सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
चीन र भारतबीच रुसको राजधानी मस्कोमा दुई देशबीचको सीमा विवादबारे बैठक भएको छ । मस्कोमा आयोजित साङ्घाई सहकार्य स)गठन (एससीओ)को मन्त्रीस्तरीय बैठकको क्रममा दुई देशका रक्षामन्त्रीबीच बैठक भएको बताइएको छ ।
बैठकमा चीनका विदेशमन्त्री वेई फेङहे र उनका भारतीय समकक्षी राजनाथ सिंहलगायत सुरक्षा अधिकारीहरू उपस्थित थिए । गत जून १५ मा गलवन उपत्यकामा दुई देशका सीमा सुरक्षाकर्मीहरूबीच भएको द्वन्द्वयता भएको यो नै सबभन्दा पहिलो र उच्चस्तरीय बैठक हो ।
बैठकमा चीनका रक्षामन्त्री वेई फेङहेले भारतीय पक्षलाई दुई देशबीचको सीमामा शान्ति र स्थायित्वको रक्षा तथा द्वन्द्व कम गर्न संयुक्त पहलको लागि आग्रह गरे ।
पछिल्लो समय दुई देशबीच सन् १९६२ यताकै सबभन्दा ठूलो सीमा विवाद र द्वन्द्व भएको थियो । द्वन्द्वमा दुवै पक्षबाट केही सीमा सुरक्षाकर्मीहरू मारिनुका साथै घाइते भएका थिए । सीमामा तनावको लागि दुवै देशले आपसमा आरोप प्रत्यारोप भएको थियो ।
बैठकमा चिनियाँ रक्षामन्त्रीले दुवै देशका नेतृत्वबीच भएको सहमतिको पालना गर्नुपर्ने र केही समस्या भए संवाद र सल्लाहबाट समाधानको खोजी गर्नुपर्ने बताए । उनले भारतलाई आफ्नो सीमा सुरक्षा प्रशासन बलियो बनाउन र नियन्त्रणमा राख्न तथा कुनै पनि नकारात्मक र अतिरञ्जनापूर्ण सूचना प्रवाह नगर्न आग्रह गरे ।
बैठकमा आफ्नो सार्वभौमिकता र भूअखण्डता रक्षाको लागि सक्षम भएको चर्चा चीनले आफ्नो एक इन्च भूमि पनि नछोड्ने प्रस्ट पारे ।
उनले सीमा क्षेत्रमा शान्ति र स्थायित्व रक्षाको लागि तनाव कम गर्न दुवै पक्षबीच सहकार्य हुनुपर्ने बताए ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँग शान्तिपूर्ण सीमा सम्बन्धलाई जोड दिँदै दुवै पक्ष सैनिक र कूटनीतिक संवादको लागि खुला हुनुपर्ने बताए ।
उनले चिनियाँसमकक्षीलाई सीमा रक्षा बललाई सकेसम्म चाँडो पूर्णतः द्वन्द्वबाट पछि हटाउने र दुवै देश र सेनाबीचको सम्बन्धलाई चुस्त बनाउने बताए ।
अबजर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको अनलाइन कार्यक्रममा भारतका विदेशमन्त्री सुब्रामान्यम जयशड्ढरले मेलमिलाप नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।
“भारत–चीनबीचको चालु समस्याको समाधान कूटनीतिक माध्यमबाट निकालिनुपर्छ”, संवादमार्फत समाधान निकाल्ने आशामा उनले भने ।
Leave a Reply