भर्खरै :

सोमबार भक्तपुरमा कहाँ कहाँ देखियो कोरोना ?

भक्तपुर, ८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नोबेल कोरोना भाइरस सङ्क्रमितको तथ्याड्ढमा भक्तपुरका १४ जनामा सो भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये मध्यपुर थिमि नगरपालिकाका ७ जना, सुर्यबिनायक नपाका ४ जना, भक्तपुर नपाका २ जना र चाँगुनारायण नपाका १ जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपा वडा नं ६ का २५ वर्षका एक महिला, भुरुङखेलका ९ वर्षका एक जना बालक, नगदेशका ६२ र ३६ वर्षका दुई जना महिला, लोकन्थलीका १८ वर्षका एक महिला, चारदोबाटोका २७ वर्षका एक जना महिला र थिमिका एक जना २२ वर्षकी महिलामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै सुर्यबिनायक नपा ठेगाना उल्लेख भएका ४० वर्षका एक जना महिला, १६ वर्षका एक जना पुरुष र ४१ वर्षका एक जना पुरुष तथा बालकोटका १६ वर्षका एक महिलामा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
भक्तपुर नगरपालिका वडा नं २ इताछेंका २७ वर्षकी एक महिलामा पनि कोभिड–१९ संक्रमण भएको छ । उनी प्राइम बैंक केन्द्रीय कार्यालय कमलपोखरीमा कार्यरत कर्मचारी भएको खुलेको छ । सो कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भक्तपुर नपा वडा नं ३ का एक जना ३५ वर्षका पुरुषमा पनि कोभिड–१९ संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभएको छ । उनको परिवारका अन्य केही सदस्यमा पनि यसअघि संक्रमण पुष्टि भएको छ । हाल उनी परिवारसँगै होम आइसोलेसनमा छन् ।
त्यस्तै चाँगुनारायण नपा वडा नं २ का ५८ वर्षका एक जना पुरुषमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

One response to “सोमबार भक्तपुरमा कहाँ कहाँ देखियो कोरोना ?”

  1. जगनाथ सुजखु says:

    पूर्ण विवरण को लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *