भर्खरै :

डोनाल्ड ट्रम्प – एक नकारात्मक राष्ट्रपति

आउने नोभेम्बर अर्थात् कार्तिक १८ गते संरा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदै छ । महाशक्ति अमेरिकाको राष्ट्रपति, त्यस देशको राजनीति, आर्थिकलगायत विश्व राजनीति र विश्व शान्तिकै सन्दर्भमा धेरैको चासोको विषय हुने गर्छ । यसै परिवेशमा एउटा पुस्तक प्रकाशित भएको छ – डोनाल्ड ट्रम्प, एक नकारात्मक राष्ट्रपति ¤
साम्राज्यवादका नाइके एवम् विश्व आतङ्कवादका अगुवा संरा अमेरिकामा ‘सर्वे भवन्तु सुखी न’ भनेजस्तै असल राष्ट्रपतिको आशा र कल्पना गर्नु आजको मितिमा अर्को ट्रम्प बन्नु हुनेछ । यद्यपि, खराबमध्ये असल विवेक भएका राष्ट्रपति आऊन् भन्ने अपेक्षा गर्नु अमेरिकी जनताको मात्र होइन यो विश्वकै लागि पनि आवश्यक छ । यस्तो आशा, अपेक्षा र आवश्यकता किन भन्ने प्रश्नको जवाफ सेवा निवृत्त शिक्षक समाज, भक्तपुरको उक्त पुस्तकमा पाइन्छ ।
गातासहित ५२ पृष्ठको क्रिश्चिनाको यस पुस्तकमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता उनको व्यवहार, स्वभाव, नीति, विचार, भनाइ र त्यसबारे विभिन्न नेता, पत्रकार, बुद्धिजीवी, कलाकारले गरेका टिप्पणी र प्रतिक्रियाहरूको प्रमाण सङ्कलन गरिएको छ । बितेका वर्षका पत्रपत्रिकामा ती कुरा प्रायले पढेका होलान्, सुनेका होलान् तर, एकमुष्ठ अध्ययन गर्दा ट्रम्प कस्तो व्यक्तित्वको राष्ट्रपति हुन् भन्ने बुझ्न सरल र सहजमात्र होइन पठनीय र सङ्ग्रहनीय पनि बनेको छ । यसर्थ, चार वर्षका सङ्क्षिप्त विवरण सङ्कलन गर्ने क्रिश्चिनाको मिहिनेत र धैर्य प्रशंसनीय छ ।

क्रिश्चिनाले अराजनीतिक, विवादास्पद, छाडा ट्रम्पजस्ता नेता, प्रधानमन्त्री, राष्ट्रपति नेपाल र नेपालीले गल्तीले पनि व्यहोर्न नपरोस् भन्ने आशा गरेकी छन् । तर, विडम्बना पुस्तक पढिरहँदा हाम्रा कतिपय सांसद र मन्त्रीहरू ठेकेदार, भ्रष्टाचारी, तस्कर, घर–जग्गा दलाल, म्यान पावर कम्पनीका मालिकको अनुहार धेरैको आँखा अगाडि आउनेछ । त्यसैले अभिभावक साथीहरूलाई राजनीतिलाई घृणा नगर्न, देश र जनताको सेवाको निम्ति योग्य छोरा–छोरी र नाति र नातिनीहरूलाई राजनीतिमा सक्रिय बनाउन लेखिकाले आग्रह गरेकी छन् ।

अमेरिकी साम्राज्यवादविरूद्ध निरन्तर सङ्घर्ष गरिरहेको प्रजग कोरिया र क्युवालक्षित ट्रम्पका नीति र व्यवहार विश्व शान्ति र भाइचारा प्रतिकूल छ । त्यस्तै विश्व वातावरण मध्यपूर्व र इरानप्रतिको उनका नीति र घोषणा अर्को घातक देखिएको छ । अमेरिकाकै विपक्षी अश्वेत जातिका सांसद र महिलाहरूप्रतिको उनको सोच एवम् चिन्तन एक राष्ट्रपतिको लागि पटक्कै सुहाउने खालका छैनन् । त्यसैले ‘पागल’, ‘फटाहा’, ‘अक्षम’, ‘दुष्ट’, ‘कुकुर’, ‘मूर्ख’ आदि बनेका छन् । सालाखाला दिनको ६ पटक झूटो बोल्ने ट्रम्पले पदासीन भएको दुई वर्षमा आठ हजारभन्दा बढी झूट बोलेका थिए । आजका मितिसम्ममा कति लाख झूट बोले होलान् ? ट्रम्पकै दिदीले ट्रम्पलाई सिद्धान्त नभएको र विश्वास गर्न नसकिने बताएको यहाँ स्मरणीय छ ।
कोरोना महामारीमा अमेरिका नम्बर १ बनेको बन्यै छ, जर्ज फ्लोयडको निर्मम हत्यापछि रङ र जातिभेदविरुद्ध अमेरिकाका ५० वटै राज्य र विश्वभरको प्रदर्शन र सङ्घर्षजस्ता घटनामा ट्रम्प हदैको गैरजिम्मेवार साबित भएका छन् । यद्यपि, आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीले ट्रम्पलाई नै उम्मेदवार बनाएको छ । तर, ट्रम्पले अमेरिकाकै कानुन उल्लङ्घन गरेकाले १० वर्ष जेल जाने सम्भावना रहेको पत्रकारहरूले औँल्याएका छन् । त्यसैले ट्रम्प पुनः चुनाव जित्न खोज्दै छन् ।
ट्रम्प धनी छन्, कर छलेर अझ धनी बन्न खोज्ने व्यापारी ट्रम्पलाई राष्ट्रपति उम्मेदवार बनाउनुको पछाडि ‘तेस्रो विश्वको देश’मा खस्किएको अमेरिकालाई उकास्न र ‘चिनियाँहरूबाट रोजगारी फिर्ता ल्याउने’ आशा देखिन्छ । तर, अमेरिका आर्थिक सङ्कटमा भासिँदै गएको छ, विश्वबाट एक्लिँदै गएको यथार्थ छ ।
क्रिश्चिनाले अराजनीतिक, विवादास्पद, छाडा ट्रम्पजस्ता नेता, प्रधानमन्त्री, राष्ट्रपति नेपाल र नेपालीले गल्तीले पनि व्यहोर्न नपरोस् भन्ने आशा गरेकी छन् । तर, विडम्बना पुस्तक पढिरहँदा हाम्रा कतिपय सांसद र मन्त्रीहरू ठेकेदार, भ्रष्टाचारी, तस्कर, घर–जग्गा दलाल, म्यान पावर कम्पनीका मालिकको अनुहार धेरैको आँखा अगाडि आउनेछ । त्यसैले अभिभावक साथीहरूलाई राजनीतिलाई घृणा नगर्न, देश र जनताको सेवाको निम्ति योग्य छोरा–छोरी र नाति र नातिनीहरूलाई राजनीतिमा सक्रिय बनाउन लेखिकाले आग्रह गरेकी छन् । यो नै पुस्तकको उद्देश्य देखिन्छ । धन्यवाद !
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *