सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
कुनै पनि ठाउँको नामले त्यो स्थानको विशेषता र इतिहास बोलिरहेको हुन्छ । ठाउँको नामले त्यस ठाउँसँग गाँसिएको इतिहास, संस्कृति, मूल्य–मान्यता र प्राकृतिक विशेषता समेत झल्काइरहेको हुन्छ । पुर्खाले कुनै पनि ठाउँको नाम सो ठाउँका विशेषतालाई ध्यानमा राखी जुराएको हुन्छ । ठाउँको नामपछाडि केही न केही पृष्ठभूमि हुन्छन् । त्यस्ता पृष्ठभूमिको अध्ययनले समाज, इतिहास, भूगोल आदिबारे बुझ्न मद्दत गर्छ । समय परिवर्तनसँगै कतिपय स्थानले आफ्नो मूल नाम गुमाउँदा त्यो ठाउँसँग जोडिएको संस्कृति पनि हराउँदै गएका उदाहरण छन् । त्यसकारण स्थानको मौलिक नाम बिर्सनु भनेको संस्कृति र इतिहास बिर्सनु हो ।
कति ठाउँका नाम शाब्दिकरूपमा अनौठो खालका हुन्छन् । एउटा भाषाको शब्द अर्को भाषामा अर्को अर्थ लाग्ने हुनसक्छ । शाब्दिक अनुवाद गर्दा पनि ठाउँको नामले अनर्थ दिने गरेको हुन्छ । तर, त्यसो भन्दैमा ठाउँको मौलिक नाम छोड्नु लामो समय लगाएर मानिसले बनाएको संस्कृतिमाथि आगो लगाउनु हुन्छ ।
कतिपय सन्दर्भमा ठाउँको नाम परिवर्तन सांस्कृतिक हमलाको हतियार पनि हुने गरेको छ । उदाहरणको लागि भारतको मुम्बई र कोलकोत्ता सहरलाई बेलायतीहरूले भारतमा राज चलाइसकेपछि बम्बई र कलकत्तामा परिणत गरे । मुम्बई र कोलकोत्ताको स्थानीय भाषामा आफ्नै मौलिक अर्थ छन् । तर, बेलायतीहरूले सांस्कृतिक हमलाकैरूपमा आफ्नो जिब्रोलाई सजिलो हुने गरी ती स्थानको नाम बदले । भारत मुक्त भएको धेरै समयपछि आजभोलि ती स्थानलाई पुरानै नाम दिइएको छ ।
प्रदेश नं ५ को प्रदेश सभाले हालै प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने तय ग¥यो । ‘भालुवाङ’ शब्दको अर्थबारे सामाजिक सञ्जालमा केही छलफल चल्यो । नेपाली भाषामा त्यसको अर्थ खुट्याउन खोज्दा कति मानिस अलमलमा परे । खासमा ‘भालुवाङ’ मगर भाषाबाट नामकरण गरिएको जानकारहरूले बताए । मगरभाषामा ‘वाङ’ को अर्थ ‘समथर भूभाग’ हुने गर्छ । दाङ, रोल्पा, रुकुम मगरहरू सयौँ वर्षदेखि बस्दै आएको क्षेत्र हो । ती जिल्लामा ‘वाङ’ शब्द प्रयोग भएका अन्य धेरै स्थानहरू पनि छन् । मगर भाषाको शब्दलाई नेपालीमा अनुवाद गर्दा वा नेपालीमा अथ्र्याउन खोज्दा अनर्थ हुनु स्वाभाविक हुन्छ । तर, ‘भालुवाङ’ ठाउँको नामले कम्तीमा के कुरा प्रस्ट बनाउँछ भने त्यो ठाउँ सम्म परेको फराकिलो ठाउँ हो र मगर भाषामा सो ठाउँको नाम राखिएको हुनाले त्यो मगरहरूको बसोबास भएको क्षेत्र हो । यसरी ठाउँको नामले त्यहाँको विशेषता पनि बताइरहेको हुन्छ ।
कतिपय सन्दर्भमा ठाउँको नाम परिवर्तन सांस्कृतिक हमलाको हतियार पनि हुने गरेको छ । उदाहरणको लागि भारतको मुम्बई र कोलकोत्ता सहरलाई बेलायतीहरूले भारतमा राज चलाइसकेपछि बम्बई र कलकत्तामा परिणत गरे । मुम्बई र कोलकोत्ताको स्थानीय भाषामा आफ्नै मौलिक अर्थ छन् । तर, बेलायतीहरूले सांस्कृतिक हमलाकैरूपमा आफ्नो जिब्रोलाई सजिलो हुने गरी ती स्थानको नाम बदले । भारत मुक्त भएको धेरै समयपछि आजभोलि ती स्थानलाई पुरानै नाम दिइएको छ ।
काठमाडौँ उपत्यकालगायत देशैभरि नयाँ बस्ती विस्तारसँगै पुराना नामलाई विस्थापित गरी नयाँ नाम राख्ने होडबाजी चलेको छ । आफू बस्ने ठाउँको नाम आफूलाई सजिलो हुने खालको होस् भन्ने इच्छा राख्नु अन्यथा होइन । तर, नयाँ नाम राख्ने क्रममा पुरानो नामलाई विस्थापित गर्दा त्यसले आफू बस्ने स्थानको इतिहास र विशेषतालाई मेट्दै गइरहेको हेक्का सबैलाई हुन जरुरी छ । आफू बसेको ठाउँ हिजो कस्तो थियो, त्यसको सांस्कृतिक गरिमा कस्तो थियो, कुनै भौगोलिक विशेषता भएको क्षेत्र पो हो कि ? यस्ता कुराको विचार जानेबुझेको जोकोहीले गर्नुपर्छ । विद्वान् डा. हर्क गुरुङले आफ्नो विख्यात कृति ‘भिजनिटिज अफ नेपाल’ मा स्थान नाम परिवर्तन गर्न नहुनाको कारणबारे गहकिला अनुभव लेख्नुभएको छ । फरक भाषाको शब्द उच्चारण अर्को भाषीलाई स्वाभाविकरूपमा केही समयको लागि असामान्य लाग्न सक्छ । तर, त्यसो भन्दैमा कुनै पनि स्थानको परिचय, संस्कृति र इतिहासलाई पुर्ने काम अशोभनीय हुन्छ । बरु जानेबुझेकाहरूले त्यस्ता शब्दको पुच्छर समातेर मूल तँवसम्म पुग्ने गहन जिम्मेवारी पूरा गर्नुपर्छ । स्थान नाम परिवर्तन गरेर वा शाब्दिक अनुवाद गरेर आफ्नो अनुहारका बान्की मेटाउने गल्ती नगरौँ ।
Leave a Reply