भर्खरै :

भोल्टाएरका ‘सिँह र मुसा’

दार्शनिक भोल्टाएरले भनेका थिए, “मलाई हजार वटा मुसाले भन्दा एउटा सिँहले गरेको शासन मनपर्छ ।” फ्रान्सेली क्रान्तिताका त्यहाँको राजनीतिक अस्थिरता र शासकहरूबीचको झगडाको विरोध गर्दै व्यक्त भोल्टाएरको यो भनाइले शासन सत्तामा कमजोर र प्रभावहीन नेतृत्व हुँदा जनताले पाउने दुःखबारे सङ्केत गर्छ । निःसन्देह ‘सिँह’ को अर्थ कोही तानाशाह वा इतिहासको गर्तमा थन्किसकेको परम्परागत संस्था होइन । बरू जनताबाट निर्वाचित प्रभावशाली राजनीतिक नेतृत्व भन्ने हो । नेपालको आजको राजनीतिक परिस्थितिमा शासकहरूबीचको छिनाझम्टीबाट वाक्क भएका जनता भोल्टाएरको यो भनाइ सम्झिरहेका छन् ।
सञ्चारमाध्यममा सत्तारूढ दल नेकपाभित्रका विभिन्न गुटबीचको झगडाको चर्चा छ । विशेषतः पूर्वएमाले र पूर्वमाओवादी नेताहरूबीचको आपसी झगडा पेचिलो बन्दै गएका समाचारहरूले जनाएका छन् । त्यसो त नेकपा नेताहरूबीचको झगडा, बोलचाल बन्द, विवाद कुनै नयाँ कुरा होइन । एमाले र माओवादीबीच ‘एकता’ को घोषणा भएकै क्षणबाट झगडा आरम्भ भएको थियो । चुनावी समीकरणले ‘नचिताएको सफलता’ पाएपछि उनीहरूबीचको एकता टिकेको थियो । सत्ताको स्वाद चाख्न दुवै मिलेर बस्नुको विकल्प पनि थिएन । तर, दुई गुट र गुटभित्रका उपगुटहरूबीच लगातार पद, पैसा, सुविधा, पहुँचको लागि माथिदेखि तलसम्म गहिरो विभाजन रहेको हरेक पटकको राजनीतिक घटनाक्रममा उजागर हुँदै आएको छ । विडम्बना ! यस्ता झै–झगडाले पार्टीको विचारधारा र कार्यक्रमसँग कुनै सरोकार राख्दैन । यो विशुद्ध सिद्धान्तहीन झगडा हो ।

नेकपाभित्र नेताहरूको झै–झगडा पनि सरकारको असफलता छोप्न गरिएको गोयबल्सको प्रचारमात्र हो । शासक दलसँग राजनीतिक नैतिकताको अंशमात्र बाँकी हुँदो हो त यतिबेला सम्पूर्ण जोड जनताको स्वास्थ्यमा केन्द्रित गरिनुपथ्र्यो । ‘आपतको समयमा सरकार हाम्रो साथमा उभिदिएको छ’ भन्ने अनुभूति जनतालाई दिलाउन सक्नुपर्छ । मुसाहरूको लडाईँले राज्य चल्दैन । देश समस्यामा परेको बेला जनताले बहुमतको भाग्य बनाइदिएका शासकले सिँहले जस्तो शासन गर्नसक्नुपथ्र्यो । प्रधानमन्त्री आज आफै किंकर्तव्यविमूढ अवस्थामा छन् । आफ्नो कुनै पनि दायित्व पूरा गर्न असफल भए पनि उनले अझै लाज पचाएर हुँकार गर्न छोडेका छैनन् ।

सत्तारूढ दलका नेताहरूबीचको यो ‘मुसा लडार्इँ’ को कारण देश र जनताले यतिबेला दुःख भोग्नुपरेको छ । नेताहरूबीचको आपसी खिचातानी र झै–झगडाको कारण सरकार निष्प्रभावी बनेको छ । जनताले आपत्को यो बेला सरकारको अभाव महसुस गर्न थालेका छन् । कोभिड सङ्क्रमणले उचाइ लिइरहेको बेला सरकारले महामारी नियन्त्रणमा पूर्णतः बेवास्तामात्र गरेको छैन, बरू महामारी नियन्त्रणमा सरकारी असफलता छोप्न विषयान्तर गर्ने प्रयास गरिरहेको छ । शासकहरू आफ्नो आधारभूत दायित्वमा अकर्मण्य बनिसकेपछि अन्य विषयमा चर्को स्वरमा हल्ला मच्चाउने गर्छन् । शासक दलले नै दानापानी दिएर चलाएका सञ्चारमाध्यमले यसलाई अझ चर्को बनाइदिन्छन् । जनता तिनै हल्ला सुनेर देशको प्रमुख विषय नै त्यही प्रचारबाजीलाई सोच्छन् र सरकारको मुख्य असफलतालाई थाती राख्छन्, आफ्ना समस्याबारे सरकारको विरोध गरिहाल्न अनकनाउँछन् । यसलाई गोयबल्सको प्रचारशैली पनि भनिन्छ । असत्यलाई बारम्बार दोहो¥याएर सत्यलाई छोप्नु नै गोयबल्सको प्रचारशैली हो ।
नेकपाभित्र नेताहरूको झै–झगडा पनि सरकारको असफलता छोप्न गरिएको गोयबल्सको प्रचारमात्र हो । शासक दलसँग राजनीतिक नैतिकताको अंशमात्र बाँकी हुँदो हो त यतिबेला सम्पूर्ण जोड जनताको स्वास्थ्यमा केन्द्रित गरिनुपथ्र्यो । ‘आपतको समयमा सरकार हाम्रो साथमा उभिदिएको छ’ भन्ने अनुभूति जनतालाई दिलाउन सक्नुपर्छ । मुसाहरूको लडाईँले राज्य चल्दैन । देश समस्यामा परेको बेला जनताले बहुमतको भाग्य बनाइदिएका शासकले सिँहले जस्तो शासन गर्नसक्नुपथ्र्यो । प्रधानमन्त्री आज आफै किंकर्तव्यविमूढ अवस्थामा छन् । आफ्नो कुनै पनि दायित्व पूरा गर्न असफल भए पनि उनले अझै लाज पचाएर हुँकार गर्न छोडेका छैनन् । शासकको सफलता जनताको ओठमा झल्किने मुस्कान र सुरक्षा अनुभूतिमा हुन्छ । सिँहदरबार र बालुवाटारमा चम्चेहरूको लाम लामो देखेर खुसी हुने र जनता खुसी छन् भनी सोच्ने शासकहरूको आयु लामो हुँदैन । इतिहासले यही कुरा सिकाएको छ । ओलीको गर्जनमात्र सिँहको जस्तो भयो । तर, काम र व्यवहार मुसा शासकको जस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *