भर्खरै :

एमसीसी पारित गराउन ‘रअ’ प्रमुखको नेपाल भ्रमण

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल विमान चार्टर गरेर काठमाडौँ आई प्रधानमन्त्रीलगायत नेताहरूसँग भेटे । दुवै देशमा कोभिडले सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको बेला भारतको गुप्तचर निकायका प्रमुख विमान चार्टर गरेर काठमाडौंँ आई नेपालको राजनीतिक नेतृत्वसँग बाक्लो भेटघाट गर्नुलाई सामान्य मान्न सकिन्न ।
२०६२–६३ को जनआन्दोलन वरपर भारतका कर्मचारी र गुप्तचर विभागका अधिकारीहरूले नेपालका नेताहरूसँग सीधा कुराकानी गरी उर्दी जारी गर्थे । राकेश सुदजस्ता तत्कालीन भारतीय राजदूतले नेपालको राजनीतिमा खुलमखुला हस्तक्षेप गरेका थिए । भारतका उच्च राजनीतिक नेतृत्वसम्म नेपालका राजनीतिक नेताहरूको सीधा सम्बन्ध निकै पातलो थियो । नेपालका नेताहरू भारतको एक जना कर्मचारीसामु झुकेर कुरा गर्ने तत्कालीन परिस्थितिमा भएको १२ बुँदे समझदारीले नेपालमा भारतीय हस्तक्षेप अझ बाक्लो बनायो । नेपालका नेताहरूले आफ्नो तह र हैसियत भुलेर व्यवहार गर्दा भारत नेपालमाथि हस्तक्षेपमा उत्रन अझ उत्साहित भयो । देशको सार्वभौमिकता र प्रतिष्ठाको कुनै ख्याल नगरी नेपालका शासक दलका नेताहरू भारतीय कर्मचारीहरूलाई भेट्न होटल होटल चहार्थे । बुधबार सामन्तकुमार गोयलको नेपाल आगमन र दौडधुपले झन्डै त्यस्तै दृश्य पुनरावृत्ति भएको धेरैले अनुभव गरे ।

दक्षिण एसियाली तथा पुर्वी एसियाली देशहरूलाई संरा अमेरिकाले यो गठबन्धनमा सामेल गर्न अनेक उपाय अपनाइरहेको छ । नेपाललाई एमसीसीमा सामेल गर्न यतिबेला भारतीय कार्ड प्रयोग गरिरहेको छ । नेपालले आफ्नो छिमेकी चीनविरूद्धको गठबन्धनमा कुनै पनि अवस्थामा सामेल हुनु आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नुसरह हुन्छ ।

यतिबेला गोयलको नेपाल भ्रमणको मुख्य अभिप्राय नेपाली जनताको व्यापक विरोधका कारण शासक दलहरूले अलमल गरिरहेको अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) पारित गर्न दबाब दिनु भएको विश्लेषण गर्न सकिन्छ । भारत असंलग्न आन्दोलनको संस्थापन देश भएर पनि मोदी सत्तासीन भए यता उनले असंलग्न नीतिप्रति लगातार बेवास्ता गर्दै आएका छन् । उनी असंलग्न देशहरूको सङ्गठन नामका सम्मेलनहरूमा सहभागी बन्न जति अनिच्छुक छन्, त्यत्ति नै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध विस्तार गर्न उत्साहित छन् । संरा अमेरिकामा आयोजित ‘हाउडी मोदी’ र भारतमा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रमहरूले भारत संरा अमेरिकाकै पुच्छर समात्न उत्सुक भएको प्रस्ट देखिन्छ । चीनलाई चारैतिरबाट घेर्ने र उसको आर्थिक समृद्धिको गतिलाई रोक्न तल्लीन संरा अमेरिकाको लागि पनि चीनसँग वैमनस्य सम्बन्ध भएको एसियाकै ठूलो शक्ति आफ्नो तखतमा आउनु सुखद कुरो हो । संरा अमेरिकाले एसियाली देशहरूलाई आफ्नो प्रभावअन्तर्गत पार्न यतिबेला एमसीसी परियोजना अघि बढाइरहेको छ । एमसीसी परियोजनामा एसियाली देशहरूलाई समावेश गरी चीनको दैलोमा चीनविरोधी मोर्चा खोल्नु नै संरा अमेरिकाको अभिप्राय हो । भारत आज यो परियोजना विस्तारको मतियार बनेको छ ।
संरा अमेरिकाको साम्राज्यवादी चरित्रको कारण नेपाली जनताले सुरूबाटै एमसीसी परियोजनाको विरोध गरे । सत्तारूढ दल र प्रमुख प्रतिपक्ष एमसीसी पारित गर्ने पक्षमा छन् । तथापि जनताको व्यापक विरोधको कारण यो अझै पारित भएको छैन । संरा अमेरिका र भारत नेपालले चाँडोभन्दा चाँडो यो परियोजना पारित भएको हेर्न चाहन्छन् । बुधबार गोयलको नेपाल भ्रमणको मुख्य अभिप्राय एमसीसी पारित गराउन सरकारलाई दबाब दिनुको मुख्य लक्ष्य यही भएको स्पष्ट छ । यसै साता अमेरिकी राजदूतले अर्थमन्त्रीलाई भेटेर एमसीसी पारित गर्न दबाब दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एमसीसी प्रस्ट संरा अमेरिकी सैनिक गठबन्धन हो । विशेषतः आफ्नो प्रतिस्पर्धीको रूपमा उदाइरहेको चीनलाई चारैतिरबाट हमला गरी कमजोर बनाउन सहायताको नाममा संरा अमेरिकाले सो सैनिक गठबन्धन अघि सारेको हो । यसकारण यो गठबन्धन चीनविरोधी गठबन्धन भएकोमा कुनै विवाद छैन । दक्षिण एसियाली तथा पुर्वी एसियाली देशहरूलाई संरा अमेरिकाले यो गठबन्धनमा सामेल गर्न अनेक उपाय अपनाइरहेको छ । नेपाललाई एमसीसीमा सामेल गर्न यतिबेला भारतीय कार्ड प्रयोग गरिरहेको छ । नेपालले आफ्नो छिमेकी चीनविरूद्धको गठबन्धनमा कुनै पनि अवस्थामा सामेल हुनु आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नुसरह हुन्छ । कसैको दबाबमा परेर शासकहरूले देश हितविपरीतको कुनै पनि कदम चाले तिनको सत्ताको लागि मात्र होइन, नेपाल र नेपाली जनताको निम्ति हानिकारक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *