भर्खरै :

राष्ट्रपति र प्रम बन्ने उम्मेदवारहरूसँग

नेपालका शासक दलहरू नेपाली काङ्ग्रेस, एमाले+एमाओवादी (नेकपा), राप्रपाहरू, मधेसवादी र जातिवादी दलहरू हुन् । देशको हित र नेपालीको सेवाको निम्ति आफ्नो बल र बुद्धिले भ्याएसम्म ठूलठूला काम गरेर देखाउने महत्वाकाङ्क्षा राख्नु नराम्रो होइन । तर, माथिल्ला पदमा गएर आ–आफ्ना नातागोताहरूलाई योग्य–अयोग्य नहेरी ठूलठूला जिम्मेवारी दिने, विदेशी पुँजीका एजेन्टहरूसँग हात मिलाउने, देश डुबाउने ठेकेदार र व्यापारीहरूको हितमा ऐन – कानुन बनाउने र भ्रष्ट कर्मचारीहरूको साथ लिई जनमतकै वास्ता नगरी शासन गर्ने मनसाय र उद्देश्य पूर्णरूपले निन्दनीय छ ।
हिजो र आजका हाम्रा राजा, राष्ट्रपति र प्रधानमन्त्री तथा भोलि ती पदहरूका आकाङ्क्षीहरू सम्झँदा विभिन्न देशका राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरूको सम्झना आउँछ । र, हाम्रा आकाङ्क्षीहरूसँग ती मित्र राष्ट्रहरूका नेताहरूबारे जानकारी छ, छैन वा होला कि नहोला भन्ने मनमा जिज्ञासा जाग्छ । पुँजीवादी अर्थात् साम्राज्यवादी र उपनिवेशवादी देशका विश्वविद्यालयका कूटनैतिक इतिहास एवम् ती देशका कूटनैतिक व्यक्तिहरूबाट लेखिएका पुस्तकहरूमात्र पढेर बुझी टोपल्ने परराष्ट्र मन्त्रालयमा काम गर्ने केही नयाँ र पुराना कर्मचारी एवम् राजदूतहरूकै कारण देश आज झन् – झन् अप्ठेरोमा पर्दै गएको त होइन भन्ने प्रश्नहरू उठ्नु स्वाभाविक हो ।
नेपाललाई बेलायती साम्राज्यवाद र भारतीय विस्तारवादले गोर्खा भर्ती केन्द्रको ‘सिक्री’ले बाँधेको थियो भने केही वर्षदेखि हाम्रो देशमा अमेरिकी साम्राज्यवादले गैरसरकारी वा व्यक्तिगत सेना राख्ने ऐन बनाएर नेपाली युवाहरूलाई इराक, अफगानिस्तान, लिबिया र सिरियामा समेत प्रयोग गर्दै आएको थियो । सन् २००२–०३ सम्म इराक र अफगानिस्तानमा मात्रै ५० हजार नेपालीले सैन्य काम गरेको दाबी गरिएको छ (काबुलमा नेपालीको ‘सस्तो मृत्यु’ – कान्तिपुर, १५ भदौ २०७७) । यसको अर्थ के अहिलेसम्ममा हाम्रा शासकहरू राणा, शाह, नेपाली काङ्ग्रेस, पञ्च, एमाले, एमाओवादी, मधेसवादी, जातिवादी आदि सबै शासक दल र व्यक्तिहरू विदेशमा पैसा लिएर अरूसँग लड्ने लडाकूहरू बेच्ने, दासहरू बेच्ने र विदेशी वेश्यालयहरूमा चेलीहरू बेच्ने गल्लावाल र दलालहरू हुन् भन्ने लाग्दैन ? त्यसैले संयुक्त राष्ट्र सङ्घको बैठकमा मोहियान नाममा संरा अमेरिकी राजदूतले ‘नेपाललाई मर्सिनरीज’ (भाडाका सिपाहीहरू) को देश भनेका थिए । नेपालको सदनमा यसबारे प्रश्न उठ्यो तर नेकाको सरकारबाट उत्तर आएन र संयुक्त राष्ट्र सङ्घमा नेपालले आपत्ति पनि जनाएन । दुर्भाग्य ¤¤¤
किन ? सत्य त्यही हो । अनेक देशहरू उपनिवेशबाट स्वतन्त्र भए, तिनले अनेक अपमान र षड्यन्त्रको विरोधमा सङ्घर्ष गर्दै रहे तर हाम्रा शासक र शासक दलहरू निर्लज्जतापूर्वक सबै अपमान र हेलाहोचो सहँदै छन् अनि सार्वभौमसत्ता सम्पन्न भनी झूटा कल्गी पनि भिर्दै छन् । तर, हामीले नयाँ पुस्तालाई मनको दुःख बताइरहेका छैनौँ, सच्चाइ बताइरहेका छैनौँ । परिस्थितिले हामीलाई बाँधेको छ तर मुक्ति पाउने कोसिस नगर्नु दासतामा रमाउनु हो । त्यस्ता मानसिकता बोकेका पुराना र नयाँ पुस्ताप्रति आगामी पुस्ताले इज्जत र गौरव अनुभव गर्ने छैनन् । पश्चिम अफ्रिकी देश घानाका राष्ट्रपति विदेशमा रहँदा उपनिवेशवादीहरूले सैनिक विद्रोह गराए । तर, उनले साम्राज्यवाद तथा उपनिवेशवादको विरोध गर्न छोडेनन् र तत्काल गिनीका राष्ट्रपति सेकुतुरेलोले उनलाई आफ्नो देशमा राष्ट्रपतिकै रूपमा स्वागत गरे ।

किम इल सङले कोरियालाई मुक्त गर्न जापानी उपनिवेशवाद र अमेरिकी साम्राज्यवादको आक्रमणविरोधी सङ्घर्षमा सारा कोरियाली जनतालाई एकगठ गरे तथा अन्तर्राष्ट्रिय जटिल कूटनैतिक सङ्घर्षसँग जुझ्दै प्रजग कोरियालाई आफ्नै खुट्टामा उभ्याएर र जनतालाई नै केन्द्र बनाई समाजवादको स्थापना गरे । कम्बोडियामा अमेरिकी पिछलग्गू दरबारियाहरूले सैनिक विद्रोह गरे । सिंहानोकलाई सत्ताच्यूत र ज्यान सजायको घोषणा गर्दा किम इल सङले उनलाई उत्तर कोरियाको सबभन्दा ठूलो दरबार कम्बोडियाको प्रधान कार्यालय वा प्रवास सरकार बनाउन स्वागत गरेका थिए ।

भियतनामका राष्ट्रपति हो चि मिन्हले छिमेकी देशहरूमा काम गरिरहेका भियतनामी जनतालाई समेत सङ्गठित गर्दै देशभित्रका राजनैतिक समूहलाई एक गरी तीन दशकसम्म फ्रान्सेली उपनिवेशवादविरुद्ध सशस्त्र सङ्घर्ष गरे, दुई दशकसम्म अमेरिकी आक्रमणको विरोधमा सङ्घर्ष गर्दै देशलाई मुक्त गरे । छिमेकी देश लावसका राजकुमारहरूलाई समेत उपनिवेशवाद र अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा एकगठ गराए । कम्बोडियाका राजालाई समेत फ्रान्सेली उपनिवेशवाद र अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा ‘हिन्द चिनी’ देशहरूको एकता गराए र सफलता प्राप्त गरे ।
देशको मुक्ति र समाजवादको स्थापना गर्न राष्ट्रपति हो चि मिन्ह ठूलो भवनमा नबसी दुई तले सानो घरमै बसे । दरबारमा पाहुनाहरूसँग मात्र भेट गर्थे । उनी इमानदारी र सरलताका प्रतीक बने ।
कम्बोडियाका राजा सिंहानोक जनतासँग हातेमालो गर्न आफ्नो गद्दी आफ्ना पितालाई सुम्पेर ‘समाजवादी समुदाय’ दल स्थापना गरी अमेरिकाविरुद्धको राजनैतिक सङ्घर्षमा लागे । अमेरिकी आक्रमणबाट आफ्नो देशलाई मुक्त गरे र पछि उनले आफ्नो गद्दीसमेत त्यागे ।
लावसका राजाले गद्दी त्यागे र छोरा सुभानाभोंग एक कम्युनिस्ट नेताको रूपमा राष्ट्रपति बने तर देशको स्वतन्त्रताको निम्ति जङ्गलमा बस्दै आदिवासी जनतासँग मिलेर उपनिवेशवादविरुद्ध गुरिल्ला युद्धमा होमिए ।
किम इल सङले कोरियालाई मुक्त गर्न जापानी उपनिवेशवाद र अमेरिकी साम्राज्यवादको आक्रमणविरोधी सङ्घर्षमा सारा कोरियाली जनतालाई एकगठ गरे तथा अन्तर्राष्ट्रिय जटिल कूटनैतिक सङ्घर्षसँग जुझ्दै प्रजग कोरियालाई आफ्नै खुट्टामा उभ्याएर र जनतालाई नै केन्द्र बनाई समाजवादको स्थापना गरे । कम्बोडियामा अमेरिकी पिछलग्गू दरबारियाहरूले सैनिक विद्रोह गरे । सिंहानोकलाई सत्ताच्यूत र ज्यान सजायको घोषणा गर्दा किम इल सङले उनलाई उत्तर कोरियाको सबभन्दा ठूलो दरबार कम्बोडियाको प्रधान कार्यालय वा प्रवास सरकार बनाउन स्वागत गरेका थिए ।
भियतनामको मुक्ति सङ्घर्षको बेला फ्रान्सले पहिलो पटक डियन केन फुमा कब्जा गर्दा भियतनाम, चीन र कोरियाको संयुक्त गुरिल्लाहरूले सुरुङ्ग युद्ध गरेर फ्रान्सलाई आत्म समर्पण गर्न बाध्य पारेका थिए ।
जनवादी गणतन्त्र चीनलाई संयुक्त राष्ट्र सङ्घमा सामेल हुन घच्घच्याउने इन्डोनेसियाका राष्ट्रपति सुकार्नाे थिए । यसकारण, भर्खर स्वतन्त्र र मुक्त भएका तटस्थ र असंलग्न देशहरूको बैठक इन्डोनेसियाको वाङ्गडुङ सहरमा आयोजना गरेर एसियाली र अफ्रिकी देशको एकतामा सहयोग पु¥याएका थिए ।
भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज रोगी भएर पनि आफ्नो देशको आर्थिक एवम् कूटनैतिक मुक्तिको निम्ति अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दागर्दै बिते । तर, भेनेजुयलाको नयाँ पुस्ता ल्याटिन अमेरिकी समाजवादको चिरागको रूपमा सङ्घर्ष गर्दै छन् ।
चिलीका राष्ट्रपति एयेन्डे अमेरिकी साम्राज्यवादका पिठठू सैनिक तानाशाह पिनोचेसँग सशस्त्र सङ्घर्ष गर्दै राष्ट्रपति भवनमा वीरतापूर्वक सहिद भए । चिलीका जनता आज पनि सङ्घर्षरत छन् ।
कङ्गोका पहिलो जननिर्वाचित प्रधानमन्त्री प्याट्रिस लुमुम्बा सीआईएको षड्यन्त्रअनुसार बेल्जिमेली उपनिवेशवादीहरूको सैनिक विद्रोहको विरुद्ध सङ्घर्ष गर्दै सहिद भए । वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पको सिरानीमा हिटलरको पुस्तक छ, उनी हरेक दिन त्यस पुस्तकको अध्ययन गर्छन् र झूट कुरा दोहो¥याएर जनतालाई विश्वास दिलाउने मन्त्र सिक्दै छन् ।
भारतीय प्रधानमन्त्री मोदी हिटलरका शिष्य ट्रम्पका अति घनिष्ठ मित्र हुन् र चीनलाई सङ्केत गरी ‘विस्तारवादी’ भन्दै भारतीय जनता र विदेशीसामु झूटलाई सत्य देखाउने असफल प्रयास गर्दै छन् ।
भारतले सशस्त्र सङ्घर्ष नगरी बेलायतबाट प्राप्त स्वतन्त्रतालाई भारत र पाकिस्तान बनाउँदा एसियामा बेलायती उपनिवेशले युद्धको बिउ छ¥यो । प्राकृतिक सीमा भएको एसियामा बेलायती उपनिवेशवादले कागतमा नापी नक्सा ‘म्याकमाहोन लाइन’ कोरी भारतलाई चीनसँग भिडायो, नेहरूलाई चीनसँग भिडायो, इन्दिरा गान्धीलाई बङ्गलादेश र पाकिस्तानसँग भिडायो, सिक्किम र श्रीलङ्काको योजना बनाउन दियो, मोदीलाई नेपाल र भुटानमाथि आँखा गाड्न दियो । यसकारण, अरूले दिएको स्वतन्त्रता व्यक्ति र देशलाई धेरै महँगो हुन्छ । नेपाली शासक दलका नेता, प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूलाई देश र जनताको सेवाभन्दा आफ्नो नातागोता, सम्धी र ज्वाइँहरूलाई पदमा ल्याउँदैमा फुर्सद छैन । माओत्सेतुङ्ग राष्ट्रपति हुँदा आफ्नो भतिजोले पठाएको पत्रको उत्तर २८ वर्षपछि छापियो – “तिमी जस्तै सबै युवाहरू पेकिङ आए गाउँ र देशमा कसले काम गर्छ ? त्यसैले सबै आ–आफ्नो ठाउँमा बसेर देश र जनताको सेवा गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *