भर्खरै :

पुरातत्वको दृष्टिमा रामायण !

(डा. सांकलिया भारतका ख्यातिप्राप्त पुरातत्वविद् हुन् । उनले रामायणमा वर्णित ठाउँहरू, पात्रहरू, रीति–रिवाजहरूलाई पुरातत्वको दृष्टिले विश्लेषण गरेर जुन निष्कर्ष प्रस्तुत गरे, ती सबै अनेक प्रचलित मान्यताहरूभन्दा फरक छन् । त्यसो भए पनि उनले अनुुसन्धान वा शोधको सम्भावनालाई औँल्याएका छन् । यस लेखको पुच्छारमा उनले रामायणको आदर्शवाद र चिरस्मरणीयतालाई स्वीकारेका छन् ।)
त्यो समयमा लङ्गा कहाँ थियो र कस्तो थियो भन्नेबारे किटानसाथ कसैलाई थाहा थिएन । त्यसै समय रामायणमा फलामको हात–हतियारको (शलाकाऔँ) युगमा प्रवेश भएको होला । धनुष, वाण (त्यसको चुच्चो), तरबार फलामका थिए । त्यति मात्र होइन, आठ पाङ्ग्रा भएको सन्दुक, जसमा शिव वा रुद्रको धनुष राखिएको थियो, त्यो पनि फलामको थियो । मूल संस्कृत भाषामा ‘अयश’ शब्द प्रयोगमा थियो । ‘अयश’ को अर्थ फलाम पनि हुन्छ । राम, सीता र लक्ष्मण अयोध्याबाट वनबासमा जाने बेलामा प्रजाहरूमध्ये कोहीले ‘रामकी आमा (कैकेयी) को मुटु फलामकै हो’ भने ।
अयोध्या काण्डमा संस्कृतमा भनिएको रहेछ– ‘आयशं हृदय नूनं राममातरम् संशयम् ।’ ‘आयशं’ को अर्थ फलामै हुनसक्छ, तामा होइन । आज पनि हामी भन्छौँ उसको मुटु फलाम या ढुङ्गाको जस्तो छ । तामा त नरम (कमलो) हुन्छ । पहिलो समय क्रममा हामीले अयोध्याको अध्ययन ग¥यौँ । दोस्रो समयको क्रम भने सम्पूर्णतः तथा निश्चित हुनसकेन । तैपनि, हामी के सम्म भन्न सक्छौँ भने यी सिलसिला सबै रामायणसँग सम्बन्धित छ, यस सिलसिलाका सन्तोषजनक प्रमाणहरू यी हुन्–
१) सीताले लगाएकी कौशेय भित्री सारी वा अधोवस्त्र (चिनियाँ साडी) को वर्णन हुनु ।
२) त्यसमा उल्लेख भएअनुसार सीताले कालिन्दीलाई रक्सीको १०० घडा चढाउने मनसुवा राखेको उल्लेख हुनु ।
३) भारद्वाज आश्रममा भरतका सिपाहीहरूले यथेष्ठ चाहेजति मासु, रक्सीजन्य वस्तुहरूको उपयोगको उल्लेख हुनु ।
४) रावणको अन्तपुरमा (दरबारका रानीहरू बस्ने कोठाहरूमा) यस्तै दृश्यहरूको वर्णन हुनु ।
५) राम नाम अङ्गित औँठीको वर्णन हुनु ।
ई.पू. १०० देखि सन् १०० सम्म रोमबाट भारतमा एक विशिष्ट प्रकारको घडा (ऐँफोरा) मा रक्सी र राम्रा–राम्रा महिलाहरूको आयात हुन्थ्यो । त्यसको उपयोग राजाहरूको (अन्तपुर) अर्थात् महिलाहरू बस्ने कोठाहरूमा हुन्थ्यो । यस्ता जानकारी त्यस समयको ग्रीस–रोमन यात्री र लेखकहरूको संस्मरणहरूमा पाइन्छ । द्वारिका, सोमनाथ, देवकी मोरी, नेवासा, कोल्हापुर, नार्गाजुन कोन्डा (आन्ध्र) र उत्तरी तक्षशिलाको उत्खननमा यसका प्रमाणहरू पाइए । सारा भारतमा रोम, पश्चिमी युरोप तथा भूमध्य सागरका किनाराका देशहरूमा बनेका रक्सी उपयोग हुन्थ्यो । त्यसकै प्रतिविम्ब भारतीय साहित्य र हस्तकलाका चित्रहरूमा पाइन्छ ।
विदेशी रक्सीहरू प्राप्त हुनु सजिलो थिएन, यसकारण सीताले (कालिन्दी पर्वतबाट निस्केको यमुना नदी, पहाडकी आया) कालिन्दीलाई ‘सुराको १०० घडा चढाउने’ मनसुवा गरेकी थिइन् ।
कौशेयवस्त्र–कोयो (रेशम कीरा) चीनमा बनाइन्थ्यो । त्यसलाई चीनांशुक पनि भनिन्थ्यो । ती रेशम भारतको उत्तरतिरको सडकबाट आउँथ्यो र दक्षिणमा समुद्री मार्गबाट रोम जान्थ्यो । उत्तरको रेशममार्ग या सडकको संज्ञा साहित्यमा प्रख्यात थियो ।
हातमा लाउने नाम कुँदिएका औँठीहरू पनि त्यसै समय युनानी राजाहरूमा प्रचलित थियो । सबभन्दा पहिले नाम अङ्गित औँठी तक्षशिला तथा भारतको उत्तरी पश्चिमी सीमान्त प्रदेशहरूमा पाइयो ।
ई.पू. ४००–५०० वर्षलाई महिना, हप्ता र दिनमा बाँड्ने रीतिरिवाज पहिलो चोटी थाहा पाइयो । रामायणका केही प्रतिहरूमा उल्लेख छ– रामको जन्म चैत्र शुक्ल नवमीको दिन भएको थियो । तर, यस्तो अर्थ लाग्ने श्लोक बडौदाबाट प्रकाशित संस्मरणबाट लिइएको थियो, किनभने त्यस प्रकारको परम्परा समस्त भारतमा प्रचलित थिएन । वैदिककालदेखि वर्षलाई ऋतुहरूमा, ऋतुहरूलाई दुई पक्षहरू र पक्षहरूलाई तिथिहरूमा विभाजित गर्ने परम्परा थियो । तिनै समयमा रोमन संसारसँग व्यापारिक र सांस्कृतिक सम्बन्ध बढाउन भारत अग्रसर भयो ।
त्यसै समयमा रामलाई विष्णु र पुरुषोत्तमको रूपमा एवम् कृष्णसँग तुलना गर्दै श्लोक र लङ्गा तथा किष्किन्धाको अति काल्पनिक वर्णन किष्किन्धा, सुन्दर र युद्ध काण्डमा गाभियो । यस्तै विकसित भारतभन्दा बाहिर जावा, सुमात्रा, कम्बोडियामा फैलियो । यी सबै कसरी भयो र कुन–कुन परिस्थितिमा भयो एवम् कुन–कुन कालमा भन्नेबारे भारत र भारत बाहिरका मन्दिरहरूको कलाकृतिमा गम्भीर अध्ययनबाट निश्चित गर्न सकिन्छ ।
यस किसिमले वाल्मिकीको रामायण धेरै पुरानो होइन । तैपनि यति त स्वीकार्नैपर्छ कि वाल्मिकीको रामायणका अधिकांश भाग चौथो र पाँचौ शताब्दीपछि उत्तर र मध्य भारतमा जानिएको थियो । त्यसैले मध्य प्रदेशको चाकुठार जस्ता ठाउँहरूमा सीतासमक्ष भीक्षार्थी रावण र राम–लक्ष्मणको अगाडि शूपर्णखा क्षमा माग्दै गरेको जस्ता प्रसङ्ग मन्दिरहरूका भित्तामा कुँदिए र चित्रहरू लेखिए । तैपनि, त्यस बेलासम्म रामलाई एक देवताको रूपमा पूजा गरिन्नथ्यो, किनभने त्यसबेलाका कुनै पनि मन्दिरमा रामको मूर्ति भेट्टिएको थिएन ।
एक अर्को पुरातात्विक अध्ययनबाट यस भनाइलाई पुष्टि गर्न सकिन्छ । ताम्रपत्र र शिलालेखहरूमा राम उपपद भएको ठाउँहरू र व्यक्तिहरूको नाम सा¥है कम पाइन्छ । ठेट दक्षिणमा रामेश्वरम्, रामनाथपुर आदि नाम दशौँ शताब्दीभन्दा पहिले थिएन । यसरी नै रामको मूर्ति भएको मन्दिर पनि त्यस समत्न्दा पहिले प्राप्त भएन । यसमा आश्चर्य मान्नुपर्ने विषय केही छैन, किनभने रामायणको सबभन्दा पुरानो प्रति ई. संवत् १०२० को हो र त्यसबेलासम्म पुरानो सुरुको आद्य अथवा रामायणमा परिवर्तन हुँदै गयो । मेरो विचारमा सुन्दर र युद्धकाण्डका उँचो ढोका भएको गोपुरवाला दरबारहरू या भवनहरूको वर्णन सातौँ शताब्दीभन्दा पछिको हुनुपर्छ । किनभने, अहिलेसम्म हाम्रो अगाडि यो भन्दा प्राचीन उँचा ढोकाहरू (गोपरवाला) भएका मन्दिर छैनन् ।
रामले लङ्गाबाट फर्केको बेला रामेश्वरको नजिक शिवको पूजा गरे तथा मन्दिर बनाउन दिए भन्ने मान्यता नवौँ–दशौँ शताब्दीपछि मात्रै स्थापित भयो । सम्भावित संस्करणमा (आवृत्तिमा) यो सँग सम्बन्धित श्लोक निकालिएको छैन ।
‘रघुवंश’ रामायणमा राम लङ्गाबाट सिधै पुष्पक विमानबाट अयोध्या फर्केको वर्णन गरिएको छ ।
सङ्क्षेपमा, पुरातत्व र इत्तर–शास्त्रहरूको सहायताबाट रामायणको समीक्षात्मक दृष्टिबाट अध्ययन गर्दा निम्नलिखित तथ्य अगाडि आउँछन्–
१) रामायणमा उल्लिखित अयोध्या, कौशांवी, मिथिला आदि नगर कमसेकम ३००० वर्ष पुराना हुन् ।
२) त्यस बेला ती नगरहरूको नाम त्यस्तै नामबाट जानिएका थिए भन्ने कुनै प्रमाण छैन । सम्भव छ– ती नगरहरूका राजा उनकै राजवंशहरू हुन्, जो पुराणहरूमा दिएका होलान् । यस प्रश्नबारे निर्विवादरूपमा के भन्न सकिन्न भने जबसम्म ती ठाउँमा ठूलो आकारमा उत्खनन गरिन्न तबसम्म केही भन्न सकिन्न ।
३) राम कथाको मूल त्यसै समयको हुनुपर्छ ।
४) रावण कालो वर्णका थिए, दुई हात र एकै टाउको भएको मानिस थिए । उनले दुई हातले उठाएर सीताको अपहरण गरेका थिए, रथमा राखेर वा आकाशमा उडाएर लगेका होइनन् ।
५) रावण र उनका नातागोता गोँड जातिको हुनुपर्छ ।
६) लङ्गा विध्याञ्चल छोटा नागपुर, अमरकण्टक या जवलपुरको नजिक थियो र ती सारा प्रदेश अयोध्याका शासक इक्ष्वाकुहरूको अधीनमा थियो ।
७) राम, लक्ष्मण र रावणले युद्धमा विशेषतः धनुष–वाणको उपयोग गरेका थिए, तब बाँदरहरूले भने ढुङ्गा र सालको रुखका हाँगाबिँगाले लडेका थिए ।
८) रामायणमा जुन दण्डकारण्यको वर्णन छ, त्यो विन्ध्याञ्चल प्रदेशमा छ ।
९) मूल रामायणको सबै प्रसङ्ग अति प्राकृतिकरूपमा एक सङ्गठीत भौगोलिक वातावरणमा घटेको देखाइएको छ । त्यसमध्ये कुनै पनि व्यक्ति, स्थल या प्रसङ्ग अप्राकृतिक र काल्पनिक लाग्दैन ।
पहिले शिकारी भएका वाल्मिकीले रामायण कथालाई काव्यको रूप दिए । सम्भव छ– सबभन्दा पहिले यो एक काव्य थियो, त्यसैबाट रामायण आद्य–काव्यको रूपमा प्रसिद्ध भयो । जे होस् काव्य भएकै कारण भारतको विभिन्न भागका र विदेशमा गाइन र पढिन थालियो । पछि यसमा अरू जोडिँदै गए । सत्यको स्थान कल्पनाले लिन थाल्यो । बिस्तारै रामायणले एक ऐतिहासिक घटनाभन्दा काल्पनिक रूप लिँदै गयो । यस्तो कल्पनाहरूले भरिएको रामायणले भारत र विदेशका सबै स्तरका व्यक्तिहरू– कविहरू, कथाकारहरू, साधु–सन्तहरू, लेखक र कलाकारहरूको हृदयमा स्थान प्राप्त ग¥यो ।
श्री अरविन्दको भनाइअनुसार रामायण भारतको आत्मामा भित्रैसम्म गड्यो । वाल्मिकीले जो पत्नीब्रत, पति–प्रेम, भ्रातृवत्सलता र सेवाभाव – हाम्रो समक्ष प्रस्तुत गरे, तिनै आदर्श आज एक बत्तीको स्तम्भले जस्तै हाम्रो मार्गदर्शन गर्दैछ । यद्यपि, आजकल यी आर्दश व्यक्तिगत स्वतन्त्रताको नाममा लोप हुँदै छ ।
(अनु–जेठमल कादम्बिनी– वर्ष १५, अङ्ग ९, जुलाई– १९७५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *