भर्खरै :

चन्द्रागिरिमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया

काठमाडौँ, १६ कार्तिक । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरि नगर समितिको आयोजनामा शनिबार ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम अनलाइनमार्फत सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले भारतका गुप्तचर विभागका प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गर्नु कूटनीतिक मर्यादाविपरीत रहेको बताउनुभयो । उहाँले नेकपामा देखिएको विवाद सिद्धान्तहीन एकताको परिणाम भएको स्पष्ट पार्नुभयो ।
आयोजक समितिका उपाध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, श्यामकुमार महर्जन, पुरुषोत्तम महर्जन, सुरेन्द्र महर्जन, वन्दना महर्जन र सुनिल महर्जनले ‘श्रमिक’ पत्रिकाका विभिन्न आलेखबारे आ–आप्mनो बुझाइ प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *