भर्खरै :

नयाँ रेशममार्ग नयाँ युगको सेवाको लागि

  • कार्तिक ५, २०७७
  • सुरेन्द्रराज गोसाई, नेमकिपा, केन्द्रीय सदस्य
  • विचार

(मङ्गलबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभागका आयोजनामा भएको नेपाली राजनीतिक दलहरूसँगको पहिलो सम्मेलनमा व्यक्त मन्तव्य–सं.)
यो महत्वपूर्ण अनलाइन सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँ (रोहित) को तर्पmबाट चिनियाँ कम्युनिस्ट पार्टीका सम्पूर्ण कामरेड र उपस्थित सबै साथीहरूमा हार्दिक न्यानो अभिवादन व्यक्त गर्दछु । सङ्कटको समयमा आयोजित यो अनलाइन सम्मेलनमा नेमकिपाको तर्फबाट विचार व्यक्त गर्ने अनुमति चाहन्छु ।
इतिहासको एक युगमा चिनियाँ जनताले अन्य महादेशका देशहरू र छिमेकी देशहरूसँग सम्पर्क, मित्रता, आवत–जावत र व्यापारको आदान–प्रदान गर्नमा ठूलो कष्टसाध्य कार्य गरेको एउटा नमुना हो– ‘रेशममार्ग’ । त्यही रेशममार्गकै पद–चिह्नमा आज चीन सरकार र जनताले चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा रेल मार्ग र जहाजी (समुद्री) मार्गलाई आधुनिक परिवेशअनुसार अगाडि बढाउन मध्य–एसियाको भूपरिवेष्ठित गणतन्त्रहरू छिचोल्दै दुई–चार वर्ष अगाडि नै इरान र युरोपका देशहरूसमक्ष पुगेर ‘पुरानो रेशममार्ग’ ले इतिहासको सेवा ग¥यो । त्यसरी नै ‘नयाँ रेशममार्ग’ ले नयाँ युगको सेवा गर्ने विश्वास छ । नेपाल–चीनजस्ता छिमेकी देशहरूमा मात्रै होइन अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूसम्म चीनको सडक तथा समुद्री मार्गको विस्तारले प्रस्ट पारेको छ ।
बीचमा कुनै राजनीतिक र प्राकृतिक बाधा–व्यवधान आएन भने सारा संसारका जनताको व्यापक दृष्टिकोणले कार्यान्वयन हुँदै गएमा रूसको भ्लादिभोस्तोकदेखि पूर्वी र उत्तरदेखि वेइरिड्ड स्ट्रीट अर्थात् अलास्का पुग्दै त्यो नयाँ रेशममार्ग र रक्की पहाडको श्रृङ्खलाहरूबाट क्यालिफोर्निया, मेक्सिको हुँदै पानामाबाट दक्षिण अमेरिका पुग्नेछ ।
विज्ञान र प्रविधिको द्रुततर विकास, आर्थिक एवम् राजनीतिक क्षेत्रमा आपसी विश्वास र समझदारी बढ्दै गएमा ‘नयाँ रेशममार्ग’ अरब देशहरू छिचोलेर मिश्र हुँदै एउटा बाटो पूर्वी अफ्रिका पुग्नेछ र अर्को बाटो स्पेन, पोर्तुगाल र जिब्राल्टर हुँदै पश्चिम अफ्रिकाको रेलमार्ग विस्तार हुने सम्भावना तड्कारो छ, खाली समय, आर्थिक र राजनीतिक दृष्टिकोणमा प्रगतिशील र विकासको भावनाले प्रवलता पाउनु आवश्यक छ ।
यसरी चीनको यो ‘रेशममार्ग’ ले आधुनिकता प्राप्त गरेसँगै मानव जातिले नयाँ युगमा पदार्पण गर्नेछ जहाँ आर्थिक र व्यापारिक आदान–प्रदानको विकासको साथै कोरोना भाइरस र इबोलाजस्ता पछि आउने अनेक रोग, भोकमरी र बेरोजगारीमा विश्व एक भई कम समयमै मानव जातिमा देखापर्ने अनेक नयाँ नयाँ समस्याहरूलाई समाधान गर्नेछ ।
यो वर्षको अन्त्यतिरसम्ममा कोभिड–१९ को खोप विकास गर्न चीन प्रतिबद्ध भई अगाडि बढिरहेको छ । हामी विश्वस्त छौँ कि खोपले हामीलाई नजिक ल्याउनेछ र खुसी बनाउनेछ । ठूलो मात्रामा खोपको उत्पादनसँगसँगै चीनले पूर्ण जिम्मेवार भई अल्पविकसित देशका सर्वसाधारण जनताको समेत जीवन रक्षाका निम्ति सहयोग पु¥याउने तथा भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ । महामारी पैmलिरहँदा चीनले विश्वलाई सहयोग गर्न कुनै उपाय बाँकी नराखेको दृष्टान्त हामीसामु छ । विश्वका जनता त्यो नयाँ दिनको उदयको पर्खाइमा छन् । विश्वका मानिसहरू सङ्कटपूर्ण घडीमा रुमलिरहँदा असल छिमेकीको नाताले नेपाल र नेपाली जनता ‘स्वास्थ्य रेशममार्ग’ प्रति गर्व गर्दै सफलताको कामनासमेत गर्दछन् । कोभिड–१९ को खोप केवल खोप नभई मानवता, सौहार्दता, सहयोग तथा एकताको त्यो एउटा प्रतीकको रूपमा प्रस्तुत हुनेछ । कोभिड–१९ को सङ्क्रमणको नियन्त्रण, निदान र त्यसक्रममा अभूतपूर्व जनपरिचालन तथा जनएकता प्रदर्शन गरी समाजवादी देशहरूले आपूmलाई संरा अमेरिका, ब्राजिल, भारतलगायतका पुँजीवादी देशभन्दा बेहत्तर भएको पुष्टि गरेभैmँ नयाँ खोपको विकासपश्चात् विश्वका जनतालाई खोप उपलब्ध गराई अर्को इतिहास रच्ने हाम्रो विश्वास छ ।

नेपाल र चीनका महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरू तथा जिम्मेवार पक्षहरूको सहभागितामा भइरहेको यो कार्यक्रम आफ्नो उद्देश्यमा सफल हुने विश्वास व्यक्त गर्दछौँ । यी कार्यक्रमले बीआरआईलाई अझ बढी सफलीभूत बनाउने हाम्रो विश्वास छ ।

यी आशा एवम् विश्वासलाई मानव जातिको ‘नयाँ रेशममार्ग’ को चिन्तन र व्यवहारले जगाइदियो ।
केही मानिसहरू ‘रेशममार्ग’ लाई युद्धको आँखाले हेर्ने गर्छन् । सम्भावित आक्रमण र युद्धलाई हेर्दै शान्तिका निम्ति चिनियाँ जनताले उपग्रहहरूबाट देखिने ‘ठूलो पर्खाल’ जस्तो एकपछि अर्को पुस्ता लाग्ने युद्धलाई पन्छाउन र शान्तिको एक सन्देश त इतिहासकै एक युगमा दिएकै हुन् ।
दक्षिण एसियाली देशहरूमा प्रचलित रामायण र महाभारतजस्ता काव्यात्मक साहित्यहरूमा पाइने युद्धहरू चिनियाँ जनताले ‘अफिम युद्ध’, ‘ताइपिङ किसान क्रान्ति’, ‘चीनको सुधार आन्दोलन’, ‘सच्चाइ र मेलमिलाप आन्दोलन’ र १९११ पछिका क्रान्तिहरूले साम्राज्यवादविरोधी सङ्घर्ष र लडाइँका महाकाव्यजस्ता समर गाथाहरू लेखेकै हुन् । अब विश्वका जनताले फेरि पहिलो र दोस्रो विश्वयुद्ध भोग्न नपरोस् र आर्थिक विकास र राजनीतिक मेलमिलाप र शान्तिपूर्ण ढङ्गको वार्तामार्फत विवादहरू समाधान होस् भन्ने शान्तिकामी जनताको भावनालाई ‘रेशममार्ग’ को नयाँ अध्यायले सहयोग गर्ने आशा र विश्वास छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणको एक वर्षको सु–अवसरमा नेपाल र चीनको सुुमधुर सम्बन्ध र ‘एक क्षेत्र–एक मार्ग’ सहयोगको बलियो जगमै उभेको ‘स्वास्थ्य रेशममार्ग’ र ‘डिजिटल रेशममार्ग’ र ‘सुखद रेशममार्ग’ बारे छलफल कार्यक्रममा सहभागी छौँ । नेपाल र चीनका महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरू तथा जिम्मेवार पक्षहरूको सहभागितामा भइरहेको यो कार्यक्रम आफ्नो उद्देश्यमा सफल हुने विश्वास व्यक्त गर्दछौँ । यी कार्यक्रमले बीआरआईलाई अझ बढी सफलीभूत बनाउने हाम्रो विश्वास छ । साथै हाम्रो मित्रतालाई थप प्रगाढ बनाउने तथा सम्बन्धलाई गौरवान्वित तुल्याउनेमा हामी विश्वस्त छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *