भर्खरै :

“भक्तपुर काण्ड” ले दिएको सन्देश

 
केही दिनअगाडि एक जना पुराना सक्रिय पार्टी कार्यकर्तासँग भेट भयो । कुराकानीको क्रममा उहाँले भन्नुभयो, “२०४५ सालको काण्डबारे मैले अभैm सबै कुरा बाहिर बोलेको र लेखेको छैन । पञ्चायती दमनका कठिन दिनमा हामीले कसरी काम ग¥यौँ र कसरी जोगियौँ भन्नेबारे सबै खोलेको खण्डमा हामीलाई भोलिका दिनमा झनै गा¥हो हुने सम्भावना छ । षड्यन्त्र त प्रतिक्रियावादी सत्ताले जहिले पनि गर्नसक्छ नि ¤” उहाँको भनाइमा गहिरो अर्थ भेटिन्छ । यी शब्द तीतो अनुभव र कठिन सङ्घर्षको निष्कर्ष बनी निस्केका हुन् भनी बुभ्mन गा¥हो छैन । हो, कामदार वर्गमाथि दमन गर्न पुँजीपति वर्ग हरदम तयारी गर्छन् । ती अभैm पनि ‘ज्यापू तर्साउन निहुँ चाहिँदैन, कर्कलो काट्न तरबार चाहिन्न ¤’ कै पुरानो मानसिकतामा छन् । वर्तमान समाजको वस्तुगत विश्लेषण गर्दा यही यथार्थ उद्घाटित हुन्छ ।

२०४५ साल असोज १ गते भक्तपुरको हनुमानघाटमा शनिबारको दिन सरजमिनको लागि नेमकिपाका बन्दी नेता–कार्यकर्तालाई ल्याइँदा प्रहरी दमनबीच भेला भएका जनता । सरजमिन पक्षपातपूर्ण भएपछि जनताले प्रतिरोध गरेका थिए । प्रहरीले निर्मम दमन गरेको थियो ।


भाद्र ९ पूर्वको स्थिति
विसं २०३८ को राष्ट्रिय पञ्चायत (तत्कालीन संसद्) को निर्वाचनमा विजयी बनेको ह्योजूले करिब दुई वर्षपछि नै दरबारियाहरूसँग साठगाँठ सुरु ग¥यो । मतदातालाई धोका दियो । भ्रष्ट कर्ममा लीन हुनथाल्यो । फलस्वरुप तत्कालीन नेमकिसंबाट निकालियो । पञ्चायतले ह्योजूलाई नेमकिपाको सङ्गठन समाप्त पार्न बञ्चरोको बिँडको रूपमा प्रयोग गर्न खोज्यो । भूमिगत सङ्गठन भएकोले सबैलाई चिन्न सक्ने कुरै थिएन । परिस्थितिको गाम्भीर्यको पूर्वानुमान गर्दै नेमकिपाले आफ्ना सबै कार्यकर्तालाई आक्रोशमा काम नगर्न, ह्योजूको उत्तेजना पैmलाउने कार्यमा नफस्न र ‘कान्छी औँलाले समेत नछुन’ सल्लाह दियो । तर, ह्योजूले सत्ताको घमण्ड देखाउने, सर्वसाधारणलाई हेप्ने र समाजमा उत्तेजना पैmलाउने काम रोकेन । नेमकिपाका कार्यकर्ताहरूलाई पद र पैसाको प्रलोभन देखाई बिगार्ने चेष्टा गरी नै रह्यो तर सफल हुन सकेन । विसं २०४३ को रापस निर्वाचन र विसं २०४४ को स्थानीय निर्वाचनमा ह्योजू समर्थित उम्मेदवारको लज्जास्पद पराजय भयो र नेमकिपा समर्थित उम्मेदवारको अत्यधिक बहुमतका साथ विजय भयो । पञ्चायतले ह्योजूलाई निरन्तर नेमकिपाविरुद्ध प्रयोग गर्दै अन्तिममा विपद्को घडीमा बलिको बोको बनायो । प्रतिक्रियावादीहरू सर्प पनि मार्ने तर लट्ठी पनि नभाँच्ने जाल बुन्दै थिए ।
भाद्र ९ पछि
नेमकिपाका कार्यकर्ताहरूमध्ये जनप्रतिनिधिको भूमिकामा रहेकाहरू प्रकाशमा आउनु त बाध्यता नै थियो । जनताबीच ती सक्रिय थिए । त्यसपछि विद्यार्थी र शिक्षक सङ्गठनका कार्यकर्ताहरू पनि तुलनात्मकरूपमा प्रकाशमा आइसकेका थिए । ती दुई सङ्गठनबारे प्रतिक्रियावादीहरूलाई जानकारी थियो । अगाडि नै वर्गशत्रुसँग मिलिसकेका दुई–चार जना धोकेबाजहरूलाई नेमकिपा समर्थित शिक्षक र विद्यार्थी कार्यकर्ताबारे जानकारी थियो । अन्य सङ्गठनबारे भने तिनलाई राम्रो जानकारी थिएन । त्यही कारणले गर्दा शिक्षकहरूलाई मुद्दामा फसाउन, दुःख दिन र दबाब दिन सहज बन्यो । केही प्रधानाध्यापक, शिक्षकहरूलाई विचलित बनाउन, आत्मसमर्पण गराउन ती सफल भए । नेमकिपाले शिक्षकहरूमार्पmत गतिविधि बढाएको र चन्दादाताहरू पनि बढी शिक्षकहरू नै रहेको प्रतिक्रियावादीहरूको बुझाइ थियो । त्यसकारण विद्यालयका प्रअ, लेखापाल, शिक्षकहरूलाई छानीछानी गिरफ्तार गरियो । अमानवीय यातना दिइयो । आत्मसमर्पण गर्न या घटना नेमकिपाले नै घटाएको भनी सार्वजनिकरूपमा बोल्न चर्काे दबाब दिइयो । केहीले प्रतिक्रियावादीहरूसामु आत्मसमर्पण गरे तर धेरैले डटेर सामना गरे । आप्mनो स्वाभिमान गुम्न दिएनन् ।

धेरै अगाडिदेखि प्रतिक्रियावादी पञ्चे, मण्डलेहरू नेमकिपा अशिक्षित तथा अबुझहरूको समूह, ‘बुद्धिजीवी एक जना पनि नभएको समूह’ आदि भनी हेला गर्थे । नियोजितरूपमा उक्साउने हिसाबले प्रचारप्रसार गर्थे । उनीहरू ‘एक जनामात्र बीए उत्तीर्ण भएको मान्छे नेमकिपामा देखाउन’ चुनौती दिन्थे । ज्यापूहरूको पार्टीको न भविष्य हुन्छ न त्यसमा लाग्नेहरूले सुख नै पाउँछन् भनी हाँक दिन्थे । हेलाहोचो गरेर हीनभावना जगाउन निरन्तर जालसाजी गर्थे । पढेलेखेकाहरूलाई सङ्गठनबाट अलग्याउने चालबाजीमा तिनले आंशिक सफलता पाए । सङ्गठनलाई केही क्षति पु¥याए तापनि मेरुदण्ड नै भाँच्ने तिनको सपना भने पूरा भएन ।
गुप्त सङ्गठन शैलीको महत्व
२०४५ साल भाद्र ९ को घटनाले अझै पनि सङ्गठनको शैलीमा गम्भीर ढङ्गमा सोच्न आवश्यक भएको सन्देश दियो । त्यो हिजोमात्र होइन आज र भोलि पनि त्यति नै आवश्यक तथा सान्दर्भिक हुनेमा शङ्का छैन । प्रतिक्रियावादी सत्ता र पुँजीपति वर्गले कामदार वर्गलाई दबाउन अनेक जालझेल गर्ने र ती कहिल्यै सोझो बाटो या सरल तरिकाले प्रस्तुत नहुनेबारे हरेक क्षण सावधानी अपनाउन सकेमात्र आजको परिवेशमा जनताका इमानदार कार्यकर्ता र सङ्गठन जोगिनेछ । प्रकाशमा आउन मरिहत्ते गर्ने, वर्गशत्रुसँग हिमचिम बढाउने, शासक दल या सरकारबाट आर्थिक लाभका निम्ति मित्रता गाँस्ने, सरकारी निकाय या संस्थाबाट ‘बजेट’, योजना हात पार्न ¥याल चुहाएर पछि पछि दगुर्ने आदि समस्याबारे बेलैमा आलोचना–आत्मालोचना नगरिए प्रतिक्रियावादीहरूलाई फाइदा पुग्ने निश्चित छ ।
भाद्र ९ को काण्डपछि विशेषगरी किसान, महिलाहरूले गुप्त शैलीमा काम गरे । अनुशासित तवरले काम गरे । प्रतिक्रियावादीहरूबाट अन्दाजसमेत नगरिएकाहरूले सङ्घर्ष माथि उठाए । जनताको सुख–दुःखमा भिजेका सामान्य कार्यकर्ताहरूले इमानदारीपूर्वक सङ्घर्षमा साथ दिए । आफ्ना प्रिय कामरेडहरूलाई प्रशासनबाट जोगाउन मेहनत गरे । हिजो प्रकाशमा आएकाहरू धेरैलाई मुद्दामा फसाइसकेपछि भूमिगत शैलीमा धैर्यपूर्वक लागिरहेका स्थानीय कार्यकर्ताले जनताबीच अविचलित ढङ्गमा काम गरे ।
बहुदल आउनेबित्तिकै कतिले गुप्त सङ्गठन शैली आवश्यक नहुने तर्क अघि सारेका थिए । खुला समाजमा सबै कुरा खुला बनाएरै जानुपर्ने मत राखेका थिए । तर, समयक्रमले त्यो गलत साबित ग¥यो । यस्तै प्रसङ्गमा अध्यक्ष का. रोहितले ‘हाम्रो शरीरमा मुटुलाई यति भित्र सुरक्षित तरिकाले किन राखियो होला ? किन कानभैmँ बाहिर झुन्ड्याइएन ?’ भनी बडो व्यावहारिक तथा मार्मिक शैलीमा चित्त बुझाउनुहुन्थ्यो । कारण, यहाँ त पात्रमात्र फेरिएको छ तर प्रवृत्ति, शासकहरूको दृष्टिकोणमा तात्विक परिवर्तन आएको छैन । अन्तर्राष्ट्रिय राजनीतिक दबुलाई नियाल्ने हो भने अभैm पनि मजदुर वर्गको सङ्घर्ष तथा आन्दोलनमाथि निर्मम दमन चालु छ । साम्राज्यवादविरोधी देशभक्त राजनेताहरूमाथि प्रहार रोकिएको छैन । पुँजीपति वर्ग अत्याधुनिक प्रविधि तथा साधन प्रयोग गरी काम गरी खाने जनताको न्यायोचित सङ्घर्षमाथि नृशंस दमनमा उत्रिरहेको छ । वर्गसङ्घर्षले नयाँ मोड लिँदै छ । वर्गीय शत्रुहरूले विभिन्न रूप धारण गर्दै छन् ।
बौद्धिक क्षेत्रबाट साथ
नेमकिपाले नयाँ पुस्तालाई देश विदेशका घटनाक्रम, भाषा, साहित्य, दर्शन आदिबारे अवगत गराउन तथा प्रशिक्षित बनाउन प्राज्ञिक गतिविधिलाई अगाडि बढायो । चेतनाको स्तर विकास गर्ने नेमकिपाका कार्यकर्ताहरूको उद्देश्य प्रस्ट थियो । पञ्चायती प्रतिक्रियावादीहरूले त्यसलाई व्यवस्थाविरोधी गतिविधिको रूपमा बुझे । पञ्चायती शासकहरूको सङ्कीर्णता, फरक मत राख्नेप्रतिको असहिष्णुता छताछुल्ल भयो ।
तसर्थ, नेमकिपाको भावना, उद्देश्यबारे बुझेका संवेदनशील समुदायले का. रोहितलगायत सयौँलाई ‘भक्तपुर काण्ड’ मा लगाएको लाञ्छनामा विश्वास गरेन । त्यो प्रतिशोधबाहेक अरु केही हुन नसक्नेबारे कमसेकम का. रोहितको व्यक्तित्वबारे अवगत बुद्धिजीवीहरू स्पष्ट थिए । नेमकिपाले हरेकसँग व्यवहार गर्दा इमानदारीपूर्वक ग¥यो ।

ढाँट, छलकपट, विश्वासघात, खुट्टा तान्ने या फसाउनेजस्ता निकृष्ट कर्म नेमकिपाले कहिल्यै गरेन । त्यस्तो कुनै दृष्टान्त भेटिँदैन । दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताको बृहत्तर हितलाई उच्च प्राथमिकतामा राखेर काम ग¥यो । राष्ट्रिय हित, बहुसङ्ख्यक मजदुर–किसानको स्वार्थलाई केन्द्रमा राखी काम गर्नु नै नेमकिपाको परिचय बन्यो । नेमकिपाले कायम गरेको स्वच्छ छवि, स्पष्ट वैचारिक राजनीति, नैतिकवान चरित्रसँग परिचित समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूले पञ्चायती षड्यन्त्रको विरोध गरे । नेमकिपाप्रति सहानुभूति, ऐक्यबद्धता जाहेर गरे । मानवअधिकारवादी, पत्रकार, कानुनवेत्ता, विद्वानहरूले नेमकिपाको पक्षमा अभूतपूर्व एकता प्रदर्शन गरे । सङ्कटको घडीमा समेत नेमकिपा एक्लो परेन । पञ्चायती निरङ्कुुशताका निम्ति एक प्रकारको त्यो खतराको घण्टी थियो । नेमकिपाको नैतिक विजय थियो । नेमकिपाले सङ्कटको घडीमा जनताको पक्ष लिने र निरङ्कुशताको विरोधमा उभिने विशेषगरी मानवअधिकारवादी, पत्रकार, कानुनवेत्ता, विद्वानहरूले लगाएको अमूल्य एवम् अविस्मरणीय गुणप्रति आजसम्म पनि आभार प्रकट गर्दै छ । आपूmहरूमाथि लगाइएको त्यो गुणलाई ऊर्जाको रूपमा ग्रहण गरी अन्तिम दमसम्म देश र जनताको अझ बढी इमानदारीपूर्वक सेवा र सहयोग गर्ने अठोट अध्यक्ष का. रोहित बारम्बार दोहो¥याउनु हुन्छ ।
समाजको विभिन्न क्षेत्र तथा समुदायसँग हातेमालो गरेर जनताको व्यापक हितका निम्ति इमानदारीपूर्वक काम गर्ने उच्च कोटीको संस्कारलाई नेमकिपाका हरेक कार्यकर्ताले आज पनि निरन्तरता दिनुपर्ने शिक्षा भदौ ९ को घटनाले दिँदै छ ।
अन्तमा,
भदौ ९ को झन्डै बीस महिनापछि क्रूर शासकबाट फाँसीको माग गरिएका र युद्धबन्दीलाई भैmँ व्यवहार गरिएका नेमकिपाका नेता तथा कार्यकर्ताहरू भने निष्कलङ्कित साबित भए । जनताको आँखाको नानी प्रमाणित भए । जनताबाट जबर्जस्त अलग्याइएका प्रिय नेता तथा कार्यकर्ताहरू पुनः जनताबीच निःस्वार्थ सेवामा समर्पित भए ।
नेमकिपालाई एक्ल्याएर समाप्त पार्ने दुःस्वप्न देख्ने पञ्चायती सामन्तवाद आपैm समाप्त भयो । ‘…सबै नेपाली पञ्च’ को नारा दिने पञ्चायतको नाउँमा आँसु चुहाउने त्यतिखेर एक जनासमेत देखिएन ! अत्यन्त दुःखद अन्त्य ! चोखो मान्छेविरुद्ध षड्यन्त्र गर्नु भनेको आप्mनै शिरमा आगो सल्काउनु साबित हुने ‘भक्तपुर काण्ड’ ले पाठ सिकाएको धेरैले अनुभव गरे ।

4 responses to ““भक्तपुर काण्ड” ले दिएको सन्देश”

  1. Napit GomishDas says:

    जे भयो भवितव्यनै हो, सायद त्यो बेला सामना गर्ने हिम्मत नेपाली जनताले नगरेको भए , आज हामी यहाँ सम्म आई पुग्दैनौँ ।

  2. Ram Sundar Basi says:

    प्रकाशमा आउन मरिहत्ते गर्ने, वर्गशत्रुसँग हिमचिम बढाउने, शासक दल या सरकारबाट आर्थिक लाभका निम्ति मित्रता गाँस्ने, सरकारी निकाय या संस्थाबाट ‘बजेट’, योजना हात पार्न ¥याल चुहाएर पछि पछि दगुर्ने आदि समस्याबारे बेलैमा आलोचना–आत्मालोचना नगरिए प्रतिक्रियावादीहरूलाई फाइदा पुग्ने निश्चित छ ।

  3. Ram Sundar Basi says:

    ‘ज्यापू तर्साउन निहुँ चाहिँदैन, कर्कलो काट्न तरबार चाहिन्न।

  4. लवज says:

    अहिले पनि एक्लाएर समाप्त पार्न खोज्नेहरु अहिले पनि उतिकै छन फरक मात्र एति हो कि उसबेला पन्चायतिहरु थिए र अहिले लोकतन्त्रबादी,गणतन्त्रबादी हरु भयका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *