इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
ब्राजिलमा चर्को भ्रष्टाचार र सामाजिक क्षेत्रमा सरकारी लगानी कटौती गर्ने नवउदार नीतिको विरोधमा राजधानी ब्रासिलियामा भइरहेको जनआन्दोलनमा उत्कर्षमा पुगेको छ ।
‘ब्रासिलिया कब्जा गर’ भन्ने नारा लगाउँदै शुरु भएको आन्दोलन नियन्त्रण गर्न दंगा प्रहरी विफल भए पछि त्यहाँको मिचेल तेमेर सरकारले सेना परिचालन गरेको छ ।
जनआन्दोलन दबाउन सेना परिचालन गर्ने सरकारी निर्णयको विपक्षले मात्र होइन, सत्तासीन दलकै नेताहरुले समेत सरकारको चर्को आलोचना गरेका छन् ।
आयोजकहरुले जनाएअनुसार जुलुसमा साढे एक लाख जनताको सहभागिता थियो । राष्ट्रपति तेमेरको राजीनामा र सन् २०१८ मा तय भएको राष्ट्रपति चुनाव अघि सार्न माग गर्दै भएको आन्दोलन नियन्त्रण गर्न दंगा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा, लाठ्ठी र रबरको गोली समेत प्रयोग गर्नुपरेको थियो । सेनालाई प्रहरीको अधिकारसमेत दिएर परिचालन गरेपश्चात घाइतको संख्या एकाएक बढेको स्रोतले बताएको छ । प्राप्त खबरअनुसार प्रदर्शनमा लगभग ५० जना मानिस नराम्ररी घाइते भएका छन् । सेनालाई सरकारले आन्दोलनकारीलाई गिरफ्तार गर्ने अधिकार समेत दिएको छ ।
जनआन्दोलन दबाउन सेना परिचालन गर्ने सरकारी निर्णयको विपक्षले मात्र होइन, सत्तासीन दलकै नेताहरुले समेत सरकारको चर्को आलोचना गरेका छन् ।
सेना परिचालनको निर्णयले भ्रष्टाचार र सामाजिक क्षेत्रमा लगानी कटौतीका कारण बद्नाम बनेको सरकारको छविमा थप आँच पु¥याएको ब्राजिलका बुद्धिजीवीहरुको भनाई छ । अघिल्लो वर्ष वामपन्थी राष्ट्रपति डिल्मा रुसेफ महाभियोगबाट पदच्युत भएसँगै तेमेर नेतृत्वको सरकार गठन भएको हो । तर पछिल्लो समय तेमेर स्वंय घुसखोरीमा फसेको श्रव्य रेकर्ड सार्वजनिक भए लगत्तै तेमेरको विरोधमा जनता उत्रेका हुन् ।
राष्ट्रपतिले सो श्रव्य रेकर्डबारे अनुसन्धान गर्न अनकनाउनुका कारण जनताको आक्रोश बढेको हो ।
तेमेर सरकारले शिक्षा, स्वास्थ्य, निवृत्तिभरण र श्रम क्षेत्रमा नवउदार नीति अबलम्बन गरेसँगै ब्राजिलका जनताको जीवन कठिन बनेको स्रोतको भनाई छ ।
Leave a Reply