सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
आधुनिकताको प्रतिस्पर्धा
एक पश्चिमा पर्यटक जब साङघाई, टोकियो वा क्वालालाम्पुरमा आफ्नो पहिलो पाइला टेक्छ, त्यहाँ गगनचुम्बी चम्किला भवन नियाल्छ, सडकमा गुडिरहेका गाडी हेर्छ, परिचित र पछिल्लो आधुनिक सामग्रीले भरिएका व्यापारिक मल डुल्छ, प्रायः उसको प्रतिक्रिया हुन्छः “कस्तो आधुनिक र” र अर्को स्वासमा सोच्छ, “यो त कस्तो पश्चिमा” । एक हदसम्म यो सही नै हुन्छ । अपरिचित विषयलाई परिचित विषयसँग तुलनात्मक अध्ययन गर्नु मानवीय स्वभाव हो । जब हामी आधुनिकता र प्रगतिका सूचकहरू देख्छौँ, उनीहरूको समाज वा संस्कृति पनि हाम्रै दिशामा अघि बढेको अनुभव गर्छौँ, हामीभन्दा केही कदम पछाडि नै देख्छौँ । पुस्तकको एउटा परिच्छेदमा यस्तै लेखिएको छ ।
आधुनिक विमानस्थलहरू संसारका जुनसुकै कुनामा पनि उस्तै निर्माण हुन्छन् । अन्तर्राष्ट्रिय होटलहरू पनि त्यस्तै स्थानीयपनको अनुभूति नहुने गरी अन्तर्राष्ट्रिय सूत्रका आधारमा डिजाइन गरिन्छ ।
पूर्वी एसियामा बस्ने, अधिकांश प्रवासी युरोपेलीहरू सिङ्गापुर वा हङ्गकङ्गमा बस्छन्, जुन सहर र प्रान्तहरूले प्रवासीहरूलाई आकर्षित गर्न आफ्नोपन (आफ्नो बाटो) त्यागिसकेका छन् । झन्डै डेढ सय वर्ष बेलायतले शासन गरेको हङ्गकङ्गमा औपनिवेशिक छाप बाँकी छ । सिङ्गापुरले भने एसियाको मुटुमा आफूलाई पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूका लागि एसियाली घरको रूपमा स्थापित गर्दै छ । केही विशिष्ट प्रवासीबाहेकले मेन्डरीन वा क्यान्टोनिज भाषा सिक्न कुनै रुचि नदेखाउनु आश्चर्यको विषय बनेन । उनीहरूले यसलाई आवश्यक नै सम्झेनन् । कुल परिणाममा भन्नुपर्दा अधिकांश प्रवासी (पर्यटकदेखि व्यवसायीसम्म) परिचित पश्चिमा शैलीको वातावरणमा आफ्नो अधिकांश समय व्यतित गर्छन् । यी मुलुकलाई पनि पश्चिमा विकृत ऐनामा नियाल्छन् ।
भवन, व्यापारिक मल, उपभोग्य वस्तु र मनोरञ्जनका साधनहरूजस्ता भौतिक
(हार्डवेयर) विकासका आधारमा आधुनिकतालाई बुझ्नै सकिँदैन भन्नु गलत हुनेछ । यसले विकासको गति (तह), प्राथमिकता र कहिलेकाहीँ सांस्कृतिक भिन्नतासमेत उजागर गर्छ । तथापि, एसियाली आधुनिकतालाई मापन गर्ने मानक भने सफ्टवेयर नै हो – सम्बन्धको तरिका, मूल्य र मान्यता, संस्था, भाषा, जात्रा–पर्वहरू, परिवारको भूमिका आदि ।
पूर्वी एसियाली आधुनिकताको उदय
बीसौँ शताब्दीको पहिलो खण्ड (आधा शताब्दीमा) मा पनि उन्नाइसौँ शताब्दीतिर आर्थिक उडान भरेका केही राष्ट्रहरूको समूहले नै औद्योगिक राष्ट्रहरूको क्लवमा वर्चस्व कायम ग¥यो । सन् १९५० को दशकको अन्त्यतिरबाट पूर्वी एसियामा उल्लेख्य परिवर्तन देखापर्न थाल्यो । दक्षिण कोरिया, थाइवान, सिङ्गापुर र हङ्गकङ्ग – एसियाली बाघ (Asian Tigers) को पहिलो समूहको तिव्र आर्थिक विकासले संसारको ध्यान केन्द्रित ग¥यो । थाइवान र दक्षिण कोरियाले यसपछिको तीन दशकसम्म दुई अङ्कको आर्थिक विकास दर हासिल गर्न सफल रह्यो । सन् १९७० को दशकको अन्त्यसम्ममा यस समूहमा मलेसिया, थाइल्यान्ड र इन्डोनेसिया समाहित भयो । पछिल्ला एसियाली बाघ विशेषगरी चीनले अघिल्ला सदस्यको भन्दा तीव्र आर्थिक विकास हासिल गरेर उत्कृष्ट उदाहरण प्रस्तुत ग¥यो । विश्वले यसअघि कहिल्यै नदेखेको आर्थिक विकास अनुभव ग¥यो ।
ढिलो आउनेहरूले उन्नत (अगाडि बढेका) मुलुकहरूको क्लव (समूह) मा प्रवेश पाउन असम्भव हुन्छ भन्ने सोचाइ समाप्त भयो । अरूका अनुभव, उपलब्ध प्रविधिहरूको प्रयोग, पूराना प्रविधिहरूमा छलाङ्ग, पछिल्ला जानकारीहरू (know-how) आदिको उपयोग गरी एसियाली बाघहरूले ढिला (उदाउने) सुरुवात गर्नेहरूले लिनसक्ने फाइदाहरूको बारे राम्रो प्रदर्शन गरे । एसियाली बाघहरूले नयाँ प्रकारको राजनैतिक शासनको जन्म दिए । जसको वैधता प्रजातान्त्रिक निर्वाचनबाट होइन निरन्तर आर्थिक विकास गर्नसक्ने क्षमताका आधारमा हुन्छ । आधुनिकताको प्रसङ्गमा पश्चिमा एकाधिकार तोडियो । अब पूर्वी एसियाली अनुभवका सन्दर्भमा (आधारमा) पनि आधुकितालाई जाँच्न सकिने भयो ।
सङ्क्रमणको तिव्रता
एसियाली बाघहरू (दक्षिण कोरिया, थाइवान, सिङ्गापुर, हङ्गकङ्ग, चीन, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र भियतनाम) लाई चिनाउने विशेषता नै परिवर्तनको तिव्रता बन्यो । सन् १९५० मा दक्षिण कोरियाको कुल जनसङ्ख्याको ७९ प्रतिशत कृषिमा आधारित थियो, सन् १९६० सम्ममा ६१ प्रतिशत र आज यो तथ्याङ्ग १० प्रतिशतभन्दा कम छ । सन् १९६० मा थाइवानमा यो तथ्याङ्ग ५० प्रतिशत रहेकोमा आज मुस्किलले ८ प्रतिशत छ । त्यसैगरी इन्डोनेसियामा १९६० मा ७५ प्रतिशतबाट आज ४४ प्रतिशत, थाइल्यान्डमा ८४ प्रतिशतबाट आज ४६ प्रतिशतमा र मेलेसिया ६३ प्रतिशतको तुलनामा आज १८ प्रतिशत जनता कृषि कर्ममा आबद्ध छन् । सन् १९५० मा चीनमा कुल जनसङ्ख्याको ८५ प्रतिशत कृषि पेशामा आबद्ध थिए । यो तथ्याङ्ग घटेर आज ५० प्रतिशतभन्दा कम भइसकेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याबाट सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याको तथ्याङ्गको तस्वीर पनि यस्तै छ । सन् १९७५ मा चीनको ग्रामीण क्षेत्रमा बसोबास गर्ने कुल जनसङ्ख्याको जम्मा १७ प्रतिशत रहेकोमा सन् २०१५ मा ५५.५ प्रतिशत (सन् २०१९ मा ६०.३१ प्रतिशत) पुगेको छ । युरोपको तुलनामा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसोबास गर्ने जनताको सङ्ख्यामा वृद्धि असाधारण छ । दक्षिण कोरियाको उदाहरण लिएर तुलना गर्दा, ४४ वर्षमा सहरी जनताको सङ्ख्यामा ६२ प्रतिशतले वृद्धि भयो, बेलायतमा ११० वर्षमा ५२ प्रतिशत, जर्मनीमा ६० वर्षमा ३४ प्रतिशत (१०० वर्षमा ३८ प्रतिशत), फ्रान्समा ६० वर्षमा १९ प्रतिशत (१२० वर्षमा ४५ प्रतिशत), र संरा अमेरिकामा ६० वर्षमा २८ प्रतिशत (१०० वर्षमा ४३ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।

आधुनिकताको उदयको समयमा कृषि कर्मबाट उद्योगमा काम गर्ने जनताका निम्ति गाउँबाट सहरमा बसाइ सर्ने जनताको सङ्ख्या निर्णायक हुन्छ । उन्नाइसौँ शताब्दी र बीसौँ शताब्दीका सुरुआती वर्षहरूमा पश्चिमा र जापानमा गरी थोरै स्थानमा मात्र ठूलो जन घटना (Mass phenomena) का सहयोगमा आधुनिकतातिरको यात्रा (shift) सीमित रह्यो । बीसौँ शताब्दीको सुरुवातबाट पूर्वी एसियामा पनि जन घनत्व तीव्ररूपमा बढ्न थाल्यो । युरोप र उत्तर अमेरिकाको तुलनामा पूर्वी एसियामा यसको तिव्रता धेरै थियो । पूर्वी एसियाली आधुनिकताको प्रकृतिलाई पश्चिमा सहयात्रीको तुलनामा भिन्न बनाउन यस तव्रगतिले प्रमुखतः दुई प्रभावहरू पु¥यायो ।
१. विगतसँगको निकटता
दक्षिण कोरिया र थाइवानमा अधिकांश हजुरबुबा÷आमा, ५० वर्ष कटेका अभिभावकको झन्डै आधा सङ्ख्या र ४० वर्ष कटेका उल्लेख्य जनताले कृषि कर्म गरेका छन् । चीनमा झन्डै आधा जनसङ्ख्या अहिले पनि खेतमा काम गर्छन्, जसको कारण चीनमा ग्रामीण छाप अत्यधिक छ । जनताको विचार र व्यवहारमा यसले उल्लेख्य प्रभाव पारेको हुन्छ । भन्डै दुई करोड जनसङ्ख्या भएको साङघाई महानगरमा दैनिक ३० लाख मानिस विभिन्न कामका निम्ति आवतजावत गर्छन् । यसमा फलफूल र तरकारी किनबेचका निम्ति आउने जाने किसानहरूको सङ्ख्या पनि उल्लेख्य छ । पूर्वी एसियाली क्षेत्रमा धेरै सहरहरू साङघाईजस्तै वर्तमान र विगतको अनुपम सङ्गम हो । उन्नाइसौँ शताब्दीको युरोपेली सहरहरूको तुलनामा पूर्वी एसियाली सहरहरूमा आधुनिकता र परम्पराको सङ्गम स्पष्ट देख्न सकिन्छ ।
विगतसँगको निकटता जनताको मनोवृत्ति (attitude) र आस्था– प्रणालीमा देख्न सकिन्छ । प्रत्येक महिनाको १ र १५ गते चिनियाँहरूले आफ्ना पितृको (पूर्खाको आत्मा) पूजा गर्न धूप बाल्ने दृश्य सामान्य हुन्छ । पश्चिमा समाजको तुलनामा चिनियाँ समाज कम धार्मिक छ तर अत्यन्तै अन्धविश्वासी छ भन्ने ठम्याइ लेखकको हो । हङ्गकङ्गमा फेङ सुई (feng shui) ज्ञको निर्णय (सुझाव) विना कुनै पनि भवन निर्माण हुँदैन । थाइवानको सिन्चु साइन्स पार्कको कम्प्युटर कम्पनीमा कार्यरत संरा अमेरिकी विश्वविद्यालयबाट विद्यावारिधी गरेका व्यक्तिले पनि आफ्नो टेबलमा फलफूलसँगै शुभ भाग्यका निम्ति धूप बाली आत्माको पूजा गर्छन् । अधिकांश पूर्वी एसियाली परम्परामा आधुनिकता पूर्वको सोचको निरन्तरता एक उल्लेखनीय विशेषता भएको तथ्य माथि उल्लिखित उदाहरणहरूले प्रस्ट्याउँछ ।
२. वर्तमानमा भविष्य
तीव्र परिवर्तनका कारण पूर्वी एसियाली मुलुकले भविष्यलाई अङ्गाल्ने सवालमा युरोप र संरा अमेरिकाभन्दा नितान्त भिन्न अनुभव र परिवर्तनको आशा ग¥यो । युरोप र संरा अमेरिकाको तुलनामा यी देशहरू अति आधुनिकता, परिवर्तनको लत, प्रविधिसँगको प्रेम, अत्यधिक लचकता र अनुकुलनका निम्ति धेरै क्षमता आदिले भिन्न बनाएको छ ।
विगतसँगको सामिप्यतासँगै भविष्यलाई अङ्गाल्ने र परिवर्तनका लागि शक्तिशाली अभिमुखीकरण एसियाली आधुनिकीकरणको अर्को पक्ष हो । औसत वार्षिक १० प्रतिशतको आर्थिक वृद्धि (झन्डै ७ वर्षमा दुई गुणा ठूलो अर्थतन्त्र) भएको एसियाली जनताको अनुभव र अपेक्षा वार्षिक २ प्रतिशतको वृद्धिदर रहेको युरोपेली जनताको भन्दा भिन्न हुनु स्वाभाविक छ । जीवनस्तरमा क्रान्ति, रोजगारीको ढाँचामा व्यापक फेरबदल, तीव्र सहरीकरण, सहरी रूपमा परिवर्तन र बजारमा उपभोग्य सामग्रीको यथेष्ट उपलब्धता आदिले परिवारजस्तो संस्थामा ल्याएको परिवर्तन र सामाजिक सम्बन्ध (fabric) मा तनावको स्थिति जन्माएको छ । बेलायतमा झन्डै दुई शताब्दी लगाएर भएका यस्ता परिवर्तन एसियाली टाइगरहरूले करिब चार दशकमा अनुभव ग¥यो । यो परिवर्तनको सामना गर्न व्यक्तिगत र समाजकै मानसिक र मनोविज्ञानको आवश्यकता पर्दछ । व्यवहारिकता र लचकताको उच्च विकास नभई यो तीव्र परिवर्तनको सामना गर्न असम्भव हुन जान्छ ।
पूर्वी एसियाली सहरहरूको विशिष्ट चरित्र र संरचनामा यो तीव्रगतिको परिवर्तन झल्किन्छ । ध्यानपूर्वक नियमन गरिएको भवनको उचाइ र विशेषता, उपयोगका आधारमा व्यवस्थित गरिएका क्षेत्रसहितका युरोपेली÷अमेरिकी सहरहरूको तुलनामा भिन्न उचाइ र आकारका जहीँतहीँ भेटिने भवनहरू एसियाली सहरको परिचय बनेको छ । शाङघाई, क्वालालाम्पुर, टोक्यो, सिउल आदि एसियाली सहरहरू कुनै विधि र सोचविना सहजै भएको विकासका नतिजा हुन् । जसोजसो चल्दै गयो, जनताले त्यस्तै बनाउँदै गए । परिवर्तन नै एकमात्र स्थायी देखिन्थ्यो । भत्काउनु र निर्माण गर्नु, संरक्षण (conservation) लाई कम महत्व दिनुले कोही पर्यटक आफ्नो दोस्रो पटकको एसियाली सहर भ्रमणमा पहिला घुमेका सहर चिन्नै नसक्ने गरी फेरिसकेको पाउँथ्यो ।
भविष्यलाई वा अति आधुनिकतालाई चरमरूपमा अङ्गाल्ने मुलुकको प्रतिनिधित्व जापानले गर्दछ । पुरानो वा सेकेन्ड ह्यान्ड गाडीको सामग्रीको लागि त्यहाँ कुनै स्थान छैन । नयाँपनको भोकको कुनै सीमा छैन । प्रत्येक वर्ष जापानी कार उत्पादक कम्पनीहरू थुप्रै नयाँ मोडलहरू बजारमा ल्याउँछन् । पश्चिमा मुलुकमा वर्षमा गर्मी र जाडो याम गरी दुई पटक फेसन परिवर्तन हुने अभ्यास छ तर जापानमा एकै वर्ष कैयौँ नयाँ डिजाइनहरू बजारमा ल्याउँछन् । सबै क्षेत्रमा सुधार एवम् नवीनता जापानको राष्ट्रिय सोख बनेको थियो ।
आधुनिकताको अबधारणा
एन्थोनी गीडेन्सले आफ्नो पुस्तक ‘आधुनिकताका परिणामहरू’ मा आधुनिकता र प्राचीन समाजका बारेमा लेखेका छन्, ‘न भूत न भविष्य असतत (discrete) घटना हुन्, यी त ‘निरन्तर वर्तमान’ बाट अलग्याएको मात्र हुन्छ, आधुनिक आवरणको (outlook) को उदाहरण जस्तै । पूर्वी एसियाको आधुनिकताको प्रसङ्गमा गीडेन्सले भनेको जस्तो विगत र भविष्य असतत छैनन्, यसविपरीत यहाँ वर्तमानमा विगत र भविष्य खप्टिएरसँगै बसेको छ । यो विरोधाभासको पनि चरम रूप चीन हो । संसारकै सबैभन्दा पुरानो सभ्यताको निरन्तरता र साङघाई र सेन्जेनजस्ता सबैभन्दा नयाँ (युवा) सहरहरूको मिश्रण बन्यो – चीन । वर्तमान, विगत र भविष्यको सामाजिक तथा आर्थिक वास्तविकता, मनोवृत्ति तथा चेतनाको अद्वितीय मिश्रण बन्यो– पूर्वी एसियाको आधुनिकता ।

बहुसङ्ख्यक जनसङ्ख्याका लागि पारिवारिक सम्बन्धको महत्व, विशेषगरी एकल परिवारमा, यथावत रहेको तर्क गिडेन्सले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । गिडेन्स थप्छन्, “पारिवारिक सम्बन्ध समयक्रममा गहनरूपमा व्यवस्थित सामाजिक सम्बन्धको बाहकको भूमिकामा अब रहेन भन्ने तर्क पश्चिममा सत्य भए पनि चीन वा थाइवानमा यसको महत्व आधुनिक विश्वमा पनि कम भएको छैन ।” आधुनिक चिनियाँ समाजमा पनि अन्धविश्वास र परम्परागत विश्वास बहुसङ्ख्यक चिनियाँ जनताको सोच र व्यवहारको अभिन्न अङ्गको रूपमा जीवित छ ।
विश्वका विभिन्न भाग र विविध संस्कृतिहरूमा आएको आधुनिकताले यसको विविधता बहुलताबारे पुनः विचार गर्न हामीलाई बाध्य बनाएको छ । युरोप वा उत्तर अमेरिकी अनुभवको आधारमा मात्र अब हामी आधुनिकताको अवधारणा निर्माण गर्नसक्दैनौँ ।
संस्कृतिको प्राथमिकता (प्रधानता)
हङ्गकङ्गका अन्तिम बेलायती गभर्नर क्रिस प्याटन (Chris Patten) ले आफ्नो पुस्तक ‘इष्ट एन्ड वेष्ट’ (East and West) मा लेखेका छन्, “पश्चिम र पूर्वका बीच तुलना गर्ने बेला म के निष्कर्षमा पुग्छु भने, यी दुईको भिन्नताको कारण सांस्कृतिक विमतिभन्दा समयको क्रमको भिन्नता (Lag) को भूमिका प्रधान छ ।” तर, युरोपेली मुलुकहरू जत्तिकै विकसित बनेका थाइवान र दक्षिण कोरियाजस्ता एसियाली टाइगरहरूको उदयपछि संस्कृतिको भूमिकाबारे अध्ययन गर्ने (जाँच गर्ने) व्यवहारिक आधार बनेको छ । जापानलाई यसको पुरानो उदाहरणका रूपमा लिन सकिन्छ । कुनै पश्चिमा मुलुकभन्दा आधुनिकतामा कम नरहेको जापान, सामाजिक सम्बन्धको प्रकृति, सङ्घसंस्थाको दिनचर्या, परिवारको विशेषता, राज्यको भूमिका र यसले शक्ति अभ्यास गर्ने तरिका आदिका आधारमा युरोप वा संरा अमेरिकी आधुनिकतासँग कुनै तुलना हुनसक्दैन । चीनको हकमा पनि यही भन्न सकिन्छ । चीनले आधुनिकताको पथमा गरेको अनुभव पश्चिमको तुलनामा पूरै भिन्न छ । विगत र वर्तमान बीचको सम्बन्ध विशिष्ट छ । चीन आफ्नो इतिहासप्रति गहिरोसँग सचेत र प्रभावित छ ।
झन्डै आफ्नो पूरै जीवन संरा अमेरिकाको सान फ्रान्सिस्कोमा बिताएका क्याथरिन जीन
(Katherine Gin – age mid twenties) एक वर्ष चीनमा काम गरी फर्कदा, आफ्नो अनुभव यसरी सुनाउँछन्, “संरा अमेरिकी र चिनियाँ बीचको सबैभन्दा ठूलो भिन्नता भनेको अमेरिकीहरू सधँै आफूलाई पुनः सिर्जना गर्ने कोसिसमा हुन्छन् र कुनै कार्य गर्ने पहिलो व्यक्ति हुनुलाई निकै महत्वका साथ लिन्छन् । एक राष्ट्रका रूपमा अमेरिका पनि सधैँ आफूलाई पुनः सिर्जना गर्ने कोसिसमा रहन्छ । चिनियाँहरू यो प्रश्न बिरलै गर्छन् र एक राष्ट्रका रूपमा उनीहरू कहाँबाट आएको भन्ने विषयलाई धेरै महत्व दिन्छन् । यद्यपि त्यहाँ तीव्र परिवर्तन हुँदै छन् तर उनीहरू आफूलाई को हो भन्ने प्रश्न गर्दैनन् वा आफूलाई अरूसँग निरन्तर तुलना गर्दैनन् ।”
निष्कर्षमा, यसको कारण चिनियाँहरूमा लामो, निरन्तर र समृद्ध इतिहासबाट निर्माण भएको आफ्नो पहिचानप्रति गहिरो भाव छ । यसको ठीकविपरीत तुलनात्मकरूपमा नयाँ तथा युवा राज्यका अमेरिकीहरू निरन्तर आफ्नो पहिचानको खोजीमा छन् ।
Leave a Reply