समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
- भाद्र ३१, २०८३
गाजा सिटी, ३१ भदौ (एएफपी, अलजजिरा) । इजरायली आक्रमणका कारण गाजाको एउटा अपार्टमेन्ट भवन भत्किदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी बेपत्ता भएको जनाइएको छ ।
हमासअन्तर्गत उद्धार सेवाको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीका अनुसार भवन गाजा सहरको ताल अल–हवा क्षेत्रमा नजिकैको घर तथा शिविरमाथि रातारात खसेको थियो ।
एजेन्सीका प्रवक्ता महमुद बासलले इजरायली आक्रमणबाट भवनको संरचनात्मक क्षति भएको बताउनुभयो । अहिलेसम्म पाँच बालबालिकासहित कम्तीमा १२ जनाको शबको बरामद भइसकेको बासलले बताउनुभएको छ भने १०० जनाभन्दा बढी बेपत्ता रहेको पनि उल्लेख गर्नुभएको छ ।
सन् २०२४ र मार्च २०२५ मा भवनमा धेरै पटक प्रहार भएकाले गाजानलाई यस्ता क्षतिग्रस्त भवनहरूमा बस्न नहुने चेतावनी दिइएको भए तापनि उनीहरूसँग अरू विकल्प नभएकाले उनीहरू ढल्ने जोखिमको बाबजुद दरार भएका, क्षतिग्रस्त भवनमा बसिरहेको बासलले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली आक्रमणमा गाजाका अधिकांश भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन् ।
आधिकारिक तथ्याङ्कका अनुसार हमासको नेतृत्वमा सन् २०२३ अक्टोबर–७ मा भएको आक्रमणमा एक हजार २०० भन्दा बढी मानिस मारिएपछि इजरायलले गाजामा आक्रमण गरेको थियो । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा ७३ हजार ७०० भन्दा बढी मानिस मारिएका छन् ।
धेरै प्यालेस्टिनी घरबारविहीन भएका भने निर्माण सामग्रीको ठुलो अभावका कारण, धेरै गाजाका बासिन्दाले अस्थिर भवनहरूमा बस्ने जोखिम लिएका छन् ।
नागरिक सुरक्षा एजेन्सीले गाजापट्टीमा करिब दुई अजार भवन ढल्ने जोखिममा रहेको बताएको छ ।
हमासअन्तर्गतको गाजा सरकारको मिडिया कार्यालयले गाजाको पुनर्निर्माणमा ढिलाइ भएको औँल्याएको छ । सन् २०२५ अक्टोबरमा अमेरिकाले गरेको युद्धविरामको घोषणापछि इजरायलले गाजामा थप सहयोगको अनुमति दिएको छ । तर इजरायलले आक्रमण गरिरहेको छ र सैन्य प्रयोग गर्न सक्ने उपकरणहरूको दायरामा प्रवेश प्रतिबन्ध लगाएको छ ।
Leave a Reply