भर्खरै :

चीन जान पीसीआर परीक्षणको लागि अस्पताल तय

काठमाडौँ, १३ भदौ । नेपालबाट हवाई मार्ग हुँदै चीन जान चाहने यात्रुलाई काठमाडौँका तीनवटा निजी अस्पतालबाहेक अरूमा पीसीआर परीक्षण नगराउन काठमाडौँस्थित चिनियाँ दूतावासले भनेको छ । नेपाल सरकारले हवाई यात्रुलाई बोर्डिङ पास लिने बेलामा तीन दिनभित्रको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्यरूपमा पेश गर्न भनेपछि काठमाडौँस्थित चिनियाँ राजदूतावासले परीक्षणको लागि उपत्यकाका तीनवटा निजी अस्पताल तोकिदिएको हो ।
उड्नुअघि त्रिभुवन विमानस्थलमा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य बनाए पनि सरकारी अस्पतालमा स्वाव सङ्कलन गरेको १० दिनसम्म रिपोर्ट नआउने समाचार सार्वजनिक भएपछि २४ घण्टाभित्र रिपोर्ट दिने निजी अस्पताल चिनियाँ दूतावासको रोजाइमा परेका हुन् । दूतावासले चिनियाँ भाषामा सार्वजनिक सूचना जारी गरी सिफारिस गरेकोमा ललितपुरको सानेपास्थित स्टार हस्पिटल, सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पताल रहेका छन् ।
डा. मिङमार शेर्पाले सामाजिक सञ्जाल ट्विटरमा ‘कुनै कुनै कोभिड परीक्षणस्थलका रिपोर्टहरू भरपर्दाे नभएको पाइएकोले चीन जाने जहाजमा स्टार, टिचिङ र ह्याम्सको रिपोर्टलाई मात्र मान्यता दिने भनी यात्रुलाई जानकारी दिएको’ भनी उल्लेख गर्नुभएको छ । सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *