भर्खरै :

उपत्यकामा १५९ सहित देशभर ६८१ नयाँ सङ्क्रमित थपिए

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकामा १५९ सहित देशभरमा ६८१ नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार थपिएका सङ्क्रमितमध्ये ४६५ पुरूष र २१६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२२ नमुना परीक्षण भएको थियो । हालसम्म पाँच लाख ५४ हजार ३८८ नमुना परीक्षण भइसकेको छ ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार ७०० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६१ दशमलव २ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या १३ हजार ५७१ रहेको छ । देशभर जम्मा ११ हजार ११८ सक्रिय सङ्क्रमितमध्ये सात हजार ९२७ संस्थागत आइसोलेसन र तीन हजार १३१ होम आइसोलेसनमा रहेका छन् ।
प्रदेशअनुसार संस्थागत सक्रिय सङ्क्रमित प्रदेश नं १ मा एक हजार ६०, प्रदेश नं २ मा दुई हजार ३७, बाग्मती प्रदेशमा दुई हजार ६७९, गण्डकी प्रदेशमा ४ मा २८८, प्रदेश नं ५ मा ८३८, कर्णाली प्रदेशमा २४५ र सुदूर पश्चिम प्रदेशमा ८३० रहेका छन् । त्यस्तै, होम आइसोलेसनमा प्रदेश नं १ मा २०५, प्रदेश नं २ मा दुई हजार ५४५, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा २०४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ रहेका छन् ।
देशभरमा गरी ११३ सङ्क्रमित आईसीयूमा छन् । प्रदेश नं १ मा १०, प्रदेश नं २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा १२ जना आईसीयूमा रहेका छन् । बाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा बुधबारसम्म १८ हजार ९९८ जनामा पीसीआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यामा मृत्यु ४ दशमलव १ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८३० कल प्राप्त भएको डा. गौतमले बताउनुभयो ।
जिल्लागतरूपमा काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरका आठ नयाँ सङ्क्रमित फेला परेका छन् । ओखढुङ्गामा एक, झापामा १६, पाँचथरमा एक, मोरङमा ६९, सुनसरी ३६, धनुषा २८, पर्सा १०८, बारा १५, महोतरी १२, रौतहट चार, सप्तरी १३, सर्लाही १९, सिराहा १९ जना सङ्क्रमित फेला परेका छन् । त्यस्तै, चितवन २४, धादिङ एक, कास्की पाँच, गोरखा तीन, तनहुँ चार, नवलपरासी पूर्व १२, लमजुङ तीन, कपिलवस्तु ६, दाङ तीन, नवलपरासी एक, पाल्पा एक, प्युठान दुई र बर्दिया दुई छन् । बाँके १८, रूपन्देही ५२, जुम्ला नौ, दैलेख चार, सल्यान १७, सुर्खेत १३, अछाम तीन, कैलाली तीन र डोटीमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थप ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका एक÷एक जना पुरूष, मोरङ, भक्तपुर, चितवान र सुनसरीका महिला छन् । प्रवक्ता गौतमले मेडिकल कलेजले जम्मा शय्यामध्ये एकतिहाइ र निजी अस्पतालले २० प्रतिशत शय्या छुट्याउनुपर्ने बताउनुभयो । सङ्क्रमण अझै केही वर्षसम्म रहनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएकाले त्यसको तयारीका लागि अस्पतालले शय्या छुट्याउनुपर्ने उहाँको भनाइ छ । निजी अस्पतालमा उपचारका लागि आउने जो कोहीलाई कोरोना देखिन सक्ने उहाँको भनाइ छ । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *