एफिल टावरमुनि अमेरिकी नाकाबन्दीको विरोध र क्युवाप्रति ऐक्यबद्धता
- श्रावण १२, २०८३
लालवाणी ६० वर्षकी मधुबाला विगत १२ वर्षदेखि दिल्लीमा एक जना प्रतिष्ठित सामाजिक स्वास्थ्य कार्यकर्ताको रूपमा काम गर्दै आएकी छिन् । तर, यतिबेला जस्तो जोखिमपूर्ण अवस्था यसअघि कहिल्यै पनि भोगेकी थिइनन् । मधुबालाजस्ता दिल्लीका ६ हजार सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू गत मार्चदेखि नै कोरोना भाइरस रोगका लक्षण देखिएका बिरामी खोज्न जनताको घरघरै पुगिरहेका छन् ।
दिल्ली सहरमा हालसम्म १ लाख ५० हजारभन्दा बढी मानिस कोभिड–१९ रोगबाट सङ्क्रमित भए भने ४ हजारभन्दा बढीको निधन भइसकेको छ ।
पश्चिम दिल्लीको नजाफगढस्थित राणाजी बस्तीमा काम गर्ने मधुबालाले कोरोना भाइरस सङ्क्रमण सुरू हुँदाका दिनमा सरकारले कुनै पनि सुरक्षात्मक सामग्री उपलब्ध नगराएको बताइन् । जून महिनाको अन्तिम सातामा मात्र उनीहरूलाई ताजा मास्क नियमितरूपमा उपलब्ध गराइएको तर त्यतिबेला हातेपञ्जा र स्यानिटाइजर भने उपलब्ध नगराइएको उनले बताइन् ।
“बिरामीको हातमा क्वारेन्टिनको छाप लगाउनु पर्दा हामीले उनीहरूको हात समात्नुपथ्र्यो । हामी पनि त्यत्तिबेला सङ्क्रमित हुनसक्थ्यौँ”, उनले भनिन् ।
दिल्लीमा काम गर्ने १५० भन्दा बढी आशा संस्थाका सामुदायिक स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ को सङ्क्रमण भएको सो सङ्गठनका दिल्ली महासचिव उषा ठाकुरले भनिन् ।
“उनीहरूका परिवार चिन्तित थिए । जोखिमको समयमा सङ्गठनले केही सहायता उपलब्ध गरायो”, उनले भनिन् । बिनासुरक्षा सङ्क्रमणको केन्द्र र सङ्क्रमित क्षेत्रमा सामुदायिक तहमा काम गर्ने कार्यकर्ताहरूलाई सरकारले कुनै पनि सहायता उपलब्ध नगराएको उनले गुनासो गरिन् । उनीहरूको आम्दानीको सानो स्रोत बन्दै आएको खोप सेवाजस्ता नियमित स्वास्थ्य सेवाबाट कोभिड–१९ को काममा परिचालन गरेपछि त्यो सानो आम्दानीबाट पनि बञ्चित भएका छन् । उनीहरूले तलबको रूपमा मासिक ३ हजार भा.रू. थप्दै आएका छन् । महामारी गहिरिएसँगै उनीहरू आर्थिकरूपमा जोखिममा परेका छन् ।
जुलाई २१ देखि आशाका कार्यकर्ताहरू दिल्लीमा सुरक्षा सामग्री र मासिक तलब दस हजार पु¥याउन माग गर्दै आन्दोलनमा उत्रेका छन् ।
अगस्ट ९ मा ६ लाख सामुदायिक स्वास्थ्य कार्यकर्ताको प्रतिनिधि गर्ने दस वटा सङ्गठनको आयोजनामा देशव्यापी हडतालको आयोजना भयो । उनीहरूमध्ये एक जना कार्यकर्ता दिल्लीको जन्तरमन्तरमा भेला भएर धर्ना दिए । भारतीय मजदुर सङ्गठन केन्द्रले दिल्ली आशा कार्यकर्ता सङ्गठन र अखिल भारत एकीकृत मजदुर सङ्गठनको सहभागितामा सो हड्तालको आयोजना गरेको थियो ।
त्यसको दुई दिनपछि दिल्ली प्रहरीले अग्रमोर्चामा काम गरिरहेका स्वास्थ्य कार्यकर्ताहरूविरुद्ध उजुरी दर्ता गराए । कोरोना भाइरस महामारीको समयमा सुरक्षासम्बन्धी नियमको उल्लङ्घन गर्दै जन्तरमन्तरमा बिनाअनुमति प्रदर्शन गरेको भन्दै ती सङ्गठनहरूविरूद्ध उजुरी दर्ता गराएका हुन् । महामारी रोग ऐन र विपद् व्यवस्थापन ऐनअन्तर्गत सो उजुरी दर्ता गरिएको दिल्ली प्रहरीका सहायक प्रहरी कमिसनर इस सिंघलले भने, “उनीहरू बिनाजानकारी आए । हामीले अनुमति ल्याउन भन्यौँ । तर, उनीहरूले ल्याउन सकेनन् ।”
सुरक्षाको अभाव
दिल्लीको प्रदर्शनमा हजारौँ आशा सङ्गठनका सामुदायिक कार्यकर्ताहरूले हड्ताल जारी राख्ने क्रममा उनीहरूमध्ये केहीलाई आफूलाई काममा जाँदा मास्क, पञ्जा, स्यानिटाइजर वा पीपीई किट्स उपलब्ध नभएको गुनासो गरेका छन् ।
स्वास्थ्य सामुदायिक कार्यकर्ता हेमा दानीले नियमितरूपमा सङ्क्रमित बिरामीसँग काम गर्दा आफू असुरक्षित रहेको बताइन् । मार्च महिनादेखि नै उनीहरू घरघर पुगेर परिवारको बारे जानकारी सङ्कलन गरिरहेका छन् ।
चिकित्सकले परीक्षणपछि तयार गरेको रिपोर्ट पनि उनीहरूले सम्बन्धित व्यक्तिलाई दिने जिम्मेवारी पाएका छन् । कसैमा कोभिड–१९ पोजेटिभ देखिए उसलाई एम्बुलेन्समा राखेर क्वारेन्टिनमा पु¥याउनु उनीहरूकै दायित्वभित्र परेको छ ।
“मैले हालसम्म चार जना व्यक्तिलाई एम्बुलेन्समा राखेर उपचारको लागि लगेको छु”, दक्षिणपश्चिम दिल्लीको द्वार्कामा काम गर्ने ४३ वर्षकी दानीले भनिन् । त्यसरी बिरामी ओसार्दा सामान्य मास्कबाहेक अरू कुनै सुरक्षा वस्त्र लगाएकी छैनन् । उनले टाउकोमा आफ्नै साडी बेर्ने गरेकी छिन् । “म निकै आत्तिएकी छु । मैले कोभिड–१९ को परीक्षण गर्ने एप डाउनलोड गरेकी छु । त्यसले मेरो सुन्तला रङको सङ्केत गरेको छ । त्यसको अर्थ ममा पनि पोजेटिभको सङ्केत देखिएको छ । त्यसबारे आफ्नो सुपरभाइजरलाई जानकारी गराउँदै मोबाइल एपको भर छैन भनी जवाफ दिएको थिएँ”, उनले बताइन् ।
केही महिला स्वास्थ्य कार्यकर्ताहरूले रोगका लक्षण देखिएका बिरामीहरूसँगको सम्पर्कले उनीहरूको परिवारलाई समेत जोखिममा पारेको बताएका छन् । “घरमा सबै त्रसित छन्”, दक्षिणपश्चिम दिल्लीको कपाशेरामा काम गर्ने ४० वर्षकी सुजाता पाण्डेले भनिन् । “मलाई केही भए मेरो घर परिवारलाई पनि सर्छ । हाम्रो पनि हाडमासुको शरीर हो । हामी दिनभर काम गर्छौं । हामीलाई कुनै बिदा पनि छैन”, उनले गुनासो गरिन् ।
पाण्डेले आफूले पटक–पटक मास्क, हाते पञ्जा र स्यानिटाइजरको माग गरेको बताइन् । तर, भण्डारमा कहिल्यै पनि नपाइएको दुःखेसो पोखिन् ।
मधुबालाले यदि आफूलाई कोरोना सङ्क्रमण भए अलग बस्ने ठाउँ नै आफ्नो घरमा नभएको बताइन् ।
तलब
आशाका सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू अहिले मासिक ३ हजार तलब थाप्छन् । आफूलाई तोकिएको क्षेत्रमा खोप खुवाउने, गर्भवती आमालाई सहयोग गर्ने र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराएपछि उनीहरूलाई भत्तास्वरूप दस हजार भा.रू. दिइने गरेको छ । तर, मार्च यता भने उनीहरू कोरोना भाइरसमै केन्द्रित भएका छन् । यसले उनीहरूले पाउँदै आएको भत्तामा असर गरेको छ ।
४५ वर्षकी लक्ष्मीदेवीले मासिक १० हजार भा.रू. हात थाप्दै आएकोमा लकडाउन यता मासिक ३ हजारमै चित्त बुझाउनुपर्ने अवस्था बनेको छ । भत्ता सबै बन्द गरिएको छ ।
स्रोतः स्क्रोल डट आइएन
नेपाली अनुवादः सुशिला
Leave a Reply