भर्खरै :

शिक्षाको अझ बढी विकास गर्नु हाम्रो क्रान्तिको महत्वपूर्ण आवश्यकता हो

शिक्षा भन्नु राष्ट्रको उन्नति र भविष्य निर्भर हुने मूलभूत जगहरूमध्येको एउटा जग हो । शिक्षा नभइकन कुनै पनि मुलुक, कुनै पनि राष्ट्रले सामाजिक प्रगति र उन्नति प्राप्त गर्नसक्दैन र शिक्षाविना यसको सम्मान र यसको उज्ज्वल भविष्य सोच्न पनि सकिन्न ।
शिक्षाको विकास गर्नु मानिसहरूलाई अझ शक्तिशाली प्राणी बन्ने गरी तालिम दिनको लागि र समाजको विकासको गति छिटो पार्नको लागि एक अत्यन्त जरूरी आवश्यकता हो ।
समाजवादी शिक्षा सारभूतरूपले मानिसलाई शक्तिशाली प्राणीमा परिणत गर्ने कार्य हो । मानिसको सामाजिक स्थिति र भूमिका उसको स्वाधीनताको चेतना र उसको सिर्जनात्मक योग्यताले निर्धारण गर्दछ । यी गुणहरू भएका मानिसमात्र शक्तिशाली प्राणी बन्न सक्दछ र त्यस्तो मानिसले मात्रै समाजको मालिकको रूपमा आफ्नो उत्तरदायित्व र भूमिका पूरा गर्नसक्दछ । मानिसको सामाजिक स्थिति र भूमिका निर्धारित गर्ने स्वाधीनताको चेतना र सिर्जनात्मक योग्यता नै शिक्षाको माध्यमबाट पूर्णरूपले हुर्काइन्छ ।
हुन त मानिसले प्रकृति र समाजलाई बदल्ने आफ्नो व्यावहारिक क्रियाकलापको क्रममा धेरै कुरा सिक्दछ । तर, मानिसले आफ्नै अनुभवबाट मात्र सिकेको कुराबाट युगौँ युगको क्रममा मानव जातिले विकास गरेका विचार र संस्कृतिलाई ग्रहण गर्न पुग्दैन । खासगरी केटाकेटीहरूले व्यवस्थित शिक्षा लिएनन् भने काम गर्नसक्ने उमेर पुगिसकेपछि पनि तिनीहरूले समाजमा आफ्नो भूमिका ठीकसित पूरा गर्नसक्दैनन् । व्यवस्थित शिक्षाले मानिसलाई मानव जातिले पाएका विचार र संस्कृतिलाई पचाएर ग्रहण गर्न, प्रकृति र समाजको ठीक–ठीक ज्ञान प्राप्त गर्न, विज्ञान र प्रविधि–ज्ञान सिकेर प्रकृति र समाजलाई बदल्न र समाजको मालिकको हैसियतले आफ्नो उत्तरदायित्व र भूमिका पूरा गर्नसक्ने गुण तथा व्यक्तित्व विकास गर्न समर्थ पार्दछ । त्यसकारण हामीले मानिसलाई शक्तिशाली सामाजिक प्राणी बन्ने गरी तालिम दिएर उनीहरूले समाजका मालिकको हैसियतले आफ्नो उत्तरदायित्व र भूमिका पूरा गर्ने कुरा निश्चित पार्ने हो भने हामीले स्थिररूपले शिक्षाको विकास गर्नुपर्दछ ।
शिक्षाको द्रुत गतिको विकास समाजको द्रुत प्रगतिको लागि पनि अनिवार्य छ ।
सामाजिक प्रगतिको आधारभूत क्षेत्रमा प्रकृति, समाज र मानिसलाई बदल्ने क्रियाकलापहरू समावेश हुन्छन् । समाजको विकास भन्नुको अर्थ नै प्रकृतिलाई बदल्ने कामको विकासद्वारा भौतिक सम्पत्तिको उत्पादनमा वृद्धि ल्याउनु, समाजलाई बदल्ने कामको विकासद्वारा मानिसलाई विचारधारात्मक र सांस्कृतिक निधिको उच्च स्तर भएको शक्तिशाली सामाजिक प्राणीको रूपमा विकास गर्नु हो । रूपान्तरका यी तीन प्रमुख पक्षहरू अर्थात् प्रकृति, समाज र मानिसको रूपान्तरमध्ये मानिसको रूपान्तर वा बदल्ने काम सबभन्दा प्रमुख हो । हामीले समाजको प्रगतिको गति छिटो पार्ने हो भने हामीले यी तीनै वटाको रूपान्तर छिटछिटो गर्न आवश्यक भए तापनि हामीले खासगरी मानिसलाई बदल्ने कामलाई स्पष्ट प्राथमिकता दिनुपर्दछ । यसको कारण मानिसले प्रकृति र समाजलाई बदल्ने हुनाले हो र सामाजिक प्रगतिको तहको निर्धारण, अन्तिम विश्लेषणमा मानिसको विचारधारात्मक चेतनाले र मानिसका सांस्कृतिक तथा प्रविधि–ज्ञानको स्तरले निर्धारण गर्ने हुनाले हो । मानिसलाई बदल्ने काममा हाम्रो मुख्य ध्यान नदिइकन प्रकृति र समाजलाई बदल्ने काम अगाडि बढाउन सम्भव हुँदैन र क्रान्ति र निर्माणलाई छिटो पार्न पनि सम्भव हुँदैन । शिक्षा दिनु भनेको समाजको प्रगतिको मुख्य कारण–तत्व मानिसलाई बदल्ने क्रियाकलाप नै भएकोले शिक्षा क्रान्ति र निर्माणमा सघँै नै पहिलो र सबभन्दा प्रमुख स्थान दिनैपर्ने र कडा प्रयत्न गरी छिटोछिटो विकसित पार्नुपर्ने महत्वपूर्ण क्रान्तिकारी कार्य हो ।
शिक्षाको विकास गर्नु जुछेको क्रान्तिकारी हेतुमा सफलता पाउनको लागि अत्यन्त जरुरी आवश्यकता हो ।
केटाकेटीहरूलाई शिक्षा दिनु जुछेको क्रान्तिकारी हेतुलाई अगाडि बढाउनको लागि जरुरी छ ।
नेताले सुरु गर्नुभएको श्रमिक वर्गको क्रान्तिकारी हेतु एक पुस्ता होइन पुस्तौँ पुस्ताको क्रममा पूरा हुने ऐतिहासिक हेतु हो । सम्मानित नेता कामरेड किम इल सङले हाम्रो क्रान्ति सुरु गर्नुभएदेखि हाम्रो आधा शताब्दीको इतिहास छ तर हामीले जुछेको क्रान्तिकारी हेतु पूरा गरिसकेका छैनौँ, हामीले विभाजित मुलुकलाई एकीकरण गर्नसकेका छैनौँ र क्रान्तिको राष्ट्रव्यापी विजय पनि पाउन सकेका छैनौँ । एकीकरण प्राप्त गर्ने यो भूमिमा समाजवाद र साम्यवाद निर्माण गर्ने र सम्पूर्ण समाजलाई जुछे विचारधाराको ढाँचामा बदल्ने ऐतिहासिक हेतु पूरा गर्नको लागि हामीले भविष्यमा लामो समयसम्म क्रान्तिलाई चलाइराख्नु पर्दछ ।
नयाँ पुस्ताका मानिसहरू नै जुछेको क्रान्तिकारी हेतुलाई अगाडि बढाउने मानिसहरू हुन् । हाम्रो क्रान्तिलाई विजयसाथ अगाडि बढाउने कुरा र क्रान्तिको भविष्य नै क्रान्तिका उत्तराधिकारी ती केटाकेटीहरूलाई हामीले कसरी शिक्षा दिन्छौँ भन्ने कुरामा धेरै नै निर्भर गर्दछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासले के देखाउँछ भने श्रमिक वर्गको पार्टीले क्रान्तिमा आफ्ना पूर्वजहरूको ठाउँ लिन आउने नयाँ पुस्ताका केटाकेटीहरूलाई ठीकसँग शिक्षा दिएमा मात्र त्यस पार्टीले क्रान्तिको सजीव शक्तिलाई अडिगरूपले निरन्तरता दिनसक्दछ, क्रान्ति र निर्माणलाई विजयसाथ अगाडि बढाउन सक्दछ र आफ्नो ऐतिहासिक हेतुलाई पूरा गर्नसक्दछ । जुछेको ऐतिहासिक हेतुलाई पार्टीको नेतृत्वमा पुस्तौँ पुस्ता लगाएर पूरा गर्ने हो भने शिक्षामा केन्द्रित पारेर नयाँ पुस्तालाई क्रान्तिका शक्तिशाली उत्तराधिकारीहरू तथा क्रान्तिको जिम्मा लिन नासो थाप्न आउने शक्तिको रूपमा तयार पार्नु जरुरी छ ।
समाजवादको पूर्ण विजयको लागि पनि शैक्षिक कार्यलाई अझ विकसित पार्नुपर्दछ ।
जुछे विचारधाराको ध्वजामुनि विजय अगाडि बढेको हाम्रो क्रान्ति यसको विकासमा अहिले उच्च बिन्दुमा पुगेको छ र यो बिन्दुमा सम्पूर्ण समाजलाई जुछे विचारधारको आधारमा बदल्ने उद्देश्यले समाजवादको पूर्ण विजय प्राप्त गर्नको लागि सङ्घर्ष चलिरहेको छ । समाजवादको पूर्ण विजय प्राप्त गर्नको लागि हामीले हाम्रो देशमा अहिलेसम्म बाँकी रहेको पुरानो समाजले छोडेका अवशेषको रूपमा रहेको मजदुर वर्ग र किसान वर्गको बीचमा भिन्नता अझै बाँकी छ । ती दुई वर्गलाई स्पष्ट छुट्याउने सारभूत भिन्नता उत्पादनका साधनको स्वामित्वमा सहर र गाउँको बीचमा रहेको भिन्नता हो । उत्पादनको साधनको स्वामित्वलाई सम्पूर्ण समाजभरि एक रूपको नपारेसम्म मजदुर वर्ग र किसान वर्गको बीचका भिन्नताहरू हट्ने छैनन् । एकै रूपको स्वामित्व कायम गर्नको लागि हामीले विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्तिलाई प्रभावकारीरूपले जारी राख्नुपर्दछ ।
राज्यसत्ता र उत्पादन साधन आम जनताको हातमा रहेको हाम्रो मुलुकमा सहकारी स्वामित्वलाई सर्वजन स्वामित्वमा बदल्ने कामलाई रोक्ने कुनै सामाजिक शक्ति छैन । यो काम पूरा गर्न हामीले नसकेको कारण के हो भने मानिसलाई नयाँ ढाँचामा बदल्ने र प्रकृतिलाई बदल्ने काम अझै पर्याप्त भइसकेको छैन । ग्रामीण समुदाय विचारधारा, ज्ञान र संस्कृतिको दृष्टिले सहरी समुदायाभन्दा अझै पछाडि परेको छ । प्रविधिको कुरामा कृषि उद्योगभन्दा अझै पछाडि परेको छ र विचारधारा र संस्कृतिको कुरामा सहकारी किसानहरू मजदुर वर्गभन्दा पछाडि परेका छन् । जोडदार प्राविधिक क्रान्तिद्वारा कृषिलाई अझ बढी औद्योगिकृत गरेपछि र सहकारी किसानहरूको विचारधारात्मक र सांस्कृतिक स्तरलाई शक्तिशाली विचारधारात्मक र सांस्कृतिक क्रान्तिद्वारा मजदुर वर्गको स्तरसम्म उठाएपछि हामीले सहकारी सम्पत्तिलाई सार्वजनिक सम्पत्तिअन्तर्गत ल्याउन सक्नेछौँ र मजदुर वर्ग र किसान वर्गको बीचको भिन्नतालाई निमूल पार्नसक्नेछौँ । हामीले वर्गहीन समाज स्थापना गरेर समाजवादको पूर्ण विजय प्राप्त गर्ने हो भने हामीले तीनवटा क्रान्तिलाई चर्काउनुपर्दछ र किसानहरूलाई उनीहरूको बन्धनबाट मुक्त पारेर तथा समाजका सबै सदस्यहरूको विचारधारात्मक र सांस्कृतिक स्तर उठाएर पुराना काम नलाग्ने विचारहरूद्वारा गरिने खिया पार्ने, बिगार्ने कार्यहरूको सामना गर्नसक्ने पार्नुपर्दछ । हामीले कृषिलाई पनि औद्योगिकीकरण गर्न लगाउने हदसम्म उत्पादक शक्तिहरूलाई विकसित पार्नसक्नुपर्दछ ।
समाजवादको पूर्ण विजय प्राप्त गर्नको लागि हामीले अहिले पूरा गर्नुपर्ने एउटा जरूरी अभिभारा के हो भने राष्ट्रिय अर्थतन्त्रहरूलाई छिटछिटो जुछेमुखी आधुनिक र विज्ञानमा आधारित पार्ने र सन् १९८० को दशकको समाजवादी आर्थिक निर्माणका दशवटा प्रमुख लामो अवधिका लक्ष्यहरू प्राप्त गर्नु हो । यो अभिभारालाई पूरा गर्नको लागि गरिने सङ्घर्ष विज्ञान र प्रविधि ज्ञानको क्षेत्रमा प्राविधिक जगहरू बसाल्ने र राष्ट्रको आर्थिक शक्तिलाई हरतरहले बढाउने सङ्घर्ष हो । यो अभिभारा पूरा गरेमा मात्र हामीले सकभर छिटो समाजवादको पूर्ण विजय प्राप्त गर्नसक्नेछौँ ।
समाजवादको पूर्ण विजयको लागि सम्पूर्ण अभिभारा, पूरा गर्ने काममा सफलता प्राप्त गर्नको लागि हामीले शिक्षातर्फ हाम्रा प्रयत्नहरू लगाउनुपर्दछ र श्रमिक जनताका विचारधारात्मक, प्राविधिक र सांस्कृतिक स्तरलाई अझ माथि उठाएर योग्य प्राविधिक र विशेषज्ञहरू ठूलो सङ्ख्यामा तालिम गर्नुपर्दछ । समाजवादको पूर्ण विजयको निम्ति तथा सम्पूर्ण समाजलाई जुछे विचारधाराको ढाँचामा बदल्ने हेतुलाई छिटो पार्नका लागि गरिने सङ्घर्षमा सफलता नै शैक्षिक कार्यलाई कसरी विकसित पारिन्छ भन्ने कुरामा निर्भर हुन्छ । शिक्षाको स्तर भन्नु नै मुलुकले विज्ञान र प्रविधि ज्ञानमा गरेको उन्नतिको स्तर हो, संस्कृति र उत्पादक शक्तिहरूको स्तरमा शिक्षाको स्तर अभिव्यक्त हुन्छ । शिक्षाको विकास नगरिकन प्राविधिक क्रान्ति र आर्थिक निर्माणमा सफलता पाउने आशा गर्नु व्यर्थ हो ।
हाम्रो मुलुकको शैक्षिक क्रियाकलापको यथार्थ स्थिति हेर्दा यो कामलाई अझ विकसित पार्नु जरुरी छ ।
हाम्रो शैक्षिक कार्यले विगत वर्षहरूमा पार्टीको सही नेतृत्वमा धेरै प्रगति गरे पनि हामीलाई चाहिएको भन्दा अझै कम छ र शिक्षाको स्तर अझै धेरै माथि पुगेको छैन । खासगरी प्राविधिक शिक्षाको स्तर विश्वस्तरभन्दा कम छ ।
हामीले विकसित हुँदै गइरहेको क्रान्तिका नयाँ आवश्यकताहरू पूरा गर्नको लागि शिक्षामा क्रान्ति ल्याएर तथा स्कूल शिक्षालाई समग्ररूपले उन्नत पारेर यसको स्तरमाथि उठाएर केटाकेटीहरूलाई उपयोगी क्रान्तिकारी ज्ञानको विकास तथा हाम्रो मुलुकको समाजवादी आर्थिक निर्माणमा अझ राम्रो योगदान दिने पार्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *