भर्खरै :

कोभिड–१९ को विश्वव्यापी सेरोफेरो

नोबेल कोरोना भाइरसबाट संसारका अन्य प्रमुख अर्थतन्त्र (देश) भन्दा संरा अमेरिका बढी प्रभावित भएको छ । कोभिड–१९ को सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । पश्चिमा देशहरू यो भाइरस रोकथाम र नियन्त्रणमा विफल भएका छन् । त्यसकारण महामारी र आर्थिक क्षति जङ्गली आगोजस्तै फैलियो ।
अप्रिलमा मैले लेखेको एउटा लेख मूलतः चीनबाट पश्चिम युरोप र संरा अमेरिकातिर सर्दै गएको महामारीमा केन्द्रित थियो । त्यो लेखमा वाशिङ्टन र ब्रसेल्सले महामारी नियन्त्रणमा ढिलाइ गरेको वा असफल भएको चर्चा गरिएको थियो । साङ्घाईको अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानबाट प्रकाशित ‘गुमेको अवसरका वियोगान्त’ शीर्षकको मेरो नयाँ लेख कोभिड–१९ को महामारीसँगै आएका तर गुमाइएका अवसरको विषयमा थियो । त्यसरी हातमा आइसकेको अवसर गुमाउनुपर्दा संसारका उदयीमान र विकासशील देशहरूसँगै प्रमुख अर्थतन्त्र (देश) ले भोग्नुपरेको मानवीय क्षति र आर्थिक चुनौतीबारे मैले आफ्नो लेखमा चर्चा गरेको थिएँ ।
सङ्क्रमणको अहिलेको गति नरोकिने हो भने अगस्ट महिनाको अन्त्यसम्ममा नोबेल कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या २ करोड ५० लाख नाघ्ने पक्का छ । सङ्क्रमणको गति थामिएन भने यो वर्षको अन्त्यसम्ममा सङ्क्रमितको सङ्ख्या ५ देखि ६ करोड पुग्नेछ र मर्नेको सङ्ख्या पनि १५ देखि १७ लाख पुग्नेछ । अप्रिलको लेखमा प्रक्षेपण गरिएजस्तै यसको सबभन्दा ठूलो मार भने संरा अमेरिकाले नै भोग्नुपर्नेछ ।

जनवरी–फेब्रुअरीको महामारी सफलतापूर्वक सामना गरेसँगै चिनियाँ अर्थतन्त्र अहिले बौरिरहेको छ । तर, कोभिड–१९ महामारीको प्रतिरोधमा विलम्ब गरेका देशहरूले भने दोस्रो चरणको महामारीको मार खेपिरहेका छन् ।
अमेरिकी महादेशमा संरा अमेरिका महामारी रोकथाममा सबभन्दा बढी असफल बन्यो, सड्ढटको व्यवस्थापनमा ऊ निकै कमजोर देखियो । अवस्था जटिल बन्दै गयो र महामारी नियन्त्रणमा आएन । त्यसमाथि कमजोर आर्थिक अवस्था र अपुग स्वास्थ्य प्रणालीले समस्यालाई थप जटिल बनायो । परिणामतः संसारमै सबभन्दा खराब क्षेत्रीय दुष्प्रभाव अमेरिकी महादेशले भोग्नुप¥यो । तथापि, क्यानाडाको अनुभवले भने सो क्षेत्रमा बढ्दो जोखिमबीच राम्रो सावधानीका उपाय अपनाए प्रभावकारी काम गर्नसक्ने देखाएको छ ।
अन्यत्रभन्दा खराब सङ्क्रमण
जनवरी महिनामा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई कोभिड–१९ नियन्त्रणमा सफल भएकोमा बधाई ज्ञापन गरे । तर, ट्रम्प सरकारको ढिलो प्रतिरोधात्मक प्रतिक्रिया र कमजोर सङ्कट व्यवस्थापनको कारण संरा अमेरिकामा भने महामारी नियन्त्रणमा आएन । तब बल्ल ट्रम्पले आफ्नो पुरानो अडानमा केही पुनःविचार गरे । दोस्रो पटक राष्ट्रपति निर्वाचित हुने लालसामा ट्रम्प सरकारले महामारीको सबै दोष चीनमाथि थोप¥यो । चीनसँगको व्यापार युद्ध, कूटनीतिक सम्बन्ध, प्राविधिक तथा वित्तीय सम्बन्धमा तनाव फराकिलो बनायो ।
तथापि, ट्रम्पको कथनविपरीत संसारभर महामारीले दोस्रो चरणमा प्रवेश ग¥यो । महामारीको पहिलो चरण चीनको हुपेई प्रान्तको उहान सहरबाट सुरु भएको थियो । तर, त्यो चरण चाँडै नियन्त्रणमा आयो । दोस्रो चरणको महामारी विशेषतः पश्चिम युरोप र संरा अमेरिकाबाट फैलियो । आजसम्म पनि त्यो चरण नियन्त्रणमा आइसकेको छैन । संसारभर भुसको आगोजस्तै यो फैलिरहेको छ ।
महामारीको प्रभावलाई अझ गहिराइमा बुझ्न हामी संरा अमेरिकाका सबै राज्यलाई अलग अलग स्वतन्त्र अर्थतन्त्र (अथवा देश) मानौँ । त्यसरी मान्दा संसारमा सबभन्दा बढी कोभिड–१९ सङ्क्रमित २५ वटा देशमध्ये चौथाइ त अमेरिकाका राज्यहरू नै पर्छन् । ब्राजिल, भारत, रुस र दक्षिण अफ्रिकाजस्ता ठूला अर्थतन्त्रपछि नै संरा अमेरिकाका क्यार्लिफोनिया, फ्लोरिडा, टेक्सास र न्यु योर्क राज्यहरू आउँछन् ।
औसत तथ्याड्ढले वास्तविक अवस्थाको सही चित्रण गर्नसक्दैन । तिनलाई जनसङ्ख्याको अनुपातमा दाँजेर हेर्दा सही चित्र देखिनेछ । महामारीको सघनताको थप प्रस्ट चित्रणको लागि हामीले जनसङ्ख्याको अनुपातमा सङ्क्रमणलाई दाँजेर हेर्नुपर्छ । प्रति दस लाख जनसङ्ख्या कति सङ्क्रमित छन् भनी हिसाब निकाल्नु उचित हुन्छ । त्यसरी हिसाब गर्दा संसारका सबभन्दा बढी महामारी फैलिएका २५ मध्ये २३ वटा त संरा अमेरिकाकै राज्यहरू पर्दछन् । जस्तै लुसियाना, न्यु योर्क, फ्लोरिडा, न्यु जर्सी र मिसिसिपीजस्ता राज्यहरू चिलीभन्दा अघि नै आउने गर्छन् । सबभन्दा प्रभावित देशमा गनिएको ब्राजिल पनि अहिले संरा अमेरिकाका धेरै राज्त्न्दा पछि पर्छ । संरा अमेरिकाको सानो राज्य आयोवा (३२ लाख सङ्क्रमित) र कनेक्टिकट (३६ लाख सङ्क्रमित) जस्ता राज्य ब्राजिलभन्दा अघि छन् ।
दुई चरणमा कोभिड–१९
मेरो नयाँ लेखमा सबै प्रमुख आर्थिक शक्ति (देश) मा कोभिड–१९ को सङ्क्रमणलाई आधिकारिकरूपमा पुष्टि भएको पहिलो सङ्क्रमण, सङ्क्रमणको गति, सङ्क्रमित नयाँ सङ्ख्या, सङ्क्रमणको प्रकार, सङ्क्रमणमा कमीको अवस्था, फेरि नयाँ सङ्क्रमण र नयाँ चरणको सम्भावित जोखिमको आधारमा विश्लेषण गरिएको छ ।
चीनमा सबभन्दा पहिलो पटक आधिकारिकरूपमा भाइरस फैलिएको पुष्टि भएपछि युरोप र संरा अमेरिकामा त्यसको नियन्त्रणमा ढिलाइ र रोकथाममा असफलताको कारण महामारी संसारभर फैलियो । हुपेईको उहानमा महामारी फैलिंदा महामारीको स्रोत पहिल्याउन नै कठिन थियो ।
उच्च आम्दानी भएका देशको समूह (पश्चिम युरोपका प्रमुख चार देशहरू, संरा अमेरिका, क्यानाडा, जापान र दक्षिण कोरिया) मा जनवरीको अन्त्यतिर कोभिडको पहिलो बिरामी भेटियो । त्यो सङ्क्रमण चीनसँग सम्बन्धित थियो । तर, सङ्क्रमण फैलिनुमा मुलतः पश्चिम युरोपबाट आएका यात्रु र स्थानीय सङ्क्रमण बढी जिम्मेवार थियो । संरा अमेरिका, एसिया, मध्यपूर्व र चीनबाट त्यहाँ कममात्र सङ्क्रमण फैलिएको थियो ।
उच्च मध्यम आम्दानी भएका अर्थतन्त्र (अर्जेन्टिना, ब्राजिल, चीन, इन्डोनेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र टर्की) र न्यून मध्यम आम्दानी भएका अर्थतन्त्र (जस्तै बङ्गलादेश, इजिप्ट, भारत, केन्या, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र भियतनाम) मा सुरुमा देखिएका आधा सङ्क्रमण चीनसँग सम्बन्धित थिए भने आधा भने पश्चिम युरोपसँग सम्बन्धित थिए । जापान, मध्यपूर्व र संरा अमेरिकाबाट ती देशमा न्यून मात्रामा सङ्क्रमण फैलिएको थियो ।
न्यून आम्दानी भएका देशहरू अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, मादागास्कर, मोजाम्बिक, सुडान, युगान्डा र यमनमा अधिकांश सुरुका सङ्क्रमण पश्चिम युरोपसँग जोडिएका छन् । मध्यपूर्व र जापानबाट ती देशमा कमैमात्र सङ्क्रमण भित्रियो ।
चीन बौरिंदै, संरा अमेरिका गुमाउँदै
प्रतिव्यक्ति आम्दानीमा आएको ¥हासको आधारमा हिसाब गर्दा महामारीले अर्थतन्त्रमा पारेको प्रभाव भने निकै भयावह छ । महामारी फैलिनुअघि नै अनेकन आर्थिक चुनौती सामना गरिरहेका देशहरूको लागि तुलनात्मकरूपमा प्रभाव अझ भयानक छ । उच्च आम्दानी भएका अर्थतन्त्रहरूले आगामी ५ देखि ७ वर्षसम्म आर्थिक प्रगति गर्न हम्मेहम्मे पर्नेछ । महामारी सुरु हुनुअघिका चुनौतीहरूको कारण इटाली र जापानजस्ता देशहरूमा भने थप खराब प्रभाव पार्नेछ ।

मध्यम आम्दानी भएका देशहरूमध्ये चीन र सम्भवतः इन्डोनेसियाले यो सङ्कट बिना नकारात्मक प्रभाव पार लगाउन सक्नेछ । तर, यो समूहका अधिकांश देशहरूले ५–७ वर्षसम्मको आर्थिक प्रगति अहिले नै गुमाइसकेका छन् । ब्राजिल र अर्जेन्टिनाजस्ता ल्याटिन अमेरिकी देशहरूले अरू देशको तुलनामा दोब्बर आर्थिक क्षति गरेका छन् ।
अरू कमजोर अर्थतन्त्र भएका देशहरूले यो महामारीको कारण अहिले अपेक्षा गरिएभन्दा धेरै गुमाउनेछन् । कोभिड–१९ को न्यूनतम परीक्षण र यो रोगलाई न्यूनाड्ढन गरेका कङ्गो, यमन र अरू केही देशहरूले आधिकारिकरूपमा निकै कममात्र सङ्क्रमण देखाए पनि वास्तविकता भने नाटकीयरूपमा फरक छ ।
कोभिड–१९ का दुई चरणको सङ्क्रमण आगामी दिनमा थप आणुवंशिक परिवर्तनको कारण बिस्तार हुनसक्छ । चीनको उहान र एसियामा सुरुमा ‘डी’ प्रकारका भाइरस धेरै थिए । तर, मार्च महिनामा पश्चिम युरोप र संरा अमेरिकामा ‘जी’ प्रकारका भाइरस बढी देखिन थाल्यो ।
यदि यसप्रकारको आणुवंशिक परिवर्तन भइरहने हो भने पश्चिममा लकडाउन र यात्रा निषेधको कारण उदयीमान र विकसित अर्थतन्त्रले भाइरसमाथि कायम गरेको नियन्त्रणमा अब अनियन्त्रित हुनसक्छ । स्पेनिस फ्ल्युको समयमा पहिलो चरणको भाइरस त्यत्ति घातक थिएन । दोस्रो चरणको सङ्क्रमण अझ बढी घातक पुष्टि भएको थियो । इतिहासका यस्ता महँगा पाठबाट हामीले नसिक्ने हो भने संसारमा थप दीर्घकालीन महामारी र विश्वव्यापी मन्दी फैलिन सक्छ ।
स्रोत ः चाइना डेली
अनुवाद ः राजजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *