भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
जलविद्युत् र वातावरणसम्बन्धी काममा संलग्न भएको ६ वर्ष भइकेछ । यो अवधिमा नेपालका विभिन्न जिल्लामा निर्माणको चरणमा रहेका, सञ्चालनमा रहेका त कुनै सम्भाव्यता अध्ययनको क्रममा रहेका जलविद्युत् आयोजनाहरूका साथै विभिन्न विद्युत् प्रसारण लाइनहरूको अध्ययनका लागि ७० वटा जिल्लामा पुग्ने अवसर प्राप्त भयो । करिब १९ – २० करोड प्रतिमेगावाटको लागतमा बन्ने जलविद्युत् एउटा यस्तो क्षेत्र रहेछ जसले बाटो, पुल, भवन हुँदै प्रसारण लाइनसमेत निर्माण गर्नुपर्ने हँुदा यसले सामाजिक–आर्थिक क्षेत्रमा बहआयामिक प्रभाव पार्ने गर्दछ ।
वातावरण विज्ञानमा स्नातक पढ्दै गर्दा शैक्षिक भ्रमणको बेला एउटा होचो पहाड चढ्न गाह्रो भएको बखत कसैले ‘यस्तो मान्छेले के वातावरण विज्ञान पढेको, यति त चढ्न नसक्नेले के भक्तपुरभन्दा बाहिर गएर काम गर्लिन्’ भनेको कुरा मेरो मस्तिष्कमा अझै ताजै छ । त्यही बेला काठमाडौँ उपत्यकाबाहिर गएर काम गरेर देखाउँछु भनी मनमनै अठोट गरेकी थिएँ । आज समयले मलाई त्यहीँ पु¥याएको छ । त्यत्ति बेला जसले मलाई त्यस्तो कुरा सुनाए, उनीहरू सबैलाई हार्दिक धन्यवाद!
वातावरण विज्ञानको स्नातक र स्नातकोत्तर तहको पढाइमा वातावरण संरक्षण ऐन, नियमावली र वातावरण अध्ययन प्रतिवेदनका धेरै पाटासम्बन्धी पढाइ हुन्छ । विद्यार्थी छँदा कुनै कक्षामा जलविद्युत् र वातावरणसम्बन्धी जानकारी तथा नेपालमा जलविद्युत्को महत्व र जलविद्युत्को विकासमा वातावरण विज्ञान र वातावरणविद्को भूमिकाबारे छलफल भएको थियो । त्यो बेलामा ती पाठमा मैले खासै ध्यान दिएकी थिइनँ किनकि त्यो बेला जलविद्युत् मेरो रुचिको विषय थिएन । तर, समयान्तरमा जलविद्युत् देश विकासको मेरुदण्ड रहेछ भन्ने थाहा भयो र आज म विभिन्न सरकारी तथा निजी क्षेत्रले प्रस्ताव गरेका जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन टोलीमा वातावरणविद् भएर काम गर्दै छु । आज आएर त्यो कक्षामा भएको छलफलको महत्व बुझ्दै छु । त्यसका लागि म पढेको ख्वप कलेज वातावरण विज्ञान विभागका शिक्षकहरूप्रति हार्दिक नमन !
जलविद्युत् आयोजनाको निर्माण भनेबित्तिकै इन्जिनियरिङसँग सम्बन्धित काम बुझिन्छ र हो पनि । आयोजनाको सम्भाव्यता अध्ययनदेखि आयोजना सञ्चालनको बेला पनि इन्जिनियरकै बढी काम हुने गर्छ । तर, हामीले यस्ता आयोजना निर्माण तथा सञ्चालनको क्रममा वातावरणमा पनि विशेष ध्यान दिन आवश्यक छ । वातावरण संरक्षण नियमावली २०७७ को नियम ३ मा कुनै पनि जलविद्युत् आयोजना निर्माण गर्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने कुरा उल्लेख छ । वातावरणीय अध्ययन तीन किसिमका छन् ः सङ्क्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन । वातावरण संरक्षण नियमावली २०७७ को अनुसूची २ (नियम ३ सँग सम्बन्धित) अनुसार १ देखि ५० मेगावाट क्षमतासम्मको जलविद्युत् उत्पादन आयोजना निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधान छ । त्यसैगरी वातावरण संरक्षण नियमावली २०७७ को अनुसूची ३ (नियम ३ सँग सम्बन्धित) अनुसार ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् उत्पादन आयोजना निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान छ । प्रसारण लाइनको पनि क्षमताको आधारमा वातावरणीय अध्ययन गर्नुपर्ने प्रावधान छ । यही प्रावधानअनुरूप नै वातावरणसम्बन्धी काम हुँदै आएका छन् । तर, यी अध्ययनहरू राम्ररी हुनसकेका छैनन् । जलविद्युत् आयोजनाको हकमा यी वातावरणीय अध्ययन आयोजना निर्माणका लागि बाधा फुकाउने माध्यममात्र भएका छन् । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत नभएसम्म जलविद्युत् निर्माणको लागि चाहिने विद्युत् उत्पादनको अनुमतिपत्र (जुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले जारी गर्छ) पाइँदैन । यसकारण पनि यी अध्ययनहरू बाध्यात्मक बनेका छन् । बाध्यात्मक नै सही तर आयोजना निर्माणले गर्दा भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्नसक्ने सकारात्मक तथा नकारात्मक प्रभावहरूको अध्ययन हुने गरेको छ । सकारात्मक प्रभावहरूको बढावा र नकारात्मक प्रभावहरू न्यूनीकरणका उपायहरू ती अध्ययन प्रतिवेदनमा समावेश हुन्छन् । यसरी वातावरण अध्ययन प्रतिवेदनमा समावेश गरिएका उपायहरू आयोजना क्षेत्रमा कार्यान्वयन भए–नभएको जाँच गर्न वातावरणीय अनुगमन पनि हुने गर्छ ।
आयोजना निर्माणभन्दा अगावै वातावरण अध्ययनको चरणमा आयोजना क्षेत्रको विद्यमान भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक वातावरणको विस्तृत अध्ययन गरी आयोजना निर्माण र सञ्चालनको क्रममा पर्नसक्ने प्रभावको तह निर्धारण गरी प्रभाव न्यूनीकरण तथा हटाउन प्रस्तावले निरोधात्मक, सुधारात्मक र क्षतिपूर्तिका उपायहरू अवलम्बन गरिने प्रतिबद्धतासहित अध्ययन प्रतिवेदनमा समावेश गरिनुपर्छ । प्रतिवेदनमा समावेश भएका कार्यक्रमहरू आयोजना क्षेत्रमा अनिवार्य अवलम्बन पनि गरिनुपर्छ र कति ठाउँमा गरिएका पनि छन् ।
जलविद्युत् आयोजनाको वातावरणीय अध्ययनको क्रममा नेपालका सुगमदेखि धेरै दुर्गम ठाउँमा पुग्ने अवसर जुटेको छ । त्यही क्रममा तीतामीठा अनुभवहरू सङ्गालेकी छु । आयोजनाका प्रस्तावक अथवा लगानीकर्ताहरूबाट पनि ‘वातावरण अध्ययनको केही काम हुने होइन, मात्र आयोजनाको लगानी बढाउँछ’ भनेर आलोचना हुने गरेको छ भने अलि बुझेकाहरूले यो राम्रो हो र यसलाई कार्यान्वयन गर्ने दायित्व नै सम्झेको पनि पाइएको छ । धेरै ठाउँमा हामी वातावरणसम्बन्धी अध्ययनका लागि आएको भन्नेबित्तिकै यिनीहरू ‘हामीलाई रुख नकाट्न, खोलामा माछा मार्न पाइँदैन’ भन्न आएका हुन्, ‘यिनीहरू विकासविरोधी हुन्’ भनी कति ठाउँँमा आलोचित भएका छौँ भने धेरै ठाउँमा स्याबासी पनि पाएका छांै । पूर्वमा ताप्लेजुङको सिम्बुवा खोलादेखि पश्चिममा दार्चुलाको चमेलियासम्म प्रस्ताव गरिएका र अध्ययनको क्रममा रहेका जलविद्युत् आयोजनाहरूको अध्ययन भ्रमणमा त्यहाँको वातावरण देख्ने र बुझ्ने मौका पाएकी छु । नेपालका धेरैभन्दा धेरै ग्रामीण भेगहरूको जीविकोपार्जनको मुख्य आयस्रोत त्यहाँका वनजङ्गल, वनस्पति, खोलानाला हुन् । विकासका पूर्वाधार के हुन्, कस्ता हुन्छन् भनेर पूरै अनभिज्ञ बस्तीहरूमा पुग्दा ‘अब यहाँ पनि बाटो आउँछ रे’, ‘हाम्रो पनि खोला र नदीको पानी यो ठूला चट्टानी पहाडहरूमा दुलो पारेर, छेडेर लैजाने अरे’ अनि ‘हाम्रो गाउँमा पनि बत्ती बाल्ने रे’ भन्दै खुसी हुँदै हाम्रो वरिपरि जम्मा भएका मानिसको भीडमा धेरैले भनेको सुनेकी छु । ‘यिनीहरू हाम्रो वनजङ्गलमा सेर बाटो बनाउन आएका, हाम्रो घर–खेत मास्न आएका’ भनेको शब्द कानमा कहिलेकाहीँ नठोकिएको पनि होइन । यस्तो कुरा सुन्दा सारै नमज्जा लाग्ने गर्छ । साथै वातावरणप्रतिको मोह र उनीहरूको जीवनमा वातावरणको महत्व देखेर खुसी पनि महसुस हुन्छ । हामी त्यस्ता ठाउँहरूमा जलविद्युत् आयोजनाको महत्वका साथै त्यसको निर्माणको क्रममा हुने वातावरणमा पर्ने असरहरू न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने कुराहरू बुझाउँदै अगाडि बढेका हुन्छांँै ।
विकासका आयोजना नआएसम्म विकास भएन भन्दै कराउने र आयोजना निर्माणपश्चात् आयोजनाले गरेर हाम्रो गाउँ–ठाउँमा पहिरो गयो, वायु प्रदूषण भयो, वन मासियो, खोलामा माछा पनि हरायो, जडिबुटी पनि लोप भयो, बाह्य कामदारहरू ल्याएर हाम्रो ठाउँको रीतिरिवाज, संस्कृतिमा आँच आउने काम भयो भनेर अन्य आयोजनाहरूलाई सहयोग नगरेका घटनाहरू पनि छन् । यस्ता घटनाहरू दोहोरिन नदिन वातावरणीय अध्ययन महत्वपूर्ण हुन्छ । ती सबै सकारात्मक र नकारात्मक विषयहरूको विश्लेषण र तिनको उचित व्यवस्थापनको लागि नै यो अध्ययन गरिन्छ ।
आयोजना निर्माणभन्दा अगावै वातावरण अध्ययनको चरणमा आयोजना क्षेत्रको विद्यमान भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक वातावरणको विस्तृत अध्ययन गरी आयोजना निर्माण र सञ्चालनको क्रममा पर्नसक्ने प्रभावको तह निर्धारण गरी प्रभाव न्यूनीकरण तथा हटाउन प्रस्तावले निरोधात्मक, सुधारात्मक र क्षतिपूर्तिका उपायहरू अवलम्बन गरिने प्रतिबद्धतासहित अध्ययन प्रतिवेदनमा समावेश गरिनुपर्छ । प्रतिवेदनमा समावेश भएका कार्यक्रमहरू आयोजना क्षेत्रमा अनिवार्य अवलम्बन पनि गरिनुपर्छ र कति ठाउँमा गरिएका पनि छन् ।
कतिपय अवस्थामा वातावरणीय अध्ययन टोली र वातावरणविद्का रूपमा कार्यरत व्यक्तिहरूको पनि कमजोरी रहेको देखिन्छ । वातावरणीय अध्ययन प्रतिवेदनमा सजिलैसँग आयोजनाले गर्दा केही प्रभाव नपर्ने र नेपालको आर्थिक विकास र समृद्धिको लागि आयोजना कार्यान्वयन गर्दा राम्रो देखिने भनेर निष्कर्ष लेखिन्छ । गहन अध्ययन नगरिकन गरिएका त्यस्ता अध्ययनका कारण त्यस्ता आयोजना निर्माण र सञ्चालनमा आउँदा विभिन्न वातावरणीय असर परेको हामी देख्न र सुन्न सक्छौँ । जस्तै, जलविद्युत् आयोजनाको संरचनाको रूपमा रहेको सुरुङमार्ग बनाउँदा विस्फोटक पदार्थको प्रयोग र विस्फोटन गर्दा हुने कम्पनले निम्त्याएको पहिरोको जोखिमहरूको उचित अध्ययन र मूल्याड्ढन गर्न नसक्दा त्यहाँका बस्ती अन्य ठाउँमा सार्न प्रस्ताव नगर्दा धेरै दुःखद् घटनाहरू भएको सुनेका छौँ ।
यसकारण पनि हामी वातावरण अध्ययनमा स्नातक तथा स्नातकोत्तर गरेका र वातावरण विषयमा काम गर्न इच्छुकहरूले कुनै पनि विकासका आयोजनाले वातावरणमा पार्नसक्ने प्रभावको वैज्ञानिक ढङ्गले निर्धारण गर्नसक्ने गरी आक्षनो क्षमता वृद्धि गर्नुपर्ने देखिन्छ । होइन भने माथि भनिएजस्तै वातावरणको काम ‘आयोजनाको लागत बढाउनेमात्रै हो, यस्तो प्रतिवेदन त जसले पनि बनाइहाल्छ नि’ भनेजस्तै प्रतिक्रियाको सामना गर्नुपर्ने हुन्छ । त्यसैले वातावरण संरक्षणको निम्ति गर्नुपर्ने धेरै काम छन् । विकास निर्माणको काममा जति प्राविधिकहरूको महत्व हुन्छ, त्यति नै वातावरणविद्को पनि छ । अहिलेको हाम्रो कानुन, नीति नियममा पनि वातावरणलाई धेरै जोड दिइएको छ । हरेक विकास निर्माणका आयोजनाहरूको अध्ययन टोलीमा वातावरणविद् पनि संलग्न हुनुपर्ने व्यवस्था छ । हामी वातावरणविद्हरू अझै निख्खारिएर विकास निर्माणका आयोजनाहरूलाई वातावरणमैत्री ढङ्गले अगाडि बढाउन उच्च भूमिका खेल्नुपर्ने हुन्छ ।
Referential piece! The dominant people make the technical hands dysfunctional because of their little knowledge on the topic, the local consumers often act as if they are know-all technicians and consumers that poses certain dilemma on development.