भर्खरै :

एक स्पष्ट वक्ता कृषि कार्यकर्ता

आगो र पानी, ठोस र तरल, कठोर र नरम, पहाड र मैदानजस्ता भौतिक वस्तु आपसमा ठीकविपरीत हुन्छन् । त्यस्तै समाजका कतिपय व्यक्तिहरूले ठीकविपरीत भावना, विचार र उद्देश्य लिएका हुन्छन् । कतिपय मानिसको नाम र व्यवहार पनि उल्टो देखिएका हुन्छन्, तिनीहरूको अध्ययन र राजनीतिक दलसमेत विपरीत हुन्छन् ।
सानैदेखि मैले ‘कृषि जोशी’ भन्ने व्यक्तिलाई टाढैबाट जानेको थिएँ । उसको नाम र कामको विषय पनि हाम्रो टोलका मानिसहरूबीच बरोबर चर्चा हुनेगथ्र्यो । जात भने ‘जोशी’ तर नाम कसरी ‘कृषि’ भयो ? एक जनाले अनुमान ग¥यो, कृषि खेतीपातीसँग सम्बन्धित पेशा हो । सानैमा ऊ झगडालु, फटाहा, जिद्दी र घमण्डी थियो । ऊ जाँड खाएर खेत जोत्थ्यो, बलको काम गथ्र्यो । खस्रोको प्रतीकको रूपमा ज्योतिष विद्याअनुसार नै नाम दिएको हुनुपर्छ ।
अर्कोले थप्यो, “धेरै घर–जग्गा जोड्ने योग होला भनी नाम राखेको होला ¤” तेस्रोले थप्यो, “भन्ने उखान छ नि – वैद्यकी छोरीको गलगाँड र जोशीकी छोरी विधुवा !” आदि ।
आश्चर्य छ, उनको सङ्गाती भने बुद्ध धर्म मान्ने, नेवारी भाषामा ‘गुर्जु’ थिए । बुद्ध आफै एक कुशल मनोरोगका विशेषज्ञ थिए । चवालीस रोग र तिनको निवारणबारे ध्यान दिँदा उल्टै देखिने । असत्य बोल्ने, चुक्ली गर्ने, अरूको वस्तुको लोभ गर्ने आदि बानी, भ्रष्ट अशुभ मन, नकारात्मक सोच, गलत जीविका आदिबारे कृषि जोशीलाई गुर्जुहरूले सम्झाउने गर्थे । ती नकारात्मक दृष्टिकोण एक प्रकारको मनोरोग थियो । बुद्ध वचनमा सत्य बोल्ने, चुक्ली नगर्ने, अरूको वस्तुमा लोभ नगर्ने, शुद्ध मन राख्ने, सकारात्मक सोच राख्ने, सही जीवन शैली आत्मसात गर्ने आदि शिक्षा प्राप्त हुन्थ्यो ।
सम्भवतः जुनसुकै कुलमा जन्मे पनि यदि सङ्गत खराब भयो भने किशोर–किशोरीमा नकारात्मक दृष्टिकोण देखिनु अनौठो होइन । भन्ने गरिन्छ, “तेल के हेर्नु तेलको धारा हेर्नु, छोरो के हेर्नु छोरोको साथ हेर्नु ।” विद्यालयमा पढ्दै गर्दा उसमा झगडा गर्ने, कुनै कुरामा जिद्दि गर्ने, कडा बोल्ने आदि खराब बानी देखियो । साथै रिसाहा भएकोले उसमा भकभकेपन पनि बढ्दै गयो ।
उसले कलेजमा कानुन विषय पढ्ने र वकिल बन्ने ढिपी गर्न थाल्यो घरमा । वकिल भएर तिमी के गर्छौ भनी उसको बुबाले सोध्दा कृषि जोशीको जवाफ थियो, “मानिसलाई कोही पनि व्यक्तिबीच झगडा लगाउने, कसैबीच नालिस राख्न लगाउने, पैसा कमाउने, अर्काको घर–खेत जसरी पनि आफ्नो नाममा ल्याउने, आफ्नै पक्षको मुद्दावालाको शत्रुपक्षसँग मिलेर ठूलो सम्पत्ति खाने ।” “बाबु यस्तो नराम्रो काम गर्नुहुन्न, वकिलको काम त गरिब–दुःखीको सेवा गर्ने हो” भनेर कृषिको बाबुले सम्झाउँदा उसले उत्तर दियो, “आजको जमानामा बुबाको कुरा सुनेर पैसा कमाउन सकिन्न, भोकै मरिन्छ ।” बाबु–आमाले पुर्पुरोमा हात राखेर भाग्यलाई दोष दिई बसे ।
एउटा प्रजातान्त्रिक पार्टीको सभापति र प्रधानमन्त्रीकहाँ कृषि जोशीले गलत दृष्टिकोण राखेको र सिद्धान्तविपरीत काम गरेको बारे धेरै उजुरी भयो । उसलाई बोलाएर आफ्नो राम्रो काम बताउन नेताले सोधपुछ गरे ।
कृषि जोशीले भने, “प्रधानमन्त्रीज्यू, सभापति र साथीहरू, मैले आफ्नै पक्षको मुद्दावालाको शत्रु पक्षसँग मिली म्याद गुजारी एकतर्फी मुद्दा हराई २० लाख रुपैयाँ फिस लिएको हुँ, वर्षको ५–७ हजार रुपैयाँमा तारिख बोकेर साध्य लागेन । दोस्रो मुद्दा हो – गोपाल श्रेष्ठको खेतलाई उसकै मोही गोपाल सुलसुलेको नाममा नामसारी गराई २५–३० लाख लिएको साँचो हो । तेस्रो, नक्कली जग्गा धनी बनाई मोहीकै नाममा जोत र पोत मिलाई दिएबापत २०–३० लाख रुपैयाँ पाएको हुँ । त्यसमध्ये ५–७ लाख रुपैयाँ प्रधानमन्त्री, सभापति र पार्टीलाई चढाएको थिएँ । निर्वाचनमा त्यही रकम खर्च गरेको हुँ । अब म न्यायपालिकाको भागबन्डामा मेरो नाम पार्टीबाट जावस् भनी निवेदन गर्दै छु ।”
पूर्वप्रधानमन्त्री, पार्टी सभापति र नेताहरूले आपसमा मुखामुख गरे । तर, कृषि जोशीलाई बाहिर जान सड्ढेत गरे । सभापतिले लाचार भावमा बोल्यो, “यस्तै यस्तै व्यक्तिहरू पालेर चुनाव कसरी जितिन्छ ?”
चित्रः अलीबाबा डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *