भर्खरै :

मुसलमान समुदायसँग सम्बन्ध सुधारको प्रयासमा माक्रों

पेरिस, १ नोभेम्बर । संसारभरका मुसलमानहरू आफूविरुद्ध खनिएपछि फ्रान्सका राष्ट्रपति इम्मानुएल माक्रोंले तनावलाई कम गर्ने मनसाय व्यक्त गरेका छन् । शनिबार एउटा अरब टीभी च्यानलमा दिएको अन्तर्वार्तामा उनले मुसलमान धर्मगुरु मोहम्मदमाथि व्यङ्ग्य अपमानजनक हुनसक्ने भन्दै त्यस्ता गतिविधिमा फ्रान्सको सरकारी निकायको भूमिका रहेको भन्ने ‘झूट’ को खण्डन गरे ।
गत सेप्टेम्बरको सुरूमा फ्रान्सको एउटा अखबार चार्ली हेब्दोमा धर्मगुरु मोहम्मदमाथि एउटा कार्टुन छापिएको थियो । त्यो घटनाले मुसलमानहरूलाई निकै आक्रोशित बनाएको थियो । उनीहरूले अपमानित भएको अनुभव गरेका थिए । सो कार्टुन पत्रिकाले पुनः प्रकाशन गर्दा त्यसका कार्यालयमा हमला गर्नुका साथै एक जना शिक्षकको हत्या भएको छ । सोही घटनालाई निसस्थित एउटा गिर्जाघरमा अर्को हमला भएको थियो । त्यहाँ तीन जना मृत फेला परेको थियो ।
पछिल्लो एउटा नयाँ घटना फ्रान्सको लिओन सहरमा भएको थियो । प्रहरीको जानकारीअनुसार सो घटनामा हमलाकारीले पिस्तोल लिएर गिर्जाघरमा पसी हमला गर्दा एक जना पादरी घाइते भएका थिए । घटनालगत्तै प्रार्थनास्थल, विद्यालय आदि स्थानको सुरक्षाको लागि हजारौँ सेना परिचालन गरिएको थियो । मन्त्रीहरूले इस्लामिक लडाकुहरूबाट हमला हुनसक्ने भनी सजग बनाएका थिए ।
गत महिना सामुएल प्याटी नामको एक शिक्षकको हत्या भएको थियो । प्याटीले मोहम्मदबारे कोरिएको कार्टुन कक्षामा देखाएका थिए । उनले कक्षामा कुनै धर्मद्रोही व्यङ्ग्यचित्रलाई छुट दिन फ्रान्सले आफ्नो कानुन तोड्न नसक्ने बताएका थिए । सो घटनापछि संसारभर फ्रान्सका राष्ट्रपति माक्रोंविरुद्ध मुसलमानहरूले देशव्यापी प्रदर्शन गरेका थिए ।
नरम कुरा
फ्रान्सका राष्ट्रपतिले कतारबाट प्रसारित हुने अल–जजीरा टीभीमा एउटा लामो अन्तर्वार्ता दिंदै केही नरम हुने सङ्केत दिएका छन् । अन्तर्वार्तामा उनले मुसलमान विश्वबारे फ्रान्सको मनसायबारे आफ्नो भनाइको अपव्याख्या गरेको बताए ।
“यस्ता व्यङ्ग्यले मानिसलाई दुःखित बनाउने कुरा मलाई थाहा छ । तर, हिंसालाई कदापि पनि सही ठह¥याउन सकिन्न”, उनले भने ।
“अहिले उठेको भावना म बुझ्छु । यो भावनाको म सम्मान पनि गर्छु । तर, मेरो भूमिकाबारे तपाईँहरूले बुझिदिनु होला भन्ने मेरो चाहना हो । मेरो भूमिका भनेको अवस्थालाई साम्य बनाउनु हो । त्यो काम अहिले म गरिरहेको छु । सँगै मैले अधिकार रक्षाको पनि भूमिका खेल्नुपर्छ”, माक्रोंले भने ।
उनले भने, “म मेरो देशमा बोल्ने, लेख्ने, विचार गर्ने र चित्र कोर्ने अधिकार रक्षाको सधैँ रक्षा गर्नेछु ।”
झूटमा विश्वास
माक्रोंले धर्मगुरुको कार्टुनबारे राजनीतिक नेताहरूले ‘कुरा बङ्ग्याएको’ प्रति खेद व्यक्त गरे । उनले मानिसलाई अहिलेका सबै गतिविधि फ्रान्स सरकारबाट नै भइरहेको विश्वास गर्न लगाइएको बताए । विभिन्न सञ्चारमाध्यम, राजनीतिक तथा धार्मिक नेताहरूले अन्योलप्रति खेद जनाउँदै उनीहरूले यो सब फ्रान्स सरकारकै योजनाअन्तर्गत भइरहेको भ्रम फैलाइएको बताए ।
टर्कीका राष्ट्रपति रिसिप तायिप इर्डोगनले फ्रान्सेली सामान बहिष्कार गर्न गरेको आह्वानप्रति भत्र्सना गर्दै केही मुसलमान देशहरूले लिएका निर्णय ‘अनावश्यक’ र ‘अस्वीकार्य’ भएको बताए ।
उनले यस्तो भ्रम प्रचार गर्न केही निजी समूह पनि लागेको बताए ।
प्याटीमाथि हमला हुनुअघि नै माक्रोंले फ्रान्समा इस्लामिक अतिवादीहरूविरुद्ध नयाँ कडा अभियान थाल्ने घोषणा गरेका थिए । सन् २०१५ यता फ्रान्समा भएका विभिन्न इस्लामिक हमलामा परी सयौँ मानिसको ज्यान गइसकेको छ । शुक्रबार अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, माली, मौरितानिया र लेवनानमा फ्रान्सको विरोधमा ठूलठूला विरोध प्रदर्शनहरू भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *