नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
-नीरज
यो पटक त नहोला भन्छु, अघिल्लो पटकभन्दा झन ज्याद्रै बढेको देख्छु । लोकतन्त्र आयो, जनता जागरुक भए, आफ्ना अधिकार र स्वाभिमानबारे जनता सचेत बने । यो पटक त नहोला भन्छु, अघि–अघि भन्दा यो पटक पनि ज्याद्रै भयो । चुनावमा पैसाको खेती गर्ने महारोगबाट यो चुनाव पनि ज्याद्रै संक्रमित भएछ ।
अविकसित देश धेरै थरी चक्रमा फसेको हुन्छ । गरिबीको चक्र, बेरोजगारीको चक्र, अपराधको चक्र, अशिक्षा र अचेतनाको चक्र, रोगको चक्र अनि त्यस्ता धेरै चक्रको जरोमा थपक्क बसेको हुन्छ– चुनावमा पैसाको चक्र ।
हामीलाई धेरै कुरा गर्न आउँछ–चिया पसल, चौतारा, कार्यालय कक्ष, औपचारिक र अनौपचारिक बैठक र राति राति भट्टीहरुमा पनि । त्यस्ता जमघटमा सबभन्दा बढी हिट हुने विषय हो–राजनीति । राजनीति भन्ने कुरा नहुने हो भने हामी हाम्रा भलाकुुुुसारीका अधिकांश समय कसरी कटाउँछौं होला ?
भोट पैसा, खाना, टी–सर्ट, धोती, टोपी, पेट्रोल, बियर वा यस्तै केही कुराका लागि बेच्नेहरुले राजनीतिमा आएका विकृतिप्रति कुनै टिप्पणी गर्ने अधिकार राख्दैन । किनभने राजनीतिमा आएका जति पनि विकृतिहरु छन्, तिनका सबै कारक तिनीहरु स्वंय हुन् । रोगका कारणहरुले रोगलाई धिकार्नु अनैतिक हो । त्यस्ता मानिसहरु कहीं राजनीतिको विषयमा कुराकानी भइरहे पनि, कोही भोट नबेच्ने मानिसले राजनीतिप्रति टिप्पणी गर्दा पनि नुन खाएको कुखुरा जस्तै चुपचाप बस्नु पर्दछ ।
जुनसुकै ठाउँमा भएको गलफती होस्, आउने निष्कर्ष भने प्रायः एउटै हो–…यो देशका नेताहरु नै खत्तम छन् । सरकारमा गयो, आफू मोज ग¥यो ।
तर यस्ता निष्कर्ष सुनेर कोही पत्रकार वा विश्लेषकले भोलि बिहानको अखबारमा सरकार चलाइरहेका पार्टीहरुले आगामी चुनावमा धुलो चाट्ने छन् भनी विश्लेषण लेखे त्यो शतप्रतिशत गलत हुने गर्दछ । समयान्तरमा आउने चुनावी परिणामले त्यस्ता विश्लेषणलाई बरु धुलो चटाइदिने गरेको हुन्छ । वर्षभरिका गफमा गाली गरेको पार्टीका नेता नै त्यो क्षेत्रबाट चुनाव सकेको केही पछि फुलमाला गल्लामा लगाएर आएका देखापर्छन् ।
चुनाव हुन ४८ घण्टाअघिको शुन्य समय चुनाव धाँधलीरहित बनाउन बनाइएको कानुनी प्रावधान हुनुपर्दछ । तर वास्तवमा त्यो समयको शुन्यता मैदानमा बग्ने वेगवान नदीको शान्त सतह जस्तो मात्र हो । भित्रभित्र कैची क–कसको काट्ने, सब तय त्यही शुन्य समयमा हुने गर्दछ । ब्रिफकेस बोकेर घर–घर चहार्ने काम पनि त्यही समय हुने गर्दछ । आश्वासनका पोकाहरु बाँडेर हुन्छ वा देवता छोएर वाचा गर्न लगाएर हुन्छ, भोट किनबेचको बजार लाग्ने समय त्यही शुन्य समय रहेछ । अनि अलि नमीठो शब्दमा भन्नुपर्दा केही मानिसहरु मानिस हुन केही समयलाई ‘पज’ गरेर भेंडा बाख्रा बन्ने समय हो यो । अनि उम्मेदवारले ल्याएको हरियो पैसामा पछि लागेर पैसामा बिक्ने मानिसहरुले पशुत्व ग्रहण गर्ने समय हो यो शुन्य समय । इमानलाई रक्सी र सित्तन अनि स्वत्वलाई चामलको बोरासँग साट्न दुरुपयोग हुने समय हो–शुन्य समय ।
‘सार्वभौमसत्ता जनतामा निहीत’ भन्ने वाक्यांश संविधानमा लेखाउन नेपालका धेरै सपुतहरुले जीवन सकाएनन् मात्र, कतिले त आफ्नो जीवन नै बलिदान दिए । त्यही सार्वभौमिकता अभ्यासको मूर्त रुप चुनाव हो र सार्वभौमिकताको मूर्त रुप मत र मताधिकार हो । तर त्यो उचाइँको अधिकार जब मानिसहरु किनबेच गर्छन् भने सार्वभौमिकता जनतामा निहीत कसरी हुनसक्छ ? सार्वभौमिकता पैसाको बिटामा निहीत भन्ने हो भने सही कुरा बोलेका हुनेछौं ।
चुनावमा भोट बेच्ने र किन्नेहरु वास्तवमा लोकतन्त्रका विरोधी हुन् । मत किन्ने र बेच्ने कामले लोकतन्त्र कहिल्यै बलियो हुन सक्दैन । तर नेपालको सन्दर्भमा मत किनबेचको यो कुप्रथा लामो समयदेखि न्यून हुनुको साटो अझ बढिरहनु सबभन्दा चिन्ताजनक कुरा हो । अझ यो देशमा लोकतन्त्रको हिमायती भन्न नथाक्ने पार्टीहरु नै मत किनबेचमा सबभन्दा अघि सर्नुले हाम्रो भविष्य कुन असुरको छायाँमा पर्ने हो, चिन्ताको विषय हो ।
लोकतन्त्रमा भोट बेच्नु भनेको छोरा–छोरी, आमा–बुवा र श्रीमती बेच्नु सरहको अपराध हो । त्यस्ता मानिसहरु ठाडो मुख लगाएर हिंड्नु पनि लाजको विषय हो । भोट बेचेका मानिसहरुले गोप्य रुपमा भोट बेचे जस्तो लाग्ला तर तिनका आँखाले गुमाएका चमकले तिनका कर्तुत ह्वारह्वार्ती बाहिर सडकमा पोखिएको हुन्छ ।
मत किनबेचबाटै चुनावको हारजीत हुने बन्दोबस्त चालु हुने हो भने भोलि राजनीति स्वंय किनबेच र नाफानोक्सानको व्यापार बन्दै जानेछ । राजनीतिमा हुनुपर्ने सादगी र विचारका कुराहरु नालीमा फालिनेछन् । राजनीतिले बोक्नु पर्ने नैतिकता र सेवाभावको ठाउँ नाफा र नोक्सानले लिनेछ । राजनीति पैसावालका लागि आफ्ना कर्तुतलाई वैधानिकता दिने औजार सिवाय केही हुनेछैन ।
त्यसकारण आज पैसामा भोट बेच्नेहरु भविष्यका लागि विषवृक्ष रोप्दै गरेका हुन् । आज आफ्नो भोट इमानको ख्याल नगरी बेच्नेहरुले भोलि सुमेरु पर्वत खसे पनि कसैलाई केही भन्ने अधिकार राख्दैन । उसको नैतिकताले त्यसो गर्न दिंदैन । भोट बेच्नेहरु वास्तवमा आफ्नो घरमा आगो लगाएर खरानीको व्यापार गर्नेहरु हुन् । लोकतन्त्रमा भोट बेच्ने मानिसले भोलि गएर आफ्नो पेट भर्नको लागि जे पनि बेच्न तयार हुनसक्छ किनभने इज्जत बेच्नेले जे पनि बेच्न सक्छ । उसलाई लाज भन्ने कुराले छेक्दैछ ।
पेट खाली छ अनि एक छाकको लागि भोट बेचे त ठीकै हो भन्नेहरु पनि छन् । त्यो गलत बुझाई हो । एउटा रुख ढालेर जंगल सफा भयो भन्ने भ्रमसँग यो तर्क मिल्न जान्छ । सही मानिसलाई भोट दिएर भोलि भोक निर्वारणको लागि दबाब दिनु सही बाटो हो । यो आदर्शका कुरा होइन, आदर्श समाज निर्माणका लागि नभई नहुने कुरा हो ।
वास्तवमा भोट बेच्नेहरु भोट हाल्ने दिनसम्म बलियो हुने गर्दछन् । तर जुन बखत भोट हालेर ऊ फर्कन्छ, संसारको सबभन्दा कमजोर मानिस त्यही हुने गर्दछ । किनभने उसले आफू हुनुको अस्तित्वबोध मतपेटिकामा खसालिसकेको हुन्छ । उसले प्रश्न गर्न पाउने अधिकार सबै मतपेटिकामा खसालिसकेको हुन्छ । उसले उपरान्त कुनै कुरामा गुनासो गर्ने कुरा उसको हैसियतले नदिएको कुरा हुने गर्दछ ।
भोट पैसा, खाना, टी–सर्ट, धोती, टोपी, पेट्रोल, बियर वा यस्तै केही कुराका लागि बेच्नेहरुले राजनीतिमा आएका विकृतिप्रति कुनै टिप्पणी गर्ने अधिकार राख्दैन । किनभने राजनीतिमा आएका जति पनि विकृतिहरु छन्, तिनका सबै कारक तिनीहरु स्वंय हुन् । रोगका कारणहरुले रोगलाई धिकार्नु अनैतिक हो । त्यस्ता मानिसहरु कहीं राजनीतिको विषयमा कुराकानी भइरहे पनि, कोही भोट नबेच्ने मानिसले राजनीतिप्रति टिप्पणी गर्दा पनि नुन खाएको कुखुरा जस्तै चुपचाप बस्नु पर्दछ । अनि आफूले गरेको अनैतिक कामको पश्चाताप गर्दै बस्नुपर्दछ । लोकतन्त्रमा भोट बेच्नु भनेको छोरा–छोरी, आमा–बुवा र श्रीमती बेच्नु सरहको अपराध हो । त्यस्ता मानिसहरु ठाडो मुख लगाएर हिंड्नु पनि लाजको विषय हो ।
भोट बेचेका मानिसहरुले गोप्य रुपमा भोट बेचे जस्तो लाग्ला तर तिनका आँखाले गुमाएका चमकले तिनका कर्तुत ह्वारह्वार्ती बाहिर सडकमा पोखिएको हुन्छ ।
मैले पनि दुर्भाग्यवश चिनेको छु, त्यस्ता केही भोट बेचुवा र किनुवाहरु । किन्नेहरु भोलि के–के पदमा पनि पुग्लान् । तर मलाई त त्यस्ता मानिसहरु बिहानै भेट्न पनि नपरोस् जस्तो लाग्छ–दिन खराब हुन्छ ।
Leave a Reply