ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
नेपाल दुई ठूला छिमेकी देश भारत र चीनको बीचमा छ । इतिहासकालदेखि नै नेपालले दुईतिरका छिमेकी देशहरूसित सम्बन्ध र शान्ति कायम गरेर आफ्नो प्रगति सुनिश्चित गर्ने प्रयास गर्दै आएको छ । ब्रिटिश भारतले त नेपालसित निहुँ खोजेरै नेपालमाथि आक्रमण गरी कब्जा गर्न खोजेको थियो । युद्धमा पराजय स्वीकारेर नेपालले आफ्नो नियन्त्रणको ठूलो भूभाग ब्रिटिश भारतलाई सुम्पेको थियो । १९४७ मा आएर भारत ब्रिटिश राजबाट स्वतन्त्र त भयो तर ब्रिटिश उपनिवेशवादको मानसिकताबाट स्वतन्त्र हुनसकेन । त्यसैले स्वतन्त्र भारतको कर्मचारीतन्त्रसँगसँगै नयाँ शासकहरू भारतको विस्तार र छिमेकी देशहरूको भारतमा विलयको अभियानमा लागे । त्यसैले छरछिमेकमा भारतीय विस्तारवादको नाममा भारत बदनाम भयो । भारतको नेपालसित मात्र होइन सबै छिमेकीहरूसित सीमा विवाद रहेकै छ, त्यसमा प्राविधिक कारण कम बरु भारतीय शासक वर्गको विस्तारवादी सोच बढी जिम्मेवार थियो र छ ।
हामी नेपालीहरू छिमेकी देशसित शान्तिपूर्ण र मैत्री सम्बन्धको पक्षमा छौँ तर हामी ऐतिहासिक प्रमाणका आधारमा हाम्रो भूभागको रूपमा रहेको भूमिको अतिक्रमणको विरोधमा पनि छौँ । नेपाली भूमि अतिक्रमणको विरोध गर्नु पूरै भारतको विरोध गर्नु पनि होइन, भारतको विस्तारवादी सोच र नीतिको विरोध हो । तर, केही भारतीयभन्दा पनि भारतवादीहरू नेपालमा सक्रिय छन् । उनीहरू भारतले नेपालमाथि गरेको अन्याय देख्न र त्यसको विरोध गर्नसक्दैनन् तर सधैँ नेपालीहरू विदेशीबाट परिचालित भएको देख्छन् र जस्तो आफू त्यस्तै च्यापु भने उखान चरितार्थ गर्छन् । उल्तै उनीहरू देशभक्त नेपाली जनतामाथि छिमेकी देशसितको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउँछन् । ऐतिहासिक प्रमाणका आधारमा नेपालीले नेपालको भूमि फिर्ता माग्नुलाई अपराधको रूपमा प्रस्तुत गर्छन् । त्यतिले नपुगेर नेपाललाई अर्को छिमेकी चीनसित भिडाउन पनि कोसिस गर्छन् । आफ्ना एजेन्टहरू प्रयोग गरेर उत्तरी सिमाना अर्थात् चीनतिर पनि सीमास्तम्भ हराएको हल्ला गर्न लगाउँछन् । हालै हुम्लामा ११ नम्बरको सीमास्तम्भ हराएको र चीनले नेपाली भूमिमा संरचना बनाएको भनी बिनाअध्ययन गराएको प्रचार त्यसको ताजा उदाहरण हो ।
बिनाअध्ययन र बिनाप्रमाण छिमेकी चीनले सीमा मिच्यो भनेर गलत हल्ला फैलाउने को को हुन् ? छिमेकीसँगको सम्बन्ध बिगार्न खोज्ने को को हुन् ? त्यसको छानबिन हुनुपर्छ । भारतसित पनि हामी मित्रवत् र सुमधुर सम्बन्ध नै चाहन्छौँ । भारतले ऐतिहासिक प्रमाणलाई मानेर नेपालसितको सिमाना निर्धारण र विभिन्न ठाउँमा भएका अतिक्रमण हटाउनुपर्छ । अन्तर्राष्ट्रिय कानुन र प्रचलन नेपाल भारत सीमामा पनि लागू गर्नुपर्छ ।
Leave a Reply