भर्खरै :

एकजना गुप्तचरले ल्याएको पराकम्प !

फुलेको कपालमा मेहन्दी लगाएर कालो बनाएको तर समयसँगै खुइलिन थालेपछि फेरि सेतै देखैजस्तै भयो ओलीको नक्कली राष्ट्रवाद । कुनै ठूलो देशको एउटा विभागीय प्रमुखले अर्को सानो देशको कार्यकारी प्रमुखलाई भेटेर कुराकानी गर्नुलाई कुनै हालतमा कूटनीतिको दर्जा दिन सकिँदैन । पक्कै पनि उनले कुनै गलत एजेन्डालाई नेपालको कार्यकारी प्रमुखबाट अनुमोदन गराउने उद्देश्यले भेटेको हुनुपर्छ । “दाल में कुछ काला हे” जस्तै छ, भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीबाहेक अर्को व्यक्तिको उपस्थिति नहुनु । विदेशी राजदूत वा अन्य जो कोहीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री वा कुनै पनि उच्च ओहदाको व्यक्तित्वलाई भेट गर्दा परराष्ट्र मन्त्रालयको कर्मचारीको अनिवार्य उपस्थिति हुनुपर्ने निर्णयको धज्जी उडाउँदै भारतीय गुप्तचर विभाग (रिसर्च एन्ड एनलाइसिस विंग, ‘रअ’) प्रमुख सामन्तकुमार गोयलको प्रधानमन्त्रीसँग गोप्य भेटघाट हुनु मुलुक दुर्घटनातिर लम्कदै छ भन्ने अनुमान गर्न सकिन्छ । ओलीकै बोलीमा भन्नु पर्दा ‘चान्स पायो कि’ जो भेट्टाए पनि आफ्नो ओहदा र मर्यादा बिर्सेर नौटड्ढी देखाई हाल्ने ! भारतीय पक्षधर भनेर चिनिएका राजेन्द्र महतो, उपेन्द्र यादवले समेत पारित गरेको हाम्रो चुच्चे नक्सा कट्टर राष्ट्रवादी भनिने ओलीले दसैँको शुभकामना सन्देशको निशान छापमा सखाप पारिदिएछन् ।
अर्को शड्ढाको कुरा, नेपालका नेताहरूलाई पङ्गु बनाउन गोप्य भनिएको भ्रमणको खबर पत्रकारलाई भारतीय सरकारबाटै दिइन्छ होला । यता गोप्य भनिएको भएर नेताहरूले भेटेकै छैन भन्दै ढाँट्दै हिँड्ने अनि उता फोटोसहित सबै समाचार पत्रिकामा छापिने । नेपाली जनता र नेताबीचमा फाटो ल्याउने यो षड्यन्त्रकै पाटो हुनुपर्छ । यही प्रसङ्गलाई जोडेर अहिले भारतीय मिडियामा नेपाल झुक्यो, नेपालका प्रम ओली ठाउँमा आयो भन्ने ढङ्गले समाचार प्रसारण गरिसक्यो ।
राजा वीरेन्द्र परिवारको वंश नासको जिम्मेवार ‘रअ’ नै भनिन्छ । मदन भण्डारीको हत्या रअको निर्देशनमा भएको भनिन्छ । त्यही रअ ओलीलाई भेट्न सुटुक्क किन आयो ? नेपाली जनतामा कम्पन आउनु स्वाभाविक छ । नेपाल–भारत सम्बन्ध एउटा गुप्तचरले पहल गर्नुपर्ने निम्छरो स्तरमा भइसकेको हो र ? गुप्त संस्थाको गुप्त तलब खाने हरेक राजनैतिक पार्टीका नेताहरू यस्ता गुप्तचरको गोडा मोल्ने गरिरहेका छन् ! सिक्किम आफैँ बिलय भएको हैन । हुन त माओवादी द्वन्द्व हुँदा रअका एजेन्ट प्रत्यक्ष सम्पर्कमा बसेर प्रचण्ड र बाबुरामलाई निर्देशन दिने गरेको र उनीहरूलाई पूर्ण सुरक्षा प्रदान गरेको पनि नेपाली जनतालाई राम्ररी थाहा छ । बाबुराम र प्रचण्डले भारतको गुप्तचरलाई हालेको बिन्तीपत्रको प्रतिलिपि पनि नेपाली जनताले देखेकै हुन् । नेपालका ठूला भनाउँदा अधिकांश नेताहरू सबै रअले नै जन्माएर पालनपोषण गरेका हुनाले उनीहरू निर्धक्कका साथ जतिबेला जुन नेतासँग पनि भेट्न आउँछन् । भारतीय जासुस कुल भूषण जाधवको कुरा यहाँ स्मरणीय हुन्छ, उनलाई पाकिस्तानी भूमिमा भेटिएकोले मृत्युदण्डको लागि पाकिस्तान सरकारले कारबाही अगाडि बढायो । विदेशी जासुस आफ्नो भूमिमा भेटिएमा सबैजसो देशले यस्तै गर्ने गर्छन् । तर, नेपालमा त खुलमखुला आउँछन् र नेताहरूसँग भेटवार्ता गर्छन् ।
भारतीय गुप्तचरसँग बेइज्जतिपूर्ण भेट र भोलिपल्टै प्रधानमन्त्रीको आधिकारिक शुभकामना सन्देशमा त्रुटिपूर्ण नक्सा आउनु संयोगमात्र होइन, प्रयोग हुनुपर्छ । नक्सा जारी भएपछि विद्यालयस्तरको पाठ्यपुस्तकमा सो नक्सा छापिएको पुस्तक वितरण गर्न स्वीकृती नदिनु, दसैँको उपलक्ष्यमा देशवासीलाई दिएको शुभकामना सन्देशको निशान छापमा नेपालको नक्साबाट नयाँ समाहित स्थानहरू गायव हुनु र शुभकामना सन्देशको अघिल्लो दिन भारतीय गुप्तचर गोयलसँग प्रधानमन्त्रीको करिब तीन घण्टा गोप्य भेटवार्ता हुनु अवश्य पनि संयोग होइन ।
अब यो राष्ट्रवाद नक्कली र जनता झुक्याउने खेल रहेछ भनेर अरू प्रमाणहरू उल्लेख गरिरहनु पर्छ र ? शरम नभएका प्रधानमन्त्रीका सल्लाहकारहरूको स्पष्टीकरण आयो, “नक्सा हेर्न नजान्ने ट्विटेहरू, प्रधानमन्त्रीले प्रयोग गरेको निशान छापमा परेको नक्साको चुच्चो मन्द बुद्धिवालाहरूले देख्दैनन् ।” त्यसलाई देख्न त “कथाका नाङ्गो बादशाहको शरीरमा सुन्दर कपडा देख्न सक्ने दिव्यदृष्टि चाहिन्छ” होइन र, प्रमका प्रेस सल्लाहकार थापाज्यू ? हाम्रो देशका प्रधानमन्त्रीले आफूलाई एक भारतीय कर्मचारी बराबरको हैसियत प्रस्तुत गर्नु भनेको हाम्रो राष्ट्रिय स्वाभिमानमा खुलमखुला हस्तक्षेप गराउनु हो । हाम्रा देशका सुरक्षा प्रमुख जाँदा मोदीले प्रोटोकल तोडेर भेट देलान् त ? यस्तो प्रोटोकल नमिलेको वार्ताले गर्दा जनतामा पराकम्प गएको छ । सोच्ने बेला आएको छ । अब पनि ढिला भो भने भविष्यमा नेपाल भारतको नयाँ प्रान्त बन्न बेर लाउँदैन ।

हलेदो हो भन्ने जानेपछि कोट्याइरहनु पर्दैन तैपनि ओलीका कथित राष्ट्रवादी अडानहरू मुलुकको स्वार्थ र सुरक्षासँग विवेकी नभएर व्यक्तिवादी लहड, अहंम र आन्तरिक राजनीतिक दाउपेचका परिणाममात्र हुन् भन्न सकिन्छ ।

ओली सारमा घोर दक्षिणपन्थी, पुरातनवादी एवं प्रतिगमनकारी हुन् भन्ने तथ्य उनले देखाएको नक्कली राष्ट्रवादको नाङ्गो नाचबाट प्रस्ट हुन्छ । जसरी कुनै निश्चित फेसन चलेको समयमा मानिसहरू त्यहीअनुरूप डे«स लगाउने गर्छ तर समयसँग फेसनमा परिवर्तन आएपछि त्यही मान्छेले ड्रेस पनि परिवर्तन गर्छ । हो, यसरी नै ओलीले तात्कालीन समयमा कम्युनिस्ट आन्दोलनलाई फेसनको रूपमा लिएर क्रान्तिकारी बने होलान् तर वास्तविक रूपमै कम्युनिस्ट हो भन्नेमा शङ्गा लाग्छ । हलेदो हो भन्ने जानेपछि कोट्याइरहनु पर्दैन तैपनि ओलीका कथित राष्ट्रवादी अडानहरू मुलुकको स्वार्थ र सुरक्षासँग विवेकी नभएर व्यक्तिवादी लहड, अहंम र आन्तरिक राजनीतिक दाउपेचका परिणाममात्र हुन् भन्न सकिन्छ ।
“यो नभए त्यो” र “त्यो नभए यो” भन्ने रणनितिमा अग्रसर ओलीले सत्ता टिकाउनकै लागि पनि राष्ट्रवादको हुर्मत लिएरै छाड्ने देखिन्छ । चिरनिद्रामा सुतेको जनता ओली राष्ट्रवादी नेता भनेर सपना देखिरहेको छ । जब सपनाबाट बिउँझिन्छ तब जनताले देख्नेछन् आँखैअगाडि भारतीय सेना बुट बजार्दै हिँडेको । जनता निद्राबाट जाग्न ढिला गर्नुहुँदैन । देश रहे सपना पछि पनि देख्न सकिन्छ । हैन भने राष्ट्रवाद ओलीको सत्ता टिकाउने वस्तुको रूपमा परिवर्तन हुँदै छ । टुलुटुलु बसेर नहेरूँ । देशको चिरहरणपश्चात् खुलेको निन्द्राले नेपाल भन्ने देसको अस्तित्व नै नामेट भएको पाइनेछ ।
अन्तमा, एउटा गुप्तचरको भ्रमणपछि फेरि नेपाललाई हेपेर बोल्ने भारतका सेनापति मनोजमुकुन्द नरावणे आउँदै छन् । फेरि के षड्यन्त्र मच्चाउने हुन् ? अर्को दरबार हत्या काण्डको गोप्य मन्त्रणा हुन दिनु हुँदैन । नक्कली राष्ट्रबाद को मुकुण्डो उतार्नै पर्छ । जनतालाई प्रधानमन्त्री र ‘रअ’ को प्रमुखबीच के–के कुरा भएको थियो त्यो प्रस्ट जानकारी दिनुपर्छ । प्रजातन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *