राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ घटना अघि र पछि – २
- भाद्र ७, २०८३
कक्षा ४ मा पढ्दै गर्दाको त्यो दिन अझै पनि मेरो मानसपटलमा ताजै छ । मेरा साथीहरू, शिक्षक शिक्षिका सबै गैरदलित समुदायका थिए । अङ्ग्रेजी विषय पढाउने शिक्षिकालाई आफू ठूलो जातको हुँ भन्ने घमण्ड थियो । त्यसैले उहाँले सधैँ मलाई मेरो नामले नबोलाई ‘ओ नेपाली’ वा अरू कुनै अपहेलित शब्द प्रयोग गर्नुुहुन्थ्यो ।
एक दिन खाजा खाने समयमा म साथीहरूसँग खेलिरहेकी थिएँ । उहाँले हामीलाई बोलाउनुभयो र ‘पाउँ’ (अमिलो) किनेर ल्याउन भन्नुभयो । साथीहरूले मलाई पनि लिएर जान लागेको देखेर उहाँले ‘त्यो नेपालीलाई नछोइकन लिएर आउनु है’ भन्नुभयो ।
उहाँले त्यसो भन्नुभएको सुन्दा म अचम्ममा परेँ । मैले साथीहरूलाई मिसले किन त्यसो भन्नुभएको भन्दा ‘तिमी अछुत भएकोले तिमीले छोएको खानुहुन्न रे’ भने । मैले अझै पनि बुझ्न सकेकी थिइन, मिसले किन त्यसो भन्नुभएको भनेर । म त अरू साथीहरूजस्तै थिएँ । अरू साथीहरूभन्दा पढ्नमा पनि अगाडि नै थिएँ । त्यसमाथि उहाँ त शिक्षिका हुनुहुन्थ्यो, त्यस्तो भेदभाव किन गर्नुभएको होला ? भन्ने कुरा मेरो मनमा खेलिरह्यो । मैले घरमा पनि मिसको व्यवहारको बारे भन्न सकिनँ ।
शिक्षिकाको त्यो व्यवहारको कारण मलाई अरूले तिम्रो जात के हो ? भनेर सोध्दा मलाई उत्तर दिन गा¥हो हुन्थ्यो । आफ्नो जातभन्दा अपमान सहनुपर्ला भनेर मैले आफ्नो जात ढाँट्न बाध्य हुन्थेँ । म अरूलाई बाहुन, क्षेत्री या नेवार हुँ भन्थेँ ।
मेरो ५ कक्षाको पढाइ सकिन अझै एक वर्ष बाँकी थियो । मलाई ती शिक्षिकाको अगाडि जान एकदमै डर लाग्थ्यो । मलाई पढ्ने असाध्यै रुचि भए पनि शिक्षिकाको व्यवहारले विद्यालय जान मन लाग्न छोडेको थियो । म अङ्ग्रेजीमा अलि कमजोर भएको हुँदा ती शिक्षिकाले सिकाउनुको सट्टा मेरो जातलाई लिएर गाली गर्नुहुन्थ्यो । मलाई नराम्रो लाग्थ्यो । ती शिक्षिकाको कारण मलाई उनले पढाउने अङ्ग्रेजी विषय नै पढ्न मन लाग्दैनथ्यो । तर, पनि जसोतसो मैले ५ कक्षा उत्तीर्ण गरेँ र ती शिक्षिकाबाट मुक्त भएँ ।
शोषणमा आधारित सामन्तवादी र पुँजीवादी व्यवस्था रहेसम्म जातीय विभेद पनि रहन्छ । मैलेजस्तै पीडा अझ गाउँगाउँमा कतिले भोगिरहेका होलान् । यो समस्या समाधानको लागि मानिसको दर्शन र सिद्धान्त परिवर्तनसँग समाजवादी व्यवस्था जरुरी छ भन्ने कुरा मैले बिस्तारै बुझ्दै छु । यसर्थ शोषणमा आधारित समाज व्यवस्था परिवर्तन गरेर वर्गविहीन आदर्श समाज स्थापनाको निम्ति पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ्ग विचारधारा अङ्गीकार गर्दै अगाडि बढ्न क्रियाशील रहनेछु ।
मैले सोचेकी थिएँ, उहाँ एकजनामात्रै हुनुहुन्थ्यो जातीय भेदभाव गर्ने । अब मैले मुक्ति पाएँ । तर, पछि बुझ्दै जाँदा यो त समाजमा जेलिएर बसेको कुसंस्कार रहेछ । जहाँ म आज त्यही समाजभित्र बसेर सङ्घर्ष गरिरहेछु ।
५ कक्षा पास भएपछि अर्को विद्यालयमा भर्ना भएँ । अर्को विद्यालयमा त्यस्तो भेदभाव नहोला भन्ठानेको त त्यहाँ पनि त्यस्तै रहेछ । गैरदलित शिक्षक शिक्षिकाहरूले यिनीहरू अशिक्षित, संस्कार नभएकाहरू हुन्, यिनीहरू अगाडि बढ्न चाहँदैनन्, यिनीहरूको जातै यस्तो भनेर होचो देखाउने कोशिश गर्थे । जसको कारण मैले पढाइलाई अगाडि बढाउन सकिनँ । जसोतसो ८ कक्षासम्म पढेर बीचैमा पढाइ छाडिदिएँ । शिक्षाको महत्वलाई मैले त्यतिखेर बुझ्न सकिनँ ।
एउटा शिक्षित व्यक्तिबाट समाजले राम्रो इच्छा राखेको हुन्छ । उनीहरूबाट परिवर्तनको आशा गरिएको हुन्छ । तर, उहाँहरूको व्यवहारले परिवर्तनको त के कुरा मजस्तो विद्यार्थीलाई अझ उत्पीडनको खाडलमा जाक्थ्यो । त्यतिखेर पाठ्यपुस्तकमा पनि ‘दमाई’, ‘कामी’, ‘सार्की’ जस्ता अपहेलित शब्दहरूको प्रयोग हुन्थ्यो । शिक्षकहरूले त्यही शब्द उच्चारण गरेर पढाउँदा मलाई साथीहरूको अगाडि हिनताबोध हुन्थ्यो । यस्तै कुराले गर्दा कतिपल्ट साथीहरूबाटै अपमानित हुनुपथ्र्यो ।
अहिले पनि दलित समुदाय शिक्षाको हिसाबले पछाडि नै छन् । आर्थिक अवस्था पनि नाजुक छ । दलितहरूमाथि भएको अन्याय अत्याचारको विरुद्ध अहिले पनि आवाज उठाउन सक्ने अवस्थामा दलितहरू छैनन् । देशमा प्रजातन्त्र आयो भने पनि दलितको जीवनमा त्यस्तो खासै परिवर्तन आएको छैन । दलितमाथि हुने अत्याचार भेदभाव जस्ताको तस्तै छ ।
विभिन्न ठाउँको घटना अनि दलितमाथिको अत्याचार बढ्दै जाँदा कता कता पीडा हुन्छ । दलित भएकै कारण यस्ता धेरै घटना मैले देखे भोगेको छु । दलितभन्दा मलाई रिस उठ्थ्यो । तर, प्रतिकार गर्नसक्ने क्षमता ममा थिएन । दलित जातिलाई जोसुकैले जेसुकै भने पनि सहनुभन्दा बाहेक अरू केही गर्नसक्ने क्षमता ममा थिएन । मैले पढाइ बीचमै छोडिसकेकी थिएँ । मलाई एसएलसी पास गर्न नसकेकोमा धेरै पश्चाताप लाग्थ्यो ।
धेरै वर्ष बितिसकेको थियो पढाइ छुटेको । म आफ्नै काममा सीमित हुन्थेँ । पढ्नुपर्छ भन्ने कुरा बिर्सिसकेकी थिएँ । यसै क्रममा एकदिन नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घका साथीहरूसँग मेरो भेट भयो । यसभन्दा अगाडि मलाई राजनीतिबारे चासो थिएन । म नेपाल क्रान्तिकारी युवा सङ्घमा आबद्ध भएँ । सङ्गठनको कार्यक्रममा जान थालेपछि मलाई शिक्षाको महत्वबारे जानकारी भयो । युवा सङ्घका साथीहरूले मलाई फेरि पढ्न सल्लाह दिनुभयो । उहाँहरूकै सल्लाह र सहयोगअनुसार म वागीश्वरी माविको खुला विद्यालयमा भर्ना भएँ र २०७४ मा एसईई उत्तीर्ण गरेँ ।
काम र पढाइलाई निरन्तरता दिँदै ११ र १२ कक्षा शारदा माविबाट उत्तीर्ण गरेँ । सङ्गठनको कार्यक्रम र प्रशिक्षणमा जतिजति सहभागी हुन्थेँ उति उति शिक्षाको महत्व र आवश्यकताबारे बुझ्न थालेँ । नेपाल क्रान्तिकारी युवा सङ्घले गर्दा मैले सङ्घर्ष र शिक्षाको महत्वलाई बुझ्न थालेँ । अन्धकारतिर धकेलिएको मेरो जीवन उज्यालोतिर लम्किएको मैले महसुस गरेकी छु ।
अहिले म बुझ्दै छु, शोषणमा आधारित सामन्तवादी र पुँजीवादी व्यवस्था रहेसम्म जातीय विभेद पनि रहन्छ । मैलेजस्तै पीडा अझ गाउँगाउँमा कतिले भोगिरहेका होलान् । यो समस्या समाधानको लागि मानिसको दर्शन र सिद्धान्त परिवर्तनसँग समाजवादी व्यवस्था जरुरी छ भन्ने कुरा मैले बिस्तारै बुझ्दै छु । यसर्थ शोषणमा आधारित समाज व्यवस्था परिवर्तन गरेर वर्गविहीन आदर्श समाज स्थापनाको निम्ति पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ्ग विचारधारा अङ्गीकार गर्दै अगाडि बढ्न क्रियाशील रहनेछु ।
Leave a Reply