भर्खरै :

नयाँ रणभूमि बन्ने जोखिममा दक्षिण एसिया

मङ्गलबार संरा अमेरिका र भारतबीच भएको एउटा अर्को सैनिक सम्झौताले दक्षिण एसियालाई आफ्नो नयाँ आधार बनाउन वाशिङ्टनले भरपूर तयारी गरिरहेको प्रस्ट सङ्केत गरेको छ । संरा अमेरिकी सैनिक भूउपग्रहबाट आउने सूचना भारतीय सेनालाई पनि उपलब्ध गराउनेसम्बन्धी सो सम्झौता गरेर वाशिङ्टनले औपचारिकरूपमै भारतलाई आफ्नो मोर्चामा सामेल गराउन खोजिरहेको छ । आश्चर्यको कुरा त के हो भने सो सम्झौता गर्न संरा अमेरिकाका दुई जना सचिव–परराष्ट्र सचिव माइक पम्पेओ र रक्षा सचिव इस्टर भारतमा पुगेका थिए । उनीहरूले सम्झौतामा हस्ताक्षरपछि आयोजित पत्रकार भेटघाटमा प्रस्ट शब्दमा ‘चीनसँग लड्न संरा अमेरिकाले भारतलाई सहायता गर्ने’ घोषणा गरेका छन् । उनीहरूले हालै चीन र भारतबीचको सीमा क्षेत्रमा भएका केही द्वन्द्वलाई उछालेर एसियाका दुई ठूला देशबीच झगडा लगाउन खोजिरहेको प्रस्ट छ ।

डलरको लोभ देखाएर एसियाली देशलाई आफ्नो चीनविरोधी मोर्चामा सामेल गर्नु नै एमसीसीको खास प्रयोजन हो । चीनको उदयलाई संसारमाथि आफ्नो एकछत्र राजविरुद्धको चुनौती मानेको संरा अमेरिकी शासक वर्गले सुरुमा चीनभित्रै छिद्रहरूको खोजी गरेको थियो । ताइवान, हङकङ र सिन्जियाङमा संरा अमेरिकाले चिनियाँ जनताबीच विखण्डन र विभाजन ल्याउने प्रयासलाई त्यसकै सिलसिला मान्नुपर्छ । साम्राज्यवादी शक्ति यो काममा असफल भयो ।

चीन र भारतबीचको सीमा विवाद ‘इतिहासले नसुल्झाई छोडेका विवाद’ हुन् । सीमा जोडिएका देशमा कतिबेला सीमाकै विषयमा सानातिना भनाभन हुनु सामाजिक व्यवहारमा जस्तै स्वाभाविक हो । सँधियारहरूबीच कतिबेला सानातिना झगडा भएजस्तै । तर, त्यस्ता झगडामा बाहिरी शक्तिले बदनियतका साथ हात हाल्दा समस्या अझ बल्झिने गर्छ । दुवै पक्षबीच आपसी संवादमा यस्ता समस्याको समाधान गर्न जरुरी हुन्छ । भारत र चीनलाई लडाएर यतिबेला संरा अमेरिका ‘चिनी झार्न’ उद्यत्त छ । चीनसँग लड्न संरा अमेरिकाले भारतलाई लगातार हातहतियार दिंदै आएको छ । संसारको महाशक्ति देश बन्ने महत्वाकाङ्क्षा पालेको भारतीय शासक वर्ग, विशेषतः अहिलेको मोदी सरकार संरा अमेरिकासँग हात मिलाउँदा आफू पनि महाशक्ति बन्ने भ्रममा छ । खासमा संरा अमेरिकाले भारतको काँधमा बन्दुक राखेर चीनतिर हमला गर्न खोजिरहेको छ ।
यही क्रममा उनले श्रीलङ्का, माल्दिभ्स र इन्डोनेसियाको पनि भ्रमण गरे । ती देशहरूमा पम्पेओको भ्रमणको मुख्य अभिप्राय अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) मा सामेल गर्नु हो । डलरको लोभ देखाएर एसियाली देशलाई आफ्नो चीनविरोधी मोर्चामा सामेल गर्नु नै एमसीसीको खास प्रयोजन हो । चीनको उदयलाई संसारमाथि आफ्नो एकछत्र राजविरुद्धको चुनौती मानेको संरा अमेरिकी शासक वर्गले सुरुमा चीनभित्रै छिद्रहरूको खोजी गरेको थियो । ताइवान, हङकङ र सिन्जियाङमा संरा अमेरिकाले चिनियाँ जनताबीच विखण्डन र विभाजन ल्याउने प्रयासलाई त्यसकै सिलसिला मान्नुपर्छ । साम्राज्यवादी शक्ति यो काममा असफल भयो । पहिलो रणनीतिको असफलतापश्चात् संरा अमेरिका अहिले चीन वरपरका देशहरूलाई आफ्नो पोल्टामा पारेर चीनलाई घेर्ने र सिध्याउने रणनीतिमा लागेको छ । यो रणनीति सफल पार्न संरा अमेरिकाले भारतलाई सबभन्दा उपयुक्त भूमि मानेको छ । भारतीय जनताको जीवनस्तर उकास्नतिर भन्दा शक्तिशाली बन्ने धुनमा लागेका भारतीय शासक वर्ग अमेरिकी जालोमा सजिलै फस्दै गएको देखिएको छ ।
संरा अमेरिकी साम्राज्यवादले जहाँ जहाँ पाइला राख्छ, त्यहाँ रगतको खोलो बगेको इतिहासले देखाएको छ । मध्यपूर्व यसको सबभन्दा प्रस्ट उदाहरण हो । संरा अमेरिकी साम्राज्यवाद अहिले क्रमशः दक्षिण एसिया र पूर्वी एसियातिर केन्द्रित बन्दै छ । चीनलाई घेर्ने र उसको उदयलाई अवरोध गर्ने संरा अमेरिकी ध्येय घामजत्तिकै छर्लङ्ग छ । दक्षिण र पूर्वी एसियालाई नयाँ रणभूमि बनाउने संरा अमेरिकी योजना विफल बनाउने एउटै बाटो भनेको एसियाली देशहरूबीचको एकता हो । हिजो उपनिवेशवादविरुद्ध सङ्घर्ष गरेको साझा इतिहास बोकेका यी देशहरूले आज साम्राज्यवादविरुद्ध एकजुट हुनु नै एकताको आधार हो । घर जलाएर खरानीको व्यापार गर्ने मूर्खता कसैले पनि गर्नु ठीक होइन । भारतीय शासक वर्ग आज महाशक्ति बन्ने महत्वाकाङ्क्षा पूरा गर्न आफ्नो देशमा आगो झोस्न लागिपरेका छन् । मङ्गलबार भएको सम्झौता यसको एउटा उदाहरण हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *