सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
इस्तानबुल, ३ नोभेम्बर । टर्कीमा गएको शक्तिशाली भूकम्पमा भत्केको घरको थुप्रोबाट ९१ घण्टापछि एक जना तीन वर्षीया बालिकाको जीवित उद्धार गरिएको छ । “९१ औँ घण्टामा हामीले एउटा चमत्कार देख्यौँ”, पश्चिम टर्कीको इजमिर तटीय नगरका मेयर तुन सोएरले ट्वीटमा लेखे ।
टर्कीको स्वास्थ्यसम्बन्धी सञ्चारमाध्यम फारहेटिन कोकाले यसरी उद्धार गरिएकी बालिकाको नाम एडा गेजिन भएको जनाएको छ । सो सञ्चारमाध्यमले गेजिनलाई एम्बुलेन्समा राखेको र उनलाई एम्बुलेन्समा राख्दै गर्दा चारैतिरबाट गडगडाहट ताली बजेको श्रव्यदृश्य प्रसारण गरेको थियो । गेजिनलाई एम्बुलेन्समा राख्दै गर्दा उद्धारकर्मी र पर्यवेक्षकहरूले भन्दै थिए, “ईश्वरको लीला अपरम्पार ।”
उद्धारकर्मी नुसर्त एक्सोयले पत्रकारहरूलाई ‘आफूले भत्केको घरको थुप्रोमा बच्चा रोएको आवाज सुनेको र पछि खोज्दा उनलाई भाडा पखाल्ने जुठेल्नामा भेटाएको’ बताए । उनले गेजिनले आफूलाई हात हल्लाएको र आफ्नो नाम बताएको सुनाए । गेजिनको अवस्था त्यत्तिबेला ठीक भएको उनले बताए ।
गेजिनलाई उद्धार गरेकै दिन इजमिर सहरमा ध्वस्त भवनको भग्नावशेषबाट अर्की एक जना चौध वर्षकी किशोरीको पनि जीवित उद्धार गरिएको थियो ।
एजियन समुद्रमा ७.० म्याग्नेच्युटको भूकम्प आउँदा पश्चिम टर्कीका कम्तीमा १०२ जना मानिस मर्नुका साथै ९९४ जना मानिस घाइते भएका छन् । उद्धारकर्मीहरूले उद्धारकार्यलाई निरन्तरता दिएका छन् । उनीहरूले विशेषतः पाँच वटा ध्वस्त भवनमा आफ्नो खोजी कार्यलाई निरन्तरता दिएका छन् । त्यहाँ केही मानिस अझै पनि जीवित हुनसक्ने बताइएको छ ।
भूकम्प पीडित जनताको लागि ३ हजार ५ सयभन्दा बढी पाल र १३ हजार शय्याको अस्थायी शिविर बनाइएको छ । उद्धार र राहत कार्यमा झन्डै ८ हजार स्वयम्सेवक र २५ वटा उद्धार कुकुर परिचालित रहेको सरकारी स्रोतले बताएको छ ।
Leave a Reply