राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुुर, १ भदौ । भक्तपुुरको चाँगुनारायण नपा वडा नं ८ सुडालको मुलसाँगु खोलामा आइतबार बिहान १०ः३५ बजे एक अधबैसे महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ । प्रहरी अनुसन्धानले मृतक भक्तपुर न.पा. वडा नं ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बसी ज्याला मजदुरी गर्ने दशराम सिजख्वकी श्रीमती बर्ष ३२ की काली भन्ने यशोदा सिजख्व रहेको खुलेको छ ।
मृतक यशोदा सिजखु आइतबार बिहान अन्दाजी ९ः०० बजे तरकारी लिन भनी डेरा कोठाबाट निस्किएकोमा उक्त मुलसाँगु खोलाको किनारामा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलामा बनाएको स्ल्याबमा चिप्लिएर स्ल्याबबाट पानी झर्दा बनेको अन्दाजी ५ फिट गहिरो पानीको तहमा डुब्न गई मृत्यु भएको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ । लास पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट पठाइएको बताइएको छ ।
Leave a Reply