भर्खरै :

प्राविधिज्ञ र विशेषज्ञहरू तयार गर्दै प्रजग कोरिया बुद्धिजीवीकरणको अभियानमा–२

विश्वविद्यालयहरूमा वैज्ञानिक अनुसन्धान कार्य उन्नत पार्नु प्राविधिज्ञ र विशेषज्ञहरूलाई तालिम दिने काम उन्नत पार्ने महत्वपूर्ण उपायहरूमध्ये एक हो ।
विश्वविद्यालय भन्नु राष्ट्रिय कार्यकर्ताहरू तालिम दिने केन्द्र र वैज्ञानिक अध्ययनको स्थान हो । विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान कार्यलाई तीव्र पारेनन् भने तिनीहरूले विकसित हुँदै गएको क्रान्तिका माग र वैज्ञानिक तथा प्राविधिक प्रगतिको प्रवाहसित मिल्ने गरी शिक्षाको गुणस्तरलाई स्थिररूपले उन्नत पार्ने काम अगाडि बढाउन सक्नेछैनन् । साथै तिनीहरूले प्राविधिक र विशेषज्ञहरूलाई ठीक तरिकाले तालिम दिन पनि सक्ने छैनन् । विश्वविद्यालयका शिक्षकहरू यस्ता विद्यार्थीहरूलाई तालिम गर्ने योग्य शिक्षणकर्ता बन्नको साथै हाम्रो देशको विज्ञान र प्रविधिशास्त्रको विकासमा योगदान दिने सुयोग्य वैज्ञानिक पनि बन्नु पर्दछ । विश्वविद्यालयहरूले विद्यार्थीलाई सुयोग्य राष्ट्रिय कार्यकर्ता बन्ने तालिम दिएरमात्र पुग्दैन, बरु शिक्षकलाई उनीहरूका अनुसन्धान कार्य बढाउन प्रोत्साहित पारेर बहुमूल्य वैज्ञानिक अनुसन्धानका नतिजा निकाल्नुपर्दछ ।
विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान सुदृढ पार्ने हो भने तिनीहरूले अनुसन्धान केन्द्रहरूलाई सुदृढ पार्नुपर्दछ र एउटा दूरदर्शी योजनाद्वारा अनुसन्धान कार्य चलाउनुपर्दछ । विश्वविद्यालयहरूले शिक्षकलाई परिचालन गरेर अनुसन्धान कार्यको लागि चाहिने दृढ भौतिक र प्राविधिक जग बसाल्न लगाउनुपर्दछ र शिक्षकलाई शिक्षा र आर्थिक निर्माणमा उठने विज्ञान र प्रविधि–ज्ञानसम्बन्धी समस्या समाधान गर्न प्रभावकारी अनुसन्धान कार्य चलाउन लगाउनेतर्फ ध्यान दिनुपर्दछ । विश्वविद्यालयहरूमा वैज्ञानिक अनुसन्धानमा निर्देशन दिने सुव्यवस्थित पद्धति स्थापना गर्न, विश्वविद्यालयका अनुसन्धान परियोजनाहरूलाई समन्वित पार्न र त्यसका नतिजा छिटछिटो पुनर्वलोकन गर्नु जरुरी छ । साथै, विश्वविद्यालयहरूलाई पर्याप्त आधुनिक प्रयोगशाला, उपकरण तथा अनुसन्धानका लागि आवश्यक सामग्रीहरू दिइनुपर्दछ ।
प्राविधिज्ञ र विशेषज्ञहरूको तालिमको लागि प्राविधिक शिक्षा पद्धतिलाई पुनर्गठन गर्ने र यसलाई बदलिँदै गइरहेको परिस्थितिसित मिल्ने गरी त्रुटिहीन पारिरहने काम चालू राख्नु जरुरी छ ।
उच्च शिक्षाले बदलिँदै रहेको विज्ञान र प्रविधि–ज्ञानको प्रवाह र राष्ट्रिय अर्थतन्त्रको लामो अवधिको मागसित मिल्ने गरी नवीनतम विज्ञान र प्रविधिशास्त्रमा विशेषिकृत प्राविधिक शिक्षालाई उन्नत पार्न र समाजवादी निर्माणको लागि अत्यन्त जरुरी भएका स्थलगत प्राविधिक विश्वविद्यालयहरूको शैक्षिक स्तरलाई निरन्तर उठाइरहनको साथै हामीले भविष्यमा इलेक्ट्रोनिक, स्वचालन, धातु–प्रशोधन र मेकानिकल इन्जिनियरिङ्गका उद्योगहरूजस्ता राष्ट्रिय अर्थतन्त्रका विविध क्षेत्रलाई तथा समुद्री छालले छोपेको जग्गालाई माटो भनेर प्राप्त गर्ने काम तथा सेवाहरूलाई चाहिने प्राविधिक कर्मचारीहरूलाई तालिम गर्न कलेजहरू स्थापना गर्नुपर्दछ र यसप्रकार यी क्षेत्रहरूमा ठूलो सङ्ख्यामा प्राविधिकहरू र विशेषज्ञहरू तयार गर्नुपर्दछ ।
सही शैक्षिक पद्धति स्थापना गरेर निपुण कार्यकर्ताहरू तालिम गर्नुपर्दछ । उत्पादनशील क्षेत्रमा काममा लगाइएका नयाँ पुस्तालाई सक्षम बनाउन प्राविधिक शिक्षा दिनुपर्दछ ।
समाजवादी औद्योगीकरणको फलस्वरूप राष्ट्रिय अर्थतन्त्रको प्राविधिक सजावटको समग्ररूपले उल्लेखनीय उन्नति भइसकेकोले अर्थतन्त्रका विभिन्न क्षेत्रहरूको लागि ठूलो सङ्ख्यामा निपुण कार्यकर्ता र प्राविधिज्ञहरूको आवश्यकता परेको छ । राष्ट्रको अर्थतन्त्र विकसित हुँदै गएपछि यो मार्ग झन्झन् बढ्दै जान्छ । भविष्यमा शैक्षिक क्षेत्रले राष्ट्रिय अर्थतन्त्रका विभिन्न क्षेत्रका मार्गको पूर्ति गर्नसक्ने गरी उच्च तहका निपुण कार्यकर्ताहरू व्यवस्थितरूपले तयार पार्न खास खास पेशाहरूमा प्राविधिक सीप सिकाउनको लागि विशेषीकृत स्कूलहरू स्थापना गर्नुपर्दछ ।
सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्नु शिक्षाविद्हरूको महत्वपूर्ण अभिभारा हो । प्राप्त भइसकेको सफलतामा आधारित गरी तिनीहरूले समाजलाई बुद्धिजीवीकरण गर्ने काम साकार पार्न कडा मेहनत गर्नुपर्दछ ।
यो लक्ष्य प्राप्त गर्नको लागि काम गर्दागर्दै पढ्ने उच्च शिक्षा दिने पद्धति विकास गर्नु जरुरी छ ।
अहिलेको समाजवादी निर्माणको चरणमा समाजका सबै सदस्यहरूलाई सफलतासाथ बुद्धिजीवीमा परिणत गर्ने सबभन्दा राम्रो शिक्षा पद्धति यो हो । शिक्षा क्षेत्रले कारखाना, खेत र माछा मार्ने माझीहरूको कलेजहरूजस्ता उच्च शिक्षाका विद्यमान अध्ययन संस्थानलाई सक्षमतासाथ चलाउनुपर्छ र परिस्थितिले दिएसम्म यी कलेजहरूको सङ्ख्या बढाउनुपर्दछ । यसरी उच्च शिक्षाका शिक्षालयहरूमा नपढेका श्रमिक जनतालाई पढाइनुपर्दछ । यसको अतिरिक्त टेलिभिजनको विश्वविद्यालयलाई सक्षमतासाथ चलाइनुपर्दछ र अहिलेदेखि नै भिडियो–टेप प्रचलनहरू व्यापकरूपले प्रयोग गर्नुपर्दछ ।
समाजका सबै सदस्यहरूलाई बुद्धिजीवी बन्ने गरी हुर्काउनको लागि सामाजिक शिक्षा बढाउन र मुलुकभरि अध्ययनको क्रान्तिकारी बानी बसाल्नुपर्दछ ।
भव्य जन अध्ययन गृहले समाजलाई शिक्षा दिने काम उन्नत पार्ने कायमा निकै महत्वपूर्ण अभिभारा लिएको छ । यो अध्ययन गृह समाजका सबै सदस्यहरूलाई बुद्धिजीवीमा परिणत गर्ने महत्वपूर्ण केन्द्रहरूमध्ये एक हो । यो एक पत्र–व्यवहारको विश्वविद्यालय हो । यसले श्रमिक जनताको सांस्कृतिक र प्राविधिक स्तर उठाउने र सबै मानिसहरूलाई बुद्धिजीवीका रूपमा अध्ययन गृहले विज्ञान र प्रविधि–ज्ञानका नवीनतम उपलब्धिहरूलाई व्यापकरूपले प्रयोग गरेर विभिन्न रूप र तरिकाले फैलाउनुपर्दछ र वैज्ञानिक, प्राविधिज्ञहरू तथा श्रमिक जनताका वैज्ञानिक, सांस्कृतिक र प्राविधिक स्तर सुधार्ने काम अझ जोडतोडले चलाउनुपर्दछ ।
सामाजिक शिक्षालाई सुदृढ पार्ने काममा पुस्तकालयको ठूलो भूमिका हुन्छ । पुस्तकालयहरूलाई राम्ररी सुसज्जित पारेर प्रभावकारीरूपले चलाई सबै पुस्तकालयहरूले नयाँ विशान र प्राविधि–ज्ञानका प्रचारक तथा सार्वजनिक शिक्षाका सङ्गठनकर्ताको भूमिका सन्तोषप्रदरूपले पूरा गर्नसक्ने पार्नुपर्दछ ।
समाजभरि नै सबैमा क्रान्तिकारी अध्ययनको बानी स्थापना गर्नु सम्पूर्ण समाजलाई छिटछिटो बुद्धिजीवीमा परिणत गर्ने महत्वपूर्ण उपाय हो । काम गर्दा गर्दै अध्ययन गर्ने सुव्यवस्थित शैक्षिक पद्धतिको स्थापना गर्दैमा तथा सार्वजनिक शिक्षा सुदृढ पार्दैमा सम्पूर्ण समाजलाई बुद्धिजीवीमा परिणत गर्ने काम सफल पार्न पुग्ने हो भने हामीले सम्पूर्ण समाजभरि अध्ययन गर्ने क्रान्तिकारी बानी बसालेर सबैलाई कडा अध्ययन गर्न प्रोत्साहित पार्नुपदछ र साथै उच्च शिक्षा संस्थानहरूको सङ्ख्या बढाएर सार्वजनिक शिक्षा सुदृढ पार्नु पर्दछ । “पार्टी, जनता र सेना सबैले अध्ययन गर्नुपर्दछ” भन्ने पार्टीको नाराअन्तर्गत सबै श्रमिक लोग्नेमानिस र स्वास्नीमानिसहरूले अध्ययन गर्ने बानी बसालेर अध्ययनलाई दैनिक कार्यक्रमको अंश बनाउने र तिनीहरूले सामान्य ज्ञानको स्तर र प्राविधिक तथा सांस्कृतिक स्तर स्थिररूपले उन्नत पार्ने कुरा पक्का पार्नेतर्फ हामीले ध्यान दिनुपर्दछ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *