भर्खरै :

युवा परिचालन र राज्यको दायित्व

राज्यको सबभन्दा ठूलो र महत्वपूर्ण सम्पत्ति भनेकै युवा जनशक्ति हो । युवा परिवर्तन र विकासका सक्रिय कार्यकर्ता हुन् । युवा युगकै महत्वपूर्ण शक्ति हो । युवा जनशक्तिको प्रचुर उपयोग गरेर संसारका धेरै देशहरू समृद्घ, वैभवशाली एवं शक्तिशाली बनेका छन् । युवा जनशक्तिलाई आफ्नै भूगोल माटो अनुकूल समुचित प्रशिक्षित एवं दक्ष बनाएर देश विकासमा उपयोग गरेर नै ती देशहरूको विकास सम्भव भएको हो । हाम्रो देशले पनि आफ्नो भूगोल, माटो र सम्भावना हेरेर देशभित्रका युवालाई त्यसैअनुरूप सीप, शिक्षा एवम् तालिम प्रदान गर्न सकेको भए, परिचालित गर्न सकेको भए नेपालले समृद्घिको खुड्किलो चढ्दै गरेको हुन्थ्यो । तर, राज्यले आफ्नै देशका युवालाई आफ्नै देश विकासका लागि तयार गर्न सकेन किनभने हाम्रो देशको शिक्षा प्रणाली नै हाम्रो अनुकूल छैन, माटो अनुकूल छैन । त्यही शिक्षा प्रणालीले गर्दा हामीले अरूका लागि युवा जनशक्ति तयार पारिरहेका छौँ । सरकारको अदूरदर्शिताका कारण शिक्षा क्षेत्रमा हाम्रो लगानी बालुवामा पानीसरह भइरहेको छ ।
नेपालका युवा विद्यार्थी एसईई अथवा माध्यमिक शिक्षापश्चात् देशमा बस्नै छाडिसके । किनभने हामीले अवलम्बन गरेको शिक्षा प्रणाली नै त्यस्तै छ । हाम्रो वास्तविकता र भूगोल नै चिन्दैन, हालको शिक्षा पद्घतिले । नेपालमा कुल जनसङ्ख्याको करीब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या युवा छन् । यो समय हाम्रो देशको विकास समृद्घिमा अगाडि बढ्नका लागि स्वर्णकाल हो । संसारमा धेरै सङ्ख्यामा युवा जनशक्ति भएका देश विरलै हुन्छन् । यस्तो समयमा पनि युवा जनशक्ति देश विकासका लागि उपयोग गरिएन वा उपयोगी भएनन् भने केही समयपश्चात् यो जनसङ्ख्या वृद्घ अवस्थामा पुग्छ । हालको जन्मदर हेर्दा यसपश्चात् फेरि युवाको सङ्ख्या अधिक हुने सम्भावना पनि छैन । फलस्वरूप हाम्रो देश वर्तमानमा गरिब र कमजोर त छ नै, भविष्यमा पनि विकास र समृद्घिको पथमा कहिल्यै अगाडि बढ्नेछैन । त्यसैले वर्तमानमा युवा जनशक्तिलाई देश विकासमा लगाउनु यो राज्यको एउटा ठूलो चुनौतीको रूपमा रहेको छ ।
हाम्रो देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण एवम् सु–सम्पन्न छ । रमणीय र सुन्दर छ । यति सानो क्षेत्रफलभित्र यतिका धेरै वातावरणीय प्राणी एवं वनस्पति विविधता संसारमा विरलै पाइएला । हिमालबाट बा¥है महिना हिम नदी पहाड छिचोल्दै तराई हुँदै बगिरहेको छ । उर्वर मलिलो माटो भएकोले कृषि उत्पादनका लागि पनि अत्यन्तै अनुकूल छ नेपालको भूगोल । हाम्रा विशाल पहाडहरूमा फलाम, सिसा, तामा र सुनखानीलगायतका अन्य महत्वपूर्ण खनिज पदार्थहरू प्रशस्तै छन् । विश्वकै अग्ला हिमशृङ्खलाहरू यही छन् । समग्रमा हामी सुनको कचौरामाथि बसेका कमजोर निरीह गरिबहरू हौँ । जसले आफ्नै धरातलमा केही उपयोग गर्नसकेन । अरूको अगाडि हात पसार्नेमात्र काम गर्याैँ । यस्तो किन भयो त ? यस्तो किन भइरहेको छ ?
हामीले हाम्रो युवा जनशक्तिलाई आफ्नै भूगोल चिनाउन सकेनौँ, आफ्नै माटो थमाउन सकेनौँ । देशभित्र रहेका प्रचुर स्रोतलाई उपयोग गर्नसक्ने योग्य बनाउन सकेनौँ । क्षमता दिलाउन सकेनौँ किनभने हाम्रो शिक्षा प्रणाली नै हाम्रो अनुकूल छैन, देश अनुकूल छैन । देशमा ठूला–ठूला राजनैतिक क्रान्ति एवम् परिवर्तन धेरै चोटि भए । तर, राज्यले परिवर्तनपश्चात् पनि यसबारेमा सोचेकै छैन, सोचे पनि गम्भीर छैन । हामीलाई कृषि वैज्ञानिक, प्राविधिक, दक्ष किसान चाहिन्थ्यो, कृषि विकास आधुनिकीकरणका लागि प्रचुर कृषि उत्पादनका लागि । हामीलाई हाइड्रोपावर इन्जिनियर, दक्ष प्राविधिक र विज्ञहरू चाहिन्थ्यो–प्रचुर विद्युत् उत्पादनका लागि । हामीलाई खनिज विज्ञहरू चाहिन्थ्यो त्यसको उत्खनन् र उपयोगको लागि । तर, यो राज्यले अरूका लागि लड्ने लाहुरे उत्पादन गर्याे । आफ्नै प्रचुर स्रोत खर्च गरेर अरूकै लागि जनशक्तिहरू उत्पादन गर्यौँ, अर्थात् अन्य देशका लागि । यही नै ठूलो विडम्बना भयो हाम्रो ।
बिजुली उत्पादन गर्न नसकी खेतमा एक थोपा पानी सञ्चित नभई बा¥है महिना नदीहरू अविरल बग्दै समुद्रमा पुग्छन् । मनमोहक हिमाल डाँडाकाँडा उपयोग नभई संरक्षण स्याहार नपाई उराठ भएका छन् । कृषियोग्य जमिनहरू दिनानुदिन बाँझो हुने क्रम बढिरहेको छ । किनभने हाम्रा युवाहरूको श्रम खाडी देशमा पोखिइरहेको छ । बालुवामा स्वर्ग बनाउन हाम्रा युवाहरू ५० डिग्रीको तापक्रममा काम गरिरहेका छन् । हाम्रोे स्वर्ग जस्तो तिलिचो, से–फोक्सुन्डो र राराहरू रोइरहेका छन् । पहिचानको खोजीमा स्याहार र उचित परिचयको खोजीमा । यही नै हो हाम्रो ठूलो विडम्बना । हामी मरुभूमिमा तिर्खाइरहेका छौँ । हाम्रो रसिलो रारा रोइरहेको छ । यो सबै हुनुको कारण के होला ? अनि को दोषी होला ? हो, यो सबैै हुनुको कारण राज्य नै हो । राज्य नै प्रमुख दोषी हो । राज्यले कति सोचेन यसबारेमा । सोचे पनि सारै हलुका अदूरदर्शी भएर सोच्यो । फलस्वरूप देशको महत्वपूर्ण सम्पत्ति हाम्रा लागि काम लागिरहेको छैन ।

हाम्रो लागि देश, संस्कृति र संस्कारभन्दा महत्वपूर्ण एवम् ठूलो कुरा केही हुनसक्दैन । यसलाई समयअनुसार विकास, संरक्षण एवम् संवद्र्घन गर्नका लागि पनि आफ्नै देशमा बसेर केही गर्न जरुरी छ । समग्रमा भन्दा आफ्नो देश र माटोलाई माया गर्न जरुरी छ । सन्तति र देशका लागि यो पुस्ताले आहुति दिन तत्पर हुनुपर्दछ । देश सम्पूर्ण हिसाबले समृद्घ हुन सबै क्षेत्रमा विकास हुन जरुरी छ । त्यो सबै क्षेत्रमा युवाहरूको उपस्थिति र अर्थपूर्ण सहभागिता हुन जरुरी छ । अनिमात्र देश विकास सम्भव छ ।

राज्यले के गर्नुपर्दथ्यो त यसका लागि ? हो, राज्यले सर्वप्रथम त वर्तमान शिक्षा पद्घतिमा परिवर्तन गर्नुपर्दछ । हाम्रो माटो भूगोलको अवस्था र व्यवस्था चिनाउने शिक्षा प्रणाली लागु गर्नुपर्दछ । अनि पो युवाहरूलाई आफ्नै देशमा काम गर्ने वातावरण तयार हुन्छ, युवाहरू विकास निर्माणमा खटिन्छन् । माटो मलिलो भएर कृषिउपज उत्पादन पर्याप्त हुन्छ, बिजुली उत्पादनलाई हामीले स्वदेशमा उपयोग गरेर पनि विदेशमा बिक्री गर्न समर्थ हुन्थ्र्यौँ । डाँडाकाँडामा लुकिरहेका खनिज पदार्थहरूको उत्खनन् उपयोगी हुन्छ । नेपालीहरू समृद्घ हुन्छन् । संसारका मान्छेहरू यो देश हेर्न तँछाडमछाड गर्दै आउनेछन् । यता पर्यटन क्षेत्रको विकास हुनेछ, यति सानो विविधताले भरिएको देश त्यसमाथि समृद्घ समाज भएको देश कसलाई मन पर्दैन र ¤ आजको वास्तविकता भने त्यसको ठीक उल्टो छ । युरोप र अमेरिकाका ग्रीन कार्डका लागि राष्ट्र र राष्ट्रियता नै त्याग्ने परिपाटी बनिरहेको छ ।
हामीले थाहा पायौँ, देश समयअनुसार चलेन, राजनीति सही भएन भने देश गरिब र कमजोर हुन्छ नै । अर्को महत्वपूर्ण कुरा आफ्नो जनता सुखसयलका लागि देश, धर्म, राष्ट्रियता, संस्कार एवं संस्कृति पनि त्याग्न सहजै तयार हुन्छन् । यो कुराको जिम्मेवार राज्य नै हो । अझै पनि समय छ, हाम्रा युवाहरूलाई देश विकासमा लगाउने त्यो वातावरण तयार गर्ने । यदि अवसरलाई खेर फाली युवा जमातलाई देशको समृद्घिमा लगाउन सकिएन भने यो देशको विकास कहिल्यै पनि सम्भव छैन । हाम्रो समाज धर्म, संस्कार र संस्कृति सबै कमजोर हुनेछ । एक समय यस्तो आउनेछ, सबै हराउनेछ मेटिनेछ । हामी खोक्रो हुनेछौँ । हाम्रो पुर्खाले ठूलो बलिदानी र परिश्रम गरेर बनाएको यो देशको अस्तित्व नै समाप्त हुनेछ । त्यसैले यो मौका हो, देश विकास गर्न अहिले हाम्रो देशमा प्रशस्तै युवाहरू छन् । राज्यले त यसबारेमा सोच्नै पर्दछ । हामी सम्पूर्ण युवाहरूले सोचौँ–विदेशमा पैसा कमाइन्छ होला ऐसआराम पाइन्छ होला, राम्रो स्वास्थ्य सेवा शिक्षा पाउन सकिन्छ होला । तर, हाम्रो धरातल देश बनेन भने, बनाउन सकेनौँ भने, त्यो पैसाले केही हुनेछैन । विदेशको यशआराम सुविधा केही काम लाग्नेछैन । हामीलाई हाम्रा सन्ततिले धिक्कार्नेछन् । हाम्रो लागि देश, संस्कृति र संस्कारभन्दा महत्वपूर्ण एवम् ठूलो कुरा केही हुनसक्दैन । यसलाई समयअनुसार विकास, संरक्षण एवम् संवद्र्घन गर्नका लागि पनि आफ्नै देशमा बसेर केही गर्न जरुरी छ । समग्रमा भन्दा आफ्नो देश र माटोलाई माया गर्न जरुरी छ । सन्तति र देशका लागि यो पुस्ताले आहुति दिन तत्पर हुनुपर्दछ । देश सम्पूर्ण हिसाबले समृद्घ हुन सबै क्षेत्रमा विकास हुन जरुरी छ । त्यो सबै क्षेत्रमा युवाहरूको उपस्थिति र अर्थपूर्ण सहभागिता हुन जरुरी छ । अनिमात्र देश विकास सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *