नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
कोरोना भाइरसको सङ्क्रमण महामारीको रूपमा फैलिने डरका कारण लगाइएको निषेधाज्ञा वा लकडाउनका कारण देशको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पु¥याएकोमा कुनै शङ्का छैन । घोषित र अघोषित लकडाउनका कारण ससाना उद्योग–व्यापारमा संलग्न व्यवसायीदेखि असङ्गठित क्षेत्रका श्रमिकहरू निकै प्रताडित भएका छन् । त्यसरी प्रताडित मानिसहरूले ठाउँठाउँमा तार्किक वा अतार्किक किसिमले विरोध पनि गर्न थालेका छन् । लकडाउन र निषेधाज्ञा कुनै राजनीतिक वा प्रशासनिक कारण र उद्देश्यका निम्ति होइन बरू कोरोना भाइरसको सङ्क्रमण व्यापक नहोस् भनेरमात्र हो ।
कोरोना सङ्क्रमण हुन नसक्ने गरी सुरक्षा अपनाएर गर्न सकिने व्यवसाय गर्न दिनुपर्छ । उदाहरणको निम्ति उत्पादित तरकारीको किनबेचलाई नै लिऔँ । अलग्गै बसेर मुखमा गुणस्तरीय मास्कसहित हातमा स्यानिटाइजर डलेर वा बरोबर साबुन पानीले हात धोएर कसैले तरकारी बेच्छ भने उसबाट कोरोना सर्ने सम्भावना नितान्त कम हुन्छ । तर, निषेधाज्ञालाई निहुँ बनाएर नेपालीकै खेतबारीमा उत्पादित तरकारी बजार पुग्नमा रोक लगाइँदा एकातिर बजारमा तरकारकिो अभाव भएर उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ भने अर्काेतिर भारतबाट आयातीत तरकारीमार्फत कोरोना भित्रिने सम्भावना निकै बढेको छ । ढुवानीका क्रममा खेप्नुपर्ने सास्तीका कारण आज कैयौँ तरकारी, दूध, कुखुरालगायत स्वदेशी किसानका उत्पादन बजारीकरण नभएर सड्ने वा खेर जाने अवस्था निम्तिएको छ र किसानले घाटा व्यहोरिरहेका छन् । त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर स्वदेशी उत्पादनलाई बजारमा पुग्न दिन नितान्त जरुरी छ । कुनै पनि बहानामा स्वदेशी कृषि उत्पादनलाई हतोत्साही पार्नु सही कार्य हुनसक्दैन ।
Leave a Reply