भर्खरै :

भारतको वर्तमान अर्थतन्त्रको संकट

 
सन् १९७९–८० मा भारतीय अर्थतन्त्र ५.३ प्रतिशतले ऋणात्मक थियो ।
मार्च पहिलो साता सार्वजनिक गरिएको तथ्याड्ढले भारतमा बेरोजगारी अवस्था गएको ४३ वर्षकै सबैभन्दा बढी देखाएको छ ।
भारतको केन्द्रीय तथ्याड्ढ कार्यालयका अनुसार चालु आर्थिक वर्ष (सन् १९२०–२१) को पहिलो त्रैमासिक अवधिमा भारतीय अर्थतन्त्र झन्डै एकचौथाइले खुम्चिएको छ ।
भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) २३.९ प्रतिशतले ऋणात्मक छ ।
पूर्व अनुमानअनुसार भारतीय अर्थतन्त्रमा देखिएको ¥हास सन् २०२४–२५ भित्र ५० खर्ब डलरको अर्थतन्त्र बन्ने आकाङ्क्षामा ठूलो चोट पुग्ने निश्चित छ । झन्डै ३० खर्ब डलरको भारतीय अर्थतन्त्र विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो ।
पहिलो त्रैमासिक अवधिमा होटल, रेष्टुराँलगायतको सेवा क्षेत्रमा सबभन्दा ¥हास आएको छ । उद्योगधन्दा र खनिजमा पनि अवस्था ऋणात्मक छ । उद्योग र सेवा उद्योगमा देखिएको भारतीय अर्थतन्त्रको यो ऋणात्मक स्थिति २७ प्रतिशतको बताइन्छ । (कान्तिपुर, १९ भदौ २०७७)
आर्थिक वर्षको तीन महिनामा निजी क्षेत्रबाट हुने खर्च र लगानी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले कमी आएको छ ।
खस्कँदो अर्थतन्त्रको कारण दस करोड मानिस गरिबीको रेखामुनि धकेलिएको छ । त्यसो त आधा भारतीय जनता अर्थात् ६५ करोड जनता गरिबीको रेखामुनि छँदै थिए ।
चीनसँग सीमा सङ्घर्ष सुरू गर्दा चीन रिसाएर आक्रमण गर्नेछ र पश्चिमी देशहरूले भारतलाई ठूलो सहयोग गर्नेछन् भन्ने अनुमान गर्नु पूर्णरूपले आधारहीन छ ।
भारतीय दक्षिणपन्थी युद्धकामी प्रचारयन्त्रको उत्तेजित गर्ने भाषा र व्याख्याले न भारतीय जनता उत्तेजित भए, न त चीनको शान्तिपूर्ण व्यवहार र वार्ताद्वारा समस्याको समाधान गर्ने नीतिमा परिवर्तन हुनेछ ।
विचारको भिन्नताको कारण हिजोको जनसङ्घ र मोदीको वर्तमान भाजपा सारमा साम्राज्यवाद र उपनिवेशवादविरोधी स्वतन्त्र भारत र संसारका सबै स्वतन्त्र र मुक्त देशहरूको तटस्थ र असंलग्नताको एकताको हिमायती नै हो । यहीँबाट भाजपा र सारा भारतीय राजनीतिको बेमेल सुरू हुन्छ ।
संरा अमेरिकी राष्ट्रपति ट्रम्प आफ्नो सिरानीमा हिटलरको पुस्तक राखी ‘झूटलाई सयबाट दोहो¥याएपछि सत्य हुन्छ’ भन्ने अत्यन्त दयालाग्दो मन्त्रयुद्धमा फसेका व्यक्ति हुन् ।
उनकै पदचिह्नमा भारतीय प्रम मोदी लागेका छन् । ट्रम्प केही पनि होइन भनी मुखमा मास्क नलगाउने, उनकै अनुकरण गर्ने ब्राजिलका फासीवादी राष्ट्रपति बोल्सोनारो र मोदीजी एउटै लाममा छन् जो आ–आफ्ना देश र जनताको अहितमा छन् । ट्रम्पको नकारात्मक सोचबाट जनता र बुद्धिजीवी सा¥है दुःखी छन् ।
नयाँ दिल्ली (एजेन्सी) को समाचारअनुसार भारतमा पछिल्लो २४ घण्टामा झन्डै ८४ हजार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा योसमेत सङ्क्रमित सङ्ख्या ३८ लाख ५३ हजार ४ सय ४ पुगेको छ ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १ हजार ४३ जनाको मृत्यु भयो । (कान्तिपुर, १९ भदौ २०७७)
मोदी सरकारको चीनविरोधी अन्धराष्ट्रवादको रहस्य
आ–आफ्नो देशमा मजदुर र कम्युनिस्ट आन्दोलन बढेमा पुुँजीवादी देशहरू एकले अर्को देशमाथि आक्रमण गरी जनताको ध्यान ‘विदेशी आक्रमणको विरोध’ मा आकर्षित गर्ने गर्छन् । मजदुर तथा कम्युनिस्ट आन्दोलनलाई दबाउन पुँजीपति वर्ग ‘देश जोगाउने’ नाममा सड्ढटकालको घोषणा गर्छन्, कम्युनिस्ट र मजदुर आन्दोलनको प्रजातान्त्रिक गतिविधिमाथि प्रतिबन्ध लगाउँछन्, मजदुर र कम्युनिस्ट नेताहरूलाई पक्राउ गर्छन् र कम्युनिस्ट र मजदुर स)गठनहरूमाथि प्रतिबन्ध लगाउँछन् ।
फ्रान्समा १८७० मा पेरिसका मजदुर वर्गले सत्ता कब्जा ग¥यो र संसारमा पहिलोपटक मजदुर वर्गको शासनसत्ता कायम ग¥यो । त्यसबेला एकातिर भर्सेलिजमा केन्द्रित पुँजीपति वर्गविरुद्ध पेरिसमा मजदुर वर्गको लडाइँ हुँदै थियो । त्यतिबेलै जर्मनीले फ्रान्समाथि आक्रमण गर्ने नाममा पेरिसमाथि दमन चक्र सुरू ग¥यो । वास्तवमा जर्मनीको त्यो आक्रमण फ्रान्सको पुँजीवादी शासक वर्गको विरोधमा नभई पेरिसको मजदुर वर्गको शासनमाथिको आक्रमण थियो ।
त्यस्तै बढ्दै गरेको सोभियत सङ्घको शक्तिमाथि आक्रमण गर्न हिटलरले ‘राष्ट्रिय समाजवाद’ को नारा दिए । तर, जर्मनीका मजदुर वर्गमा अन्तर्राष्ट्रवादी भावना थियो । हिटलरले सोभियत समाजवादको विरोध गर्ने र जर्मनको पवित्र आर्य रगत र ‘जर्मन राष्ट्रियता’ को रक्षाको नाममा रूसमाथि आक्रमण गर्न पहिले जर्मनीको मजदुर र कम्युनिस्ट आन्दोलनमाथि चरम दमन ग¥यो ।
सन् १९४७ को भारतीय स्वतन्त्रतापछि भारतीय कम्युनिस्ट आन्दोलन अगाडि बढ्यो र पहिलो महानिर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी संसद्को दोस्रो पार्टी बन्यो । किसान र मजदुर आन्दोलन बढ्दै गयो । त्यसैकारण भारतीय जनताको ध्यान अर्कोतिर मोड्न र भारतीय कम्युनिस्ट आन्दोलन दबाउन बेलायती उपनिवेशवादीहरूले एकतर्फीरूपमा भारत र चीनबीच सीमाको गैरकानुनीरूपमा ‘मैक मोहन’ भन्ने बेलायती सर्भियरले कोरेको नक्सालाई आधार मानी अमेरिकी साम्राज्यवादको सहयोगमा नेहरू सरकारले चीनमाथि हमला ग¥यो । त्यसबेलासम्म एसियाली देशहरूबीच नदी–नाला, पहाड र जंगल, पानी ढलोजस्ता प्राकृतिक सीमा मान्थे । बेलायतीहरूले प्राकृतिक सीमा नबनाई कागजमा हिन्दुस्तान र पाकिस्तानको नक्सा तयार गरेजस्तै भारत र चीनको नक्सा कोरेका थिए । त्यो बेलायती उपनिवेशवादी नक्साको आधारमा भारतले गरेको आक्रमणको पक्षमा भारतीय जनमत तयार गर्न आपतकाल लागू गरियो । हजारौँ हजार कम्युनिस्ट नेता र कार्यकर्ताहरू पक्राउ परे तथा भारतीय कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो ।
लडाइँपछि आ–आफूले कब्जा गरेको ‘नियन्त्रण रेखा’ (एलओसी) लाई कायमै गरी, प्रमाणहरूको आधारमा इतिहासले छोडेका विषयलाई मित्रवत वार्ताद्वारा टुङ्ग्याउने उद्देश्यले ५० वर्ष चुप थिए – दुवै पक्ष ।
तर, अमेरिकी साम्राज्यवाद र अन्य उपनिवेशवादीहरूबाट स्वतन्त्र भइसकेका देशहरूमाथि पुनः उपनिवेश कायम गर्न र असंलग्न राष्ट्रहरूको एकतामा भाँजो हाल्न अमेरिकी साम्राज्यवादले भारतको दक्षिणपन्थी शक्ति भारतीय जनता पार्टी (जन सङ्घ) लाई चीनमाथि हमला गर्न उक्साउँदै छ । मोदी सरकार अमेरिकी प्यादा (अमेरिकी सिपाही) हुँदै छ ।
भारतको खस्कँदो अर्थतन्त्र एवम् कोभिड–१९ को कारण भारतीय उद्योग–सेवाको बेथिति र किसान मजदुरहरूमा परेको कहरले मोदी सरकारको अकर्मण्यता र महिला, मुसलमान, दलित र अन्य जाति र धर्मविरोधी नीतिको विरोधबाट जनताको ध्यान मोड्दै र सबै विरोधीमाथि दमन चक्र चलाउँदै भारत–चीन सीमा सङ्घर्षलाई अघि सारिएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *