भर्खरै :

छिमेकीहरूको कलहमा हामी गम्भीर होऔँ !

देश जतिसुकै ठूलो, सम्पन्न र सैनिक शक्तिमा जतिसुकै बलियो भए पनि शत्रु र मित्र नचिनेसम्म कुनै पनि शक्तिशाली देशको भविष्य राम्रो हुने गर्दैन । यसका उदाहरण छन् – नेपोलियन र फासीवादी मुसोलिनी र नाजीवादी हिटलर ।
फ्रान्स सैनिक शक्तिको दृष्टिले अगाडि बढेकै देश हो । तर, आक्रमणकारी नीति लिएको हुनाले झन्डै ५ लाख सेनाका सेनापति अन्ततः रूसबाट केही सय वा हजार सेना लिएर पेरिस फर्कनुप¥यो । फ्रान्सेली सर्वोच्च सेनापतिसँग सोधियो, “सेनापतिज्यू, अरू हाम्रा पराक्रमी सेना कहाँ छन् ?”
नेपोलियनले उत्तर दिए, “तिनीहरू सबै लडाइँमा मारिए वा मरे ।”
आफ्नो सैन्य बल र युद्ध कौशलको ठूलो धाक जमाउने नेपोलियन एकपटक एल्बा टापुमा बन्दी बनाइए र अर्काे पटक धेरै टाढा दक्षिण गोलाद्र्धको पश्चिम क्षेत्र सेन्ट हेलनामा बन्दी बनाइए । उनी त्यहीँ मरे, मरेको ३ महिनापछि मात्रै पेरिसले नेपोलियनको मृत्युको समाचार थाहा पायो ।
xxx
इटालीका मुसोलिनीले रोमको गौरव र ‘राष्ट्रिय एकता’ को नारा दिएर हरेक क्याथोलिक धर्म मान्ने देश र जनतालाई आफ्नो पक्षमा आउन आह्वान गरे । उनले एवेसिनिमा आफ्नो सेना पठाए । छिमेकी देशहरू आँधी आउँदा बाँसहरू झुकेजस्तै इटालीको अगाडि झुके ।
जर्मनीको हिटलरले जर्मन रगत ‘पवित्र आर्यको रगत’ घोषणा गर्दै जर्मनीले सारा संसारलाई शासन गर्ने नैतिक अधिकार भएको घोषणा गरे ।
पश्चिमी देशका गुप्तचरहरू हिटलरलाई रूसमाथि आक्रमण गराउन अनेक झूटा समाचार र तथ्याङ्कहरू प्रचार गर्न लगाउँथे । तिनीहरू हिटलरको सैन्यशक्तिलाई पश्चिम दिशामा होइन पूर्वमा हान्न लगाउन चाहन्थे । तर, हिटलरको सेनाले बेलायतसम्म बम वर्षायो ।
पश्चिमी शक्ति र हिटलरको मनसाय ठम्याउँदै स्तालिनले हिटलरसँग एक–आपसमा हमला नगर्ने अनाक्रमण सन्धि गरे । पश्चिमी गुप्तचरहरूको जालोले हिटलरलाई सोभियत रूसमा हमला गर्न उचाल्यो ।
परिणामस्वरूप मुसोलिनी र हिटलर दुवै आ–आफ्नै सेनाद्वारा मारिए र रोमको सडकमा फालिए, हिटलरको मृत्युबारे एउटा प्रेम कथा रचेर उनलाई पनि मारेर फाले ।
जापानी सेनाले आफ्नो प्रधानमन्त्री तोजोलाई मार्न अस्वीकार गरेकै कारण अमेरिकी सेनाका जवानहरूले प्रमलाई बैठकमै गोली हानेर मारे ।
बेलायती साम्राज्यवादको विरोधमा सशस्त्र युद्धको घोषणा गर्ने सुवासचन्द्र बोेसको बारेमा मित्रशक्ति (अलाइड फोर्स) को बैठक बस्यो, एक टापुबाट अर्को टापुमा हवाईयात्रा गराउने सिलसिलामा एक सिपाहीले त्यो सानो हवाईजहाजमा बम हाल्छ र बम राख्ने सिपाही अर्को सिपाहीद्वारा मारिन्छ । यसरी बेलायती साम्राज्यवादले सुवासचन्द्र बोसलाई पनि ज्यान सजाय दिन्छ, भारतीय जनताले यसबारे थाहा पाए माफी नदिने भएकोले त्यस निर्णयलाई मित्रशक्तिले समझदारीमा राख्यो ।
xxx
नेपोलियन बडा राष्ट्र अहङ्कारवादको कारण सबै कमजोर देशका साथै शक्तिशाली देशहरूमा समेत आक्रमण गथ्र्यो । नेपोलियन साम्राज्यवादी वा आक्रमणकारी देशकै नेता र सेनापति थिए । उनी कसैको मित्रता बुझ्दैनन्, यसकारण छिमेकी देशहरूबाटै उनी हारे, वाटर्लूको युद्धपछि उनी सेन्ट हेलनामा मरे ।
देश र जनताको विकास गर्ने उद्देश्यभन्दा मुसोलिनी र हिटलर पहिलो विश्व युद्धबाट आफ्नो देशप्रति हेला भएको निहुँमा अन्धराष्ट्रवादको झन्डा उचालेर क्याथोलिक धर्म मान्ने देशहरू र जर्मनभाषी देशका जनतालाई हातमा लिएर राज्य विस्तार वा आक्रमण गर्न चाहन्थे । तिनीहरूको कुनै मित्र थिएन, सबै शत्रु थिए ।
xxx
माथिका सन्दर्भहरू उल्लेख भएपछि १९६२ को चीन–भारत सीमा भिडन्तबारे घोत्लिनु आवश्यक छ । बेलायती साम्राज्यवादले भारतलाई स्वेच्छाले स्वतन्त्रता दिएको होइन बरु २ सय वर्षको बेलायती शासन कालमा एक लाख मानिस मरेका थिएनन् भने हिन्दुस्तान र पाकिस्तानको स्वतन्त्र भएको दुई वर्षमा ५ लाख भारतीय मारिए, आपसमा लडेर १० लाखभन्दा बढी मानिस घाइते र बेपत्ता पारिए तथा किचिएर मारिए ।
भारतीय जनतालाई स्वतन्त्रता दिएलगत्तै बेलायती साम्राज्यवादले हिन्दूस्तान र पाकिस्तानमा हिन्दु र मुसलमानबीच लडाइँको बीउ छरे, त्यसको दुष्पपरिणाम अहिले पनि भारतीय जनता भोग्दै छन् । त्यस्तै ‘कहिल्यै औपचारिक लिखित नक्सा नभएको’ एसियाका ठूला देशहरू भारत र चीन बीचमा झगडाको बीउको रूपमा नक्सा (अर्थात् मैकमोहन भन्ने बेलायती सर्भेयरले कोरेको नक्सा) अगाडि सारी भारतीय नेताहरूलाई भूमि दाबा गर्ने ठाउँ दियो । बेलायतको इसारामा भारतका दक्षिणपन्थी तत्वहरू सक्रिय थिए र अन्ततः बेलायती साम्राज्यवादले चीन–भारतबीच १९६२ को युद्ध गराएरै छोड्यो ।
जसरी पश्चिमेली देशहरूले युद्धलाई पश्चिम होइन पूर्वतिर मोड्न चाहन्थे, त्यस्तै भारतमा अमेरिकी र बेलायती गुप्तचरहरू चीन र भारतबीच युद्ध गराउन चाहन्थे । ‘इन्डिया–चाइना वार’ का लेखक नेभिल माक्सवेलले प्रस्ट भाषामा बोले, इन्डियाका सुरक्षा प्रमुख अमेरिकी गुप्तचर विभाग (सीआईए) का मानिस थिए । (‘बिट्ज, संवाददाता, २ सेप्टेम्बर १९७३)
हालको भारतको दक्षिणपन्थी पार्टी भाजपा मुसोलिनीको पार्टीजस्तै धर्मको नाममा शासन गर्ने उग्र हिन्दुवादी, अन्धराष्ट्रवादी र युद्धकामी विस्तारवादी भएको ‘गलवान’ क्षेत्रमा भारतीय क्षेत्रमा भइरहेको सैन्य अभ्यासले प्रस्ट गर्छ । हिटलरले जर्मन आर्य रगतका जनता भएको हुनाले संसारलाई शासन गर्ने नैतिक अधिकार भएको दाबी गरेजस्तै भाजपाका नेताहरू प्राचीन भारतको कल्पनातीत राष्ट्रिय अहङ्कारवादको दाबी गर्दै छन् ।
‘लिम्पियाधुरामा थपिँदै भारतीय फौज’ (अन्नपूर्ण पोस्ट, १८ असोज २०७७) जस्ता समाचार आइरहेकै छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो भन्नेबारे कुनै विवाद छैन । लिखित नक्सा नभएका एसियाका सबै देशहरूमा नदी–नाला, पहाड–पर्वत, गाउँ–जङ्गलको नाम, जाति र भाषाभाषीको बसोबास, सरकारलाई तिरेको कर दस्तुर वा मालपोत आदिले कुन ठाउँ कसको हो भन्ने निर्णय हुँदै आएको थियो ।
बेलायतीहरूले ‘गलवान’ ठाउँको नाम कसरी राखे ? एकजना बेलायती यात्रु (जासुस वा सर्भेयर) लाई बाटो देखाउने एक चिनियाँ क्षेत्रको व्यक्तिको ‘जात’ वा ‘थर’ बाट त्यो ठाउँको नाम ‘गलवान’ राखियो । त्यसलाई कुन सरकारले मान्यता दियो भन्ने कुरा भाजपाको सरकारलाई थाहा छैन, बरु आफ्नो गोरूको बा¥है टक्का भन्ने उखान दोहोरिँदै छ ।
अङ्ग्रेजले थोपरेकोको नक्साको पछि लागेर भारतीय दक्षिणपन्थी सरकार कसको निम्ति लडाइँको आह्वान गर्दै छ ? खर्बौँ रूपैयाँको अत्याधुनिक हातहतियारको प्रदर्शन गर्दै चीनलाई पनि युद्धको निम्ति उक्साउँदै छ । बेलायती साम्राज्यवादले भारत र चीनलाई २ सय वर्षसम्म पूर्ण उपनिवेश र अर्धउपनिवेश बनायो । के यो लडाइँले भारत र चीन दुवै देशले बेलायती र अमेरिकी साम्राज्यवादबाट क्षतिपूर्ति पाउने हो ? होइन भने भारतलाई नै अगाडि सारेर दुई ठूला एसियाली देशलाई भिडाएर अन्य पूर्वीय देशहरूमा साम्राज्यवादीहरूले पुनः उपनिवेश कायम गर्नेछन् ।
दुई ठूला विकासशील देशलाई भिडाउने अमेरिकी साम्राज्यवादी षड्यन्त्र हो ।
भारतले चीनलाई किन ‘विस्तारवाद’ शब्द प्रयोग गर्दै छ ? चीनलाई भारतको भूमि किन चाहियो ? प्रतिवर्ग माइलको जनसङ्ख्याको हिसाबले भारतभन्दा चीन ठूलो छ । नेपाल, सिक्किम, बङ्गलादेश, श्रीलङ्का र काश्मिरमा थिचोमिचो गर्नेलाई नै ‘विस्तारवाद’ भन्नु उपयुक्त हुन्छ ।
भारतले नेपालको सीमा मिचेको कुरा उठ्नासाथै केही तत्व नेपाल–चीनको सीमाको काल्पनिक कुरा उठाएर भारतको थिचोमिचोमा पर्दा हाल्न खोज्दै छन् ।
यसबारे सबभन्दा पहिला ‘दुइटा तलब’ खाने नेपाली राजनीतिक व्यक्तिहरूको छानबिनको चर्चा हुन्छ ।
२१ असोज २०७७ को ‘नेपाल समाचारपत्र’ ले लेख्यो, ‘चीनले नेपाली भूमि मिचेको आरोपमा सर्वोच्चको चासो’, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ।
नेपाल र चीनको उत्तरी सीमाबारे लिखित सम्झौता भइसकेकोमा अनावश्यक चर्चा बारम्बार चलाएबाट भारतबाट नेपालको भूमि मिचिएको विषयमा पर्दा हालिएको प्रस्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *