १६ घण्टा लगातार काम गरिरहे । साथीहरूले समय–समयमा आराम गर्न भने पनि उनले आराम गर्ने कुरा मानेनन् । सबैजना उनले गरेको काम र उनको अवस्थादेखि आँखामा आँसु निकाल्थे ।
नोभेम्बर ९ सम्म पुग्दा का. बेथुनको अवस्था झन् खराब भयो र उनको तापक्रम ४०० डिग्री सेल्सियस पुग्यो । शत्रुले वागचिताइमा निरन्तर हमला निर्णय ग¥यो । सेनाका नेतृत्वकारी कामरेडहरूले का. बेथुनको अवस्थालाई राम्ररी बुझी र उपचारको निम्ति जानुपर्ने जोड गरे । का. बेथुनले अन्तमा अनिच्छापूर्वक स्वीकारे ।
बाटोमा का. बेथुन जाडोले काँपे । समय–समयमा उल्टि पनि हुनथाल्यो । यद्यपि उनी मोर्चातिर फर्कदै भन्दै थिए, “युद्धको मोर्चामा रगत बगाइरहेका लडाकुहरूको सबभन्दा बढी चिन्ता लाग्दछ । यदि मसँग केही शक्तिमात्र भएको भए पनि म त्यही रहन्थँे ।”
टागसेइ प्रान्तको “पहेँलो ढुङ्गाको गाउँ” मा का. बेथुन नोभेम्बर १० मा पुगे । उनको अवस्था अझ गम्भीर भइसकेको थियो । जब त्यस सैनिक क्षेत्रको नेतृत्वले यो कुरो सुने, एउटा जरुरी निर्देशन जारी गर्दै उनले भने, “का. बेथुनलाई जसरी भए पनि बचाउनुपर्दछ ।”

युद्ध भूमिमा घाइतेको उपचार गर्दै डा. नर्मन बेथुन


का. बेथुनको उपचारको निम्ति डाक्टरहरू आए । का. बेथुनको अवस्था झन्झन् नराम्रो भइरहेको बुझेर गाउँलेहरू खबर सुन्न आँगनमा जम्मा हुनथाले । उनीहरूले राति पनि छोडेनन् ।
एक सैनिक टोली “पहेँलो ढुङ्गाको गाउँ” हुँदै गएको थियो । जब का. बेथुन रोगी भएको तिनीहरूले सुने, तिनीहरू उनलाई हेर्न दौडे । “कृपया जुनसुकै उपाय अपनाएर उनको उपचार गर्नुस् । हामी उनको स्वस्थताको निम्ति सहयोग गर्छौँ, मेहनतपूर्वक लडेर । विजयको समाचार सुनेर उनी खुसी हुनेछन् ।” सबै सैनिकहरू जोशका साथ भन्दै थिए ।
डाक्टरहरूले सकेजति आकस्मिक उपायहरू गरे तर का. बेथुनको अवस्थामा कुनै सुधार आएन । डाक्टरहरूले प्रभावित पाखुरा नै काट्ने सल्लाह दिए । का. बेथुनले भने, “म तपाईँहरूको विश्वास गर्छु । तर, तपार्इँहरूले यसलाई छोड्न राम्रो छ किनभने यो मेरो आशा नै नभएको रोग हो । यो पाखुराको कुरामात्र रहेन, कुरा रगतको हो । सेप्टिसेमिय ¤ केही कुराले मलाई सहयोग गर्दैन ।
नोभेम्बर ११ को रात का. बेथुनले आफ्नो सम्पूर्ण शक्ति बटुलेर बेडमा बसे र सैनिक क्षेत्र प्रमुखलाई एउटा चिट्ठी लेखे र क्यानाडाको कम्युनिस्ट पार्टी र अमेरिकी जनताको नाममा एक सन्देश लेखे, “म धेरै खुसी छु । मेरो दुःख यही छ कि म अब अरू बढी काम गर्न सक्दिन । गत दुई वर्षहरू अत्यन्त महत्वपूर्ण रहे, मेरो जीवनका सबभन्दा अर्थपूर्ण वर्षहरू ।”
अबेर राति आफू वरिपरिका कामरेडहरूलाई हेर्दै का. बेथुनले उत्तेजित हुँदै भने, “का. माओ र चिनियाँ कम्युनिस्टहरूले मलाई दिएको शिक्षाको निम्ति का. माओलाई धन्यवाद सन्देश पु¥याई दिनुस् । चिनियाँ जनताले आफ्नो स्वतन्त्रता जित्नेछन् भन्ने कुरामा म पूर्णरूपले विश्वस्त छु । दुःख लाग्दो यो छ कि म नयाँ चीन जन्मेको हेर्न पाउँदिनँ ।”
एक डाक्टरको हात समाउँदै बेथुनले बलपूर्वक भने, “एउटा चिकित्सा टोली खडा गर्नू, मोर्चा नजिक जानू र घाइतेहरूलाई लिनू ।” आँसु बगाउँदै डाक्टरहरूले सम्पूर्ण बन्दोबस्त भइसकेको र तपाईँमात्र आराम गर्नुस् भने ।
का. बेथुनले आफ्नो टाउको उठाउँदै आफ्नो अन्तिम शब्द दृढतापूर्वक उच्चारण गरे, “लडाइँ जारी राख । महान् बाटोमा लागिरह्नु र उद्देश्यलाई अघि बढाऊ ।”
सन् १९३९ नोभेम्बर १२ को सबेरै महान् अन्तर्राष्ट्रवादी लडाकु का. नर्मन बेथुनले चिनियाँ जनताको स्वतन्त्रताको निम्ति आफ्नो महत्वपूर्ण जीवन अर्पण गरे । यसले लडाकुहरूमा अझ जोश बढायो ।
स्रोत ः हाम्रो नौलो आयाम,
वर्ष– १, अङ्क–२, २०५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *