भर्खरै :

भक्तपुर काण्डः एक युगपछि

३२ वर्ष । तीस वर्षलाई एउटा युग मान्दा भक्तपुर काण्ड एक युगअघिको घटना हो । इतिहासका कति घटना समयसँगै ओइलाएर जान्छन् र तिनको अस्तित्व इतिहासका पुस्तकहरूमा मात्र सीमित हुने गर्छ । तर, जनताले लेखेको इतिहास भने समयसँगै अझ बढी पत्र र आयाममा खुलेको देखापर्छ । एक युगअघि भएको भक्तपुर काण्डमा हरेक वर्ष नयाँ नयाँ अनुभवका पत्रहरू उद्घाटित हुन्छन् । त्यो घटनामा कुनै न कुनै रूपमा संलग्न र प्रभावित कति जनताले त्यत्तिबेलाको अनुभव अझै उजागर हुन बाँकी नै छ । आगामी धेरै वर्षसम्म यी अनुभवका पोथ्रा कुनै न कुनै रूपमा समाजसम्म आउने नै छ ।
भक्तपुर काण्ड राजनीतिक र वर्गसङ्घर्षको रूप हो । पञ्चायती शासक र शोषक वर्गले तत्कालीन नेपाल मजदुर किसान सङ्गठनले हुर्काउँदै गरेको क्रान्तिकारी विचारलाई आफ्नो सत्ताको लागि खतरा देखे । व्यापक जनतालाई राजनीतिक आन्दोलनमा सामेल गर्ने क्रान्तिकारी विचारधारा उनीहरूको लागि ‘विषाक्त’ विचारधारा थियो जसले उनीहरूलाई जरैदेखि उखेल्ने जोखिम थियो । नेपालमा अन्य वामपन्थी र कम्युनिस्ट पार्टीमा जस्तै पञ्चायती व्यवस्थाले नेमकिसंभित्र आफ्नो संयन्त्र पनि फैलाउन सकेको थिएन । त्यसकारण उनीहरूले नेमकिसंको जनपक्षीय विचारलाई पथदलित पनि बनाउन असफल भए । यस्तो अवस्थामा उनीहरूसँग बाँकी रहेको एउटै हतियार भनेको जालझेल र दमनको हतियार थियो । पञ्चायती व्यवस्थाका मतियारहरूले धेरै अघिबाट कुनै उपयुक्त मौकाको खोजीमा थिए । २०४५ सालको भदौ ५ गते गएको भूकम्पपछिको परिस्थितिलाई उनीहरूले आफ्नो दीर्घप्रतिक्षित योजना कार्यान्वयन गर्ने उपयुक्त मौका बनाए ।
नेमकिसंले इतिहासमा गरेका क्रान्तिकारी आन्दोलनबारे जानकार पञ्चहरूलाई कुन ठाउँमा प्रहार गर्दा नेमकिसं संवेदित बन्छ भन्ने कुरा थाहा थियो । भूकम्पपछिको तरल अवस्थाको फाइदा उठाउँदै पञ्चहरूले योजनाबद्धरूपमा जनताको भावनामाथि षड्यन्त्रपूर्वक प्रहार गरे । क्रान्तिकारी आन्दोलनको परम्परामा अघि बढेका जनता आन्दोलित भए । तर, नेमकिसंलाई समूल नष्ट गर्न जालो बुनिसकेका पञ्चायती प्रतिक्रियावादीहरूले त्यो परिस्थितिलाई आफ्नो दुनो सोझ्याउने मौकामा बदले । चाकुमा झिङ्गा भन्किएजस्तै पञ्चायतमा स्वार्थवश भन्किएका ह्योजू त्यही षड्यन्त्रमा प्रयोग भए ।

घर र खेतमा सीमित किसान, भान्छाको चार पर्खालभित्र बसेकी महिला, आफ्नो निजी सपना पूरा गर्न तल्लीन युवा क्रान्तिकारी आन्दोलनका योद्धा भएर दमनकारी सत्ताको प्रतिरोधमा उत्रनु क्रान्तिकारी इतिहास निर्माणमा कम उपलब्धि थिएन । नेमकिसंमा सामेल नयाँ पुस्ता आज त्यही गौरवपूर्ण इतिहासको सपथ लिएर यो आन्दोलनमा होमिएका छन् । उनीहरूलाई थाहा छ, आगामी दिनमा पनि जनविरोधी सत्ताले कुनै बेला नेमकिपालाई अँठ्याउन यस्तै प्रकृतिका षड्यन्त्रको तानाबाना बुनिरहेका हुनसक्छन् । तर, जनतामा भिजेको सङ्गठन भएसम्म त्यस्ता दमन जनताको गौरवपूर्ण इतिहास निर्माणको अर्को अवसर बन्नेछ ।

त्यही बहानामा नेमकिसंका नेता–कार्यकर्तामाथि राजनीतिक प्रतिशोधवश निर्मम दमनको शिलशिला चल्यो । नेमकिसंको प्रभाव भएका देशभरका सबै जिल्लामा पञ्चायती सरकार दमनमा उत्रियो । भक्तपुरका मात्र होइनन्, देशभरका नेमकिसंका जनतामाथि दमन भयो । नेमकिसंका नेता–कार्यकर्ता र समर्थकमात्र होइन, साधारण निर्दोष जनतालाई पनि यो षड्यन्त्रमा फसाइयो । तर, पञ्चहरूले झूटमा टेकेर गरेको यो दमनभित्रको कुटिलता बुझ्न जनतालाई धेरै समय लागेन । जनता एकजुट भएर पञ्चायती दमनको प्रतिरोधमा उत्रे । हरेक प्रतिकूल परिस्थितिले क्रान्तिकारी जनतालाई इतिहास निर्माणका नयाँ–नयाँ अवसर प्रदान गर्छ । राज्यसत्ताको दमनको प्रतिरोधमा त्यत्तिबेला नेमकिसंका कार्यकर्ता, समर्थक र सर्वसाधारण जनताले इतिहास निर्माणमा नयाँ अध्याय थपे । त्यसकारण हरेक वर्षको भदौ ९ मा गरिने भक्तपुर काण्डको भत्र्सना कार्यक्रमहरू त्यत्तिबेला निर्माण भएको गौरवपूर्ण सङ्घर्षको स्मरण कार्यक्रम पनि हो । घर र खेतमा सीमित किसान, भान्छाको चार पर्खालभित्र बसेकी महिला, आफ्नो निजी सपना पूरा गर्न तल्लीन युवा क्रान्तिकारी आन्दोलनका योद्धा भएर दमनकारी सत्ताको प्रतिरोधमा उत्रनु क्रान्तिकारी इतिहास निर्माणमा कम उपलब्धि थिएन । नेमकिसंमा सामेल नयाँ पुस्ता आज त्यही गौरवपूर्ण इतिहासको सपथ लिएर यो आन्दोलनमा होमिएका छन् । उनीहरूलाई थाहा छ, आगामी दिनमा पनि जनविरोधी सत्ताले कुनै बेला नेमकिपालाई अँठ्याउन यस्तै प्रकृतिका षड्यन्त्रको तानाबाना बुनिरहेका हुनसक्छन् । तर, जनतामा भिजेको सङ्गठन भएसम्म त्यस्ता दमन जनताको गौरवपूर्ण इतिहास निर्माणको अर्को अवसर बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *