‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
काठमाडौँ, १० भदौ । नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।
गत बुधबार प्रतितोला रु. १ लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु. तीन हजार ६०० ले घटेको छ । महासङ्घका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ । मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला रु. १० ले घटेर तोलाको रु. एक हजार ३१० पुगेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।
पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो । रासस
Leave a Reply