भर्खरै :

कोराना महामारी र विश्व पर्यटन दिवस

प्राकृतिकरूपमा सुन्दर देश नेपाल विश्वसामु परिचित छ । नेपाल विभिन्न जाति, भाषा र संस्कृतिको थलो हो । फरक–फरक संस्कृतिका कारण नेपालको अलगै पहिचान छ । नेपालमा पर्यटन व्यवसाय फस्टाएको थियो । धेरै जनाले नेपालका विभिन्न ठाउँहरू घुम्ने योजना बनाएका थिए । तर, कोरोना महामारीले सबै जना घरभित्रै बस्न बाध्य छन् । होटल व्यवसाय बन्द भएकोले मजदुर कामविहीन भए । होटल, होमस्टेका कोठाहरू पाहुनाको प्रतिक्षामा छन् । हवाईसेवा बन्द हुनाले ठूला विमानहरूसमेत ग्राउन्डेड छन् । कोभिड–१९ को महामारीको कारण सर्वाधिक असर गरेको क्षेत्रमध्ये पर्यटन एक हो ।
पर्यटन विश्वकै ठूलो व्यवसाय हो । यो वर्ष कोरोना महामारीले पर्यटन उद्योग नराम्रोसँग थलिएको छ । चैत ११ गतेदेखिको लकडाउन अहिले केही खुकुलो भएसँगै पर्यटन क्षेत्र पनि बिस्तारै चलमलाउन थालेको छ । आजको यो विश्व पर्यटन दिवसमा केही उत्साह थपिने आशा गरौँ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७९ देखि आजकै दिन विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइँदै आएको छ । सबैका लागि ‘पर्यटन ः पहँुचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । सहज पर्यटन संसारका सबै मानिसको पहुँचमा हुनुपर्दछ । हामी जन्मेको पृथ्वीको सौन्दर्य र मनमोहकताको अवलोकन गर्ने वातावरण आवश्यक छ । पर्यटनले मानिसलाई आर्थिकरूपमा सबलमात्र पार्दैन । यसले विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक महत्व पनि बोकेको छ । यसबाट हाम्रो भाषा र संस्कृतिलाई युगौँसम्म जीवित पार्न सहयोग गर्छ । गाउँघरतिरका चालचलन र रीतिथितिलाई पुनर्जीवन दिने कार्य पनि पर्यटन उद्योगले गर्दै आएको छ ।
रोदी गुरुङ समुदायको सामाजिक सङ्गठन हो । आधुनिक प्रविधि, रेडियो, टेलिभिजन, इन्टरनेटको सुविधा नहुँदा मानिस रमाइलो गर्नको लागि खाना खाएपछि बेलुका गाउँको बीचमा पर्ने घरमा जम्मा हुन्थे र युवायुवती नाचगान र रमाइलो गर्ने गर्थे । बुढापाका राडीपाखी बुन्ने आफ्नो अनुभव एक अर्कामा साटासाट गर्ने गर्दथे । त्यस्तैमा खेतीपाती लगाउने तौरतरिका, बीउबिजनको छनोट, आर्थिक लेनदेन एँेचोपैँचो इत्यादिका बारेमा छलफल गर्ने गर्थे । युवायुवती पनि रोदीमा भेला हुँदा आफूलाई मनपर्ने जीवनसाथीको छनोट गर्ने गर्थे । तर, आजकल आधुनिक प्रविधिको झिलिमिलीमा सबै मानिस रमेका देखिन्छन् । अब त ती गुरुङ गाउँमा जहाँ–जहाँ होमस्टेहरू सञ्चालन गरिएका थिए, त्यस्ता ठाउँमा पर्यटकलाई मनोरञ्जन प्रदान गर्नमात्र रोदी बस्ने गर्न थालिएको छ । यसरी लोपोन्मुख हाम्रो अमूल्य संस्कृति जगेर्ना गर्ने कार्य पनि पर्यटन उद्योगले गर्दै आएको छ । तर, कोरोनाको कहरले पर्यटन व्यवसाय बिरामी बन्न पुगेको छ ।
नेपाल पर्यटकीय गन्तव्य स्थल पनि हो । नेपाल विभिन्न हिमश्रृङ्खला, मनोरम हिमाली, जैविक अनि सांस्कृतिक विविधता रहेको मुलुक हो । हरेक वर्ष नेपालको हिमाल आरोहण गर्न तथा यहाँको प्राकृतिक सुन्दरतामा रम्न धेरै मानिस आउने गर्दछन् । यतिमात्र नभई जङ्गल सफारी, बन्जी जम्पीङ, ¥यााफ्टिङ इत्यादिको लागि पनि नेपाल विश्वमै चर्चित छ । पछिल्लो एक अध्ययनले विश्वमै सस्तोमा घुम्न सकिने १० मुलुकमध्ये नेपाल पनि परेको छ । यो पर्यटन व्यवसायीको लागि सुनौलो अवसर पनि हो । हिमालदेखि पहाड र तराईसम्मका भूभाग अत्यन्तै सुन्दर र मनमोहक छ । यति हुँदाहँुदै पनि बेलाबेलामा आइरहने भूकम्प, बाढी पहिरो, आगलागीजस्ता विपत्तिले मानव जीवनलाई अस्तव्यस्त पार्ने गरेको छ ।
कोरोना महामारीले विश्व नै आक्रान्त छ । यसैमा हरेक क्षेत्र समस्याग्रस्त छ । काम गरी खाने जनता भोकभोकै बस्न बाध्य छन् । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने तयारी गर्दा गर्दा कोरोना महामारीले प्रभावित हुन पुगेको छ । लकडाउन खुकुलो भएसँगै पर्यटन व्यवसायीहरूले आफ्नो व्यवसाय अगाडि बढाउँदै छन् । अतिथि देवः भवःको मूलमन्त्रलाई आत्मसात गर्दै आफूले सक्दो सेवा दिन व्यवसायीहरू तल्लीन रहेका देखिन्छन् । गएको वर्ष लाखौँको सङ्ख्यामा पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीको अन्त्यसँगै सरकारले विशेष किसिमको नीति नियम ल्याई यो क्षेत्रको विकास गर्न जरुरी छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *