भर्खरै :

बालबालिकामाथि कहिलेसम्म उपेक्षा ?

  • कार्तिक ७, २०७७
  • श्यामकृष्ण खुलिमुली
  • विचार

 

कोरोनाको कहरले शिक्षा क्षेत्र ठप्प प्रायः छ । यसको सबभन्दा बढी मारमा परेका छन् बालबालिकाहरू । यसले उनीहरूको नियमित दैनिकी फेरिएको छ । कतिपय बालबालिकाले यो अवधिमा अनेक जीवनोपयोगी सीप सिक्ने मौका पाएका छन् । तर, कामकाजी र यान्त्रिक जीवन बाँच्ने अभिभावकका लागि भने बालबालिकालाई दिनभरि नै समय दिनुपर्दा कष्टकर पनि बनेको होला ।
नेपालमा हरेक पटक कुनै समस्या र विपद् आइपर्दा सबभन्दा बढी उपेक्षित हुने बालबालिका नै हुन् । चाहे त्यो प्राकृतिक विपत होस् चाहे त्यो आन्दोलन वा बन्द हड्ताल होस्, चाहे त्यो कोरोनाजस्तै महामारी नै होस् । भन्ने बेला सबैले बालबालिकालाई भविष्यका कर्णधार मान्छन् तर व्यवहार ठीक उल्टो छ । राज्यले समेत उनीहरूको समस्यालाई राम्रोसँग सम्बोधन गर्न नसकेको अवस्था छ ।
विद्यालयहरू बन्द छन् । बालबालिकाहरू घरभित्र रहन बाध्य छन् । यस्तो बेला उनीहरूलाई जीवनोपयोगी सीप सिकाउने हो, सिर्जनात्मक हुन सिकाउने हो, अध्ययन गर्न लगाउने हो तर यस्तै बेला मूलाधारका पत्रपत्रिकामा छापिने साप्ताहिक परिशिष्टाड्ढहरू बन्द छन् । उनीहरूलाई सही मार्गमा डो¥याउने, महामारीबाट बच्न र सकारात्मक जीवन जिउन सिकाउने बेलामा मूलाधारका दैनिक पत्रपत्रिका आफ्नो कर्तव्यबाट विमुख भएका छन् । व्यापारसँगै सेवा गर्छौँ भन्नेहरूले हात्तीको नक्कली दाँत त देखाइरहेका छैनन् ? अहिले मात्र होइन कुनै चाडपर्व, विशेष दिन आदिमा समेत पत्रपत्रिकाले क्षमाप्रार्थी (कसैले त सूचना पनि जारी नगरी) बाल परिशिष्टाड्ढ निकाल्दैनन् । अनि शनिबार आउँछ, आइतबार आउँछ र आफ्नो पत्रिका पढ्न पाइएला भनेर बसेका बालबालिकाहरू हिस्स पर्छन् । यसप्रति राष्ट्रिय दैनिक पत्र पत्रिकाका प्रकाशक एवं सम्पादकहरूले अझ बढी गम्भीर भएर सोच्नुपर्छ जस्तो लाग्छ । नाफाको अलिकति अंश बालबालिकालाई छुट्याउँदा के फरक पर्छ र ? अरू बेला अनेक पृष्ठ थप्न सकिने तर साप्ताहिकरूपमा बालबालिकालाई एकदुई पृष्ठ थप्न किन कञ्जुस्याइँ गर्नुपर्ने ?
कोरोनाको कहरले गर्दा हाम्रा बालपत्रिका र परिशिष्टाड्ढहरू बन्द छन् । तर, छिमेकी मुलुकमा बन्द भएका छैनन् । सरकारी तवरबाट प्रकाशित एकमात्र बाल पत्रिका पनि नियमित हुन सकेको छैन । हामी बालबालिकालाई अध्ययनमा रुचि जगाउने कुरा गर्दै छौँ । पठन सीपको विकास गर्ने कुरा गर्छौँ । तर, बालबालिकाले पढ्ने एउटा गतिलो र नियमित पत्रिका पनि प्रकाशन गर्नसक्दैनौँ । राज्यले अनेक क्षेत्रमा अनावश्यक लगानी गर्नसक्छ । तर, एउटा गतिलो बाल पत्रिका प्रकाशन गर्न र त्यसलाई आकर्षक साजसज्जामा प्रस्तुत गर्न बजेट छुट्याउन आवश्यक ठान्दैन । योभन्दा लाजमर्दो कुरा अरू के हुनसक्छ ? भविष्यका कर्णधारलाई मरुभूमिमा त्यत्तिकै छाडेर न पानी दिन्छ न पोषण । अनि आफ्नो बालापन बिर्सेर कर्णधारको प्रशंसा गरेरमात्र हुन्छ ? के यसले राम्रो देश निर्माण हुन्छ ?

एकताका ‘मिना’ कार्टुन बालबालिकामाझ ज्यादै लोकप्रिय भएको थियो । तर, आजका बालबालिकाहरू मोटु र पातलु, निन्जा, डोरेमन जस्ता विदेशी कार्टुन हेर्न नपाए खाना खानै मान्दैनन् । के हाम्रो आफ्नै बालपात्र छैन ? के नेपाली भाषामा कार्टुन र बाल चलचित्र निर्माण गर्नसक्दैनौँ ? सरकार स्वयं यसमा अग्रसर हुनुपर्छ ।

विभिन्न समयमा विभिन्न बाल पत्रिका बजारमा देखिए तर ती कुनै पनि दिगो हुन सकेनन् । स्तम्भकार स्वयं पनि विभिन्न समयमा बाल पत्रिकाको सम्पादक भएर काम गरेका थिए । ‘बाल बगैँचा’ बालबालिकामाझ ज्यादै लोकप्रिय बनेको थियो । एउटै विद्यालयमा सयौँ विद्यार्थीहरू नियमित ग्राहक बनेका थिए । विज्ञापनबिना पनि पचास अङ्कसम्म प्रकाशन ग¥यौँ । तर, त्यसपछि बाध्य भएर बन्द गर्नुपर्यो । यसपछि ‘बालबालिका’ मासिकमा संलग्न भएँ । यसलाई नेपालकै एउटा नमुना बाल पत्रिका बनाउने सोचले कागतको गुणस्तर र साजसज्जामा कुनै सम्झौता गरेनौँ । राम्रो चिल्लो कागतमा रङ्गीन बाल पत्रिका निकाल्यौँ । तर, सोचेजस्तो विज्ञापन आएन । विज्ञापन माग्न जाँदा बाल पत्रिकालाई वास्तै गर्दैनन् । म स्वयं पनि एउटा नाम चलेकै बैङ्कको सानो न्यूनतम विज्ञापनमा माग्न दशपल्ट धाएँ । सरकारी विज्ञापन त सूचना विभागको वर्गीकरणमा परेकोलाई बाहेक अरूलाई दिइँदैन भनेर दिइएन । कतिपयले दिए पनि हजार, पन्ध्र सयको विज्ञापन दिए । यसरी बाल पत्रिकालाई विज्ञापन नदिने भएपछि प्रेस र कागजको बक्यौता बढ्ने नै भयो । पत्रिका बिक्रीबाट कति नै आउँथ्यो र ? कागज किन्न पनि नपुग्ने । त्यसपछि प्रेस खर्च, डिजाइनर, बिक्रेता, चित्रकार, लेखक आदिको रकम जोड्दा हरेक अड्ढ घाटामा जाने नै भयो । नमुना बाल पत्रिका बनाउन हरतरहले कोसिस ग¥यौँ । तर, टिकाउन सकिएन ।
नेपालमा बालबालिकाको लागि काम गर्ने विभिन्न सङ्घसंस्थाहरू छन् । मन्त्रालय छ । तर, बालबालिकाप्रति जति लगानी गर्नुपर्ने हो, जस्तो अध्ययन सामग्री बनाउनुपर्ने हो, मनोरञ्जनका सामग्री निर्माण गर्नुपर्ने हो त्यो भइरहेको छैन । एकताका ‘मिना’ कार्टुन बालबालिकामाझ ज्यादै लोकप्रिय भएको थियो । तर, आजका बालबालिकाहरू मोटु र पातलु, निन्जा, डोरेमन जस्ता विदेशी कार्टुन हेर्न नपाए खाना खानै मान्दैनन् । के हाम्रो आफ्नै बालपात्र छैन ? के नेपाली भाषामा कार्टुन र बाल चलचित्र निर्माण गर्नसक्दैनौँ ? सरकार स्वयं यसमा अग्रसर हुनुपर्छ ।
आमाबाबुले आफ्ना सन्तानको हेरचाह निम्ति आफ्ना इच्छा र आकाङ्क्षा त्याग्छन् । उनीहरूको इच्छा आकाङ्क्षा पूरा गर्नका निम्ति भोक, प्यास र अभाव सहन्छन् । हरेक आमाबाबुले आफ्नो सन्तान राम्रो बनोस्, भविश्य बनोस् भनेर सङ्घर्ष गर्छन् । यसरी नै एउटा समाज, संस्था वा राष्ट्रले पनि बालबालिकाको भविश्यको बारेमा सोच्नुपर्छ । भविष्यका कर्णधार भनेरमात्र हुँदैन, तिनको आधारस्तम्भ पनि तयार गर्नुपर्छ । जसरी बालबालिकालाई उचित मात्रामा पोषक तत्व दिन नसक्दा उनीहरू कुपोषित हुन्छन् । त्यसरी नै सही मार्ग दर्शन दिन नसक्दा उनीहरूले बाटो बिराउन सक्छन् । उनीहरूलाई उपेक्षा गर्नु भनेको भोलिको दिनलाई अन्धकार बनाउनु हो । त्यसैले कम्तीमा पनि पढ्न चाहने, पढ्न खोज्ने, चित्रमा रमाउने र सिर्जनशील बन्न खोज्ने बालबालिकाको लागि एउटा मञ्च तयार गर्नुपर्छ । यसमा अभिभावक, शैक्षिक संस्था, सञ्चारमाध्यम, सरकार सबैले हातेमालो गर्नुपर्छ । मनोरञ्जनले भरिपूर्ण, सिर्जनशील बनाउने र पठन सीप क्षमता अभिवृद्धि गर्ने बालोपयोगी बाल पत्रिका, कार्टुन, चलचित्र निर्माणको पहल गर्नुपर्छ । बालबालिकालाई उपेक्षा होइन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्छ । अलिकति फराकिलो सोच राखेर, आत्म समीक्षा गरेर इच्छा भाव राख्ने हो भने बालपत्रिका, बाल परिशिष्टाड्ढ निकाल्न न त सरकारलाई गा¥हो छ, न त मूलाधारका दैनिक पत्रिकालाई बढी व्यतर नै पर्नजान्छ । अन्त अलि कम खर्च गरेर हुन्छ कि अलि बढी मितव्ययी बनेर हुन्छ, बालबालिकालाई सिर्जनशील बनाउने र कर्णधार बनाउने काममा सबैले जिम्मेवारीबोध गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *