सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २
- असार २, २०८३
तपाईँले देख्नुभएको होला, कोही कोही धनाढ्य छिमेकी आफ्नो उद्दण्ड छोरोकै कारणले धन सम्पत्ति गुमाएर सडकमा आउनुपरेको । सन्तान गतिलो भएन भने पुख्र्यौली सम्पत्ति पनि सखाप हुन बेर लाग्दैन । यस्ता धुन्धकारी सन्तानले परिवारलाई मगन्ते बनाएको धेरै उदाहरण छन् । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उडन्ते शैलीले गर्दा संसारको शक्ति सम्पन्न धनाढ्य मुलुक अमेरिकाको हालत पनि त्यही उडन्ते सन्तानको कारणले सम्पत्ति गुमाउनु परेको परिवारजस्तो नहोला भन्न सकिँदैन । अहिले अमेरिकाको अर्थतन्त्र ओरालो लागेको अवस्था छ । बेरोजगारी चरम अवस्थामा पुगेको छ । दिनदिनै हजारौँ मान्छे अकालमा मरिरहेका छन् । एक तथ्याङ्कले देखाएअनुसार थुप्रै अमेरिकी धनाढयसमेत विदेश भासिँदै छन् । यो देशलाई आर्थिकरूपमा खोक्रो बनाउने सङ्केत हो । यति विधि ट्रम्पलाई उडन्त बनाउनुको पछाडिको कारण उग्र राष्ट्रवाद पनि हो । राष्ट्रवादको नाममा हिटलरको फासीवादी विरासतलाई चिहानबाट उठाउने दुस्साहस गरिरहेको एउटा तानाशाह हो, ट्रम्प ।
पराजय प्रस्टै हुँदाहुँदै पनि अझै ट्रम्पले चुनाव हारेको स्वीकार गरेका छैनन् । आफूले प्राप्त गरेको मतमा वैध र प्रतिद्वन्द्वीले पाएको मत अवैध हुन् भन्दै ट्रम्प बकबक गरिरहेका छन् । भोट गन्ती सकिनुअघि नै मैले जितिसकेँ भन्दै बबण्डर मच्चाइरहेका छन् । सुन्दा पनि अनौठो लाग्ने यस्तो भाषा तानाशाहीको मात्र हुनसक्छ । निश्चय नै यो तानाशाही बन्न चाहेको सङ्केत हो । हारेर पनि हार नस्वीकार्ने ट्रम्पका क्रियाकलाप त्यतैतिर उन्मुख छ । प्रजातन्त्रलाई जीवन मूल्यका रूपमा आत्मसात् नगरेका छद्मभेषी नेताहरूले हरेक चुनाव आफूले जितेकै हुनुपर्ने ठान्छन् । हारेको जनादेश सहजरूपमा स्वीकार्दैनन् । संसारको उत्कृष्ट प्रजातान्त्रिक देश भएको दाबी गर्ने संरा अमेरिकाका राष्ट्रपति आफैँले यस्ता क्रियाकलाप देखाउँदा विश्व समुदाय चकित हुनु स्वाभाविक हो ।
संसारको उत्कृष्ट प्रजातान्त्रिक देश भनेर फुर्ती देखाउने अमेरिकामा भएको राष्ट्रपति चुनावमा हार्ने व्यक्तिले चुनाव परिणामलाई स्वीकारेन । शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रक्रियामा अवरोध विश्व समुदायलाई अनौठो लागेको छ । आफूले पाएको मतमात्र सदर भोट प्रतिद्वन्द्वीले पाएको मत धाँधली गरेर पाएको भन्नेसम्मको आरोप लगाएको छ । सत्तामा बसेर चुनाव हारे भनेर कोकोहोलो हाल्नु राष्ट्रपतिको व्यक्तिगत कमजोरी हो वा अमेरिकी चुनाव प्रणालीकै कमजोरी हो ? कसको कमजोरी भनौँ ? अघिल्लो चुनाव आफ्नो प्रतिद्वन्दीभन्दा ३० लाख भोट कम पाएर पनि ट्रम्प राष्ट्रपति चुनिएका थिए जुन बहुमतको कदर होइन नै । अहिलको चुनावमा ५० लाखभन्दा बढी भोट ट्रम्पले आफ्नो प्रतिद्वन्द्वीभन्दा कम पाए तर पनि धाँधलीको आरोप लगाएर हार स्वीकार्न मानेका छैनन् । यो अमेरिकी प्रजातन्त्रको उपहास हो ।
अमेरिकी स्वार्थको नाममा विश्व नियमलाई तोड्ने, अमेरिका प्रथमको नारा दिने, अमेरिकामा बस्ने गैरअमेरिकी मूलका मानिसहरूमाथि कडा नियम बनाउने र श्वेत सर्वश्रेष्ठको नारा दिने ट्रम्प अनुदार र अशिक्षित बहुसङ्ख्यकबीच ठूलो राष्ट्रवादी भएका छन् । अत्यन्तै विभाजनकारी, जातिवादी, उग्रवादी र विज्ञानमाथि विश्वास नगर्ने डोनाल्ड ट्रम्पलाई अमेरिकामा अहिलेसम्मकै महान् राष्ट्रवादी मानिएको छ । यस्तै ढँटुवा, जाली, सनकी गतिविधिलाई राष्ट्रवादको खोल ओढाउने हो भने विश्वभरका शासक यस्तै अनेकाँै नौटङ्की गर्दै राष्ट्रवादी बनेर जनताको हक अधिकार खोस्न उद्यत हुनेछन् । महाअभियोग सामना गरेका, २६ यौन दुराचारको आरोप र थुप्रै मुद्दाहरू खेपिरहेका ट्रम्प निरन्तर हठ र जिद्दी उनको विशेषता रहिआएको छ । एक तथ्याङ्कले देखाएअनुसार उनले दिनको १६ पटक झूट बोल्छन् । कोरोनाकालमा उनको झूटले हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका थिए । कुनै विश्वासिलो आधारबिना मनमा जे आउँछ बोल्छन् उनी । कोरोना कृत्रिम होइन भनेर वैज्ञानिकहरूले साझा धारणा बनाइसक्दा पनि चिनियाँ ल्याबमा बनेको चिनियाँ भाइरस भन्दै बेवास्ता गर्दा अमेरिकाले ठूलो क्षति व्यहोर्नुप¥यो । यति हुँदाहुँदै पनि ट्रम्पमा गल्ती हुन गएको भनेर आत्मसात गर्ने स्वभाव छैन । राष्ट्रपतिजस्तो पदमा बसेका व्यक्तिबाट यस्तो व्यवहार हुँदा समाजले के भन्ला भन्ने कुरोको उनलाई परवाह छैन ¤ वास्तवमा अनौठो, आधारहीन, फन्टुस कुरा गरेरै ट्रम्पले ३३ करोड जनताको ४ वर्षको समय खर्लप्प खाइदिए । वास्तवमा ट्रम्प खतरनाक झेली हुन् ।
संसारको उत्कृष्ट प्रजातान्त्रिक देश भनेर फुर्ती देखाउने अमेरिकामा भएको राष्ट्रपति चुनावमा हार्ने व्यक्तिले चुनाव परिणामलाई स्वीकारेन । शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रक्रियामा अवरोध विश्व समुदायलाई अनौठो लागेको छ । आफूले पाएको मतमात्र सदर भोट प्रतिद्वन्द्वीले पाएको मत धाँधली गरेर पाएको भन्नेसम्मको आरोप लगाएको छ । सत्तामा बसेर चुनाव हारे भनेर कोकोहोलो हाल्नु राष्ट्रपतिको व्यक्तिगत कमजोरी हो वा अमेरिकी चुनाव प्रणालीकै कमजोरी हो ? कसको कमजोरी भनौँ ? अघिल्लो चुनाव आफ्नो प्रतिद्वन्दीभन्दा ३० लाख भोट कम पाएर पनि ट्रम्प राष्ट्रपति चुनिएका थिए जुन बहुमतको कदर होइन नै । अहिलको चुनावमा ५० लाखभन्दा बढी भोट ट्रम्पले आफ्नो प्रतिद्वन्द्वीभन्दा कम पाए तर पनि धाँधलीको आरोप लगाएर हार स्वीकार्न मानेका छैनन् । यो अमेरिकी प्रजातन्त्रको उपहास हो । यस्तो चुनाव प्रणाली भएको देशले अरू देशको राजनीति प्रणालीमाथि सधैँ निर्देशित टीकाटिप्पणी गरिरहेको हुन्छ । जब आफ्नै घरभित्र त्यति धेरै बिसङ्गगतिहरू छन् भने अरूलाई पाठ पढाइ हिँड्नु ठीक होइन । ‘आफ्नो आङको भैँसी नदेख्ने अरूको आङको जुम्रा देख्ने’ अमेरिकी राजनीतिक शैलीलाई अब भने विश्व समुदायले हाँसोमा उडाउने भएको छ ।
प्रजातान्त्रिक भनेर दाबी गर्ने देशमा न्याय प्रणाली निष्पक्ष हुन्छ भनेर गर्व गरिएको हुन्छ । तर, अहिले चुनावमा धाँधली भएको भनेर ट्रम्प अदालत जाने धम्की दिइरहेको कारण अदालत निष्पक्ष हुन्छ भनेर होइन । यसको पछाडि ट्रम्पको मनोविज्ञान के हुनसक्छ भने चुनावअगाडि ट्रम्पले सर्वोच्च अदालतमा आफ्नो पक्षको न्यायाधीश नियुक्ति गरेका थिए । अहिले अमेरिकी सर्वोच्च अदालतमा बहुमत न्यायाधीशहरू रिपब्लिकन समर्थक छन् । यसरी तथाकथित विवादास्पद चुनावी परिणामलाई सर्वोच्च अदालतसम्म पु¥याउन सके परिणाम उल्टाउन सकिन्छ कि भनेर ट्रम्प दाउ खेल्दै छन् ।
अर्को कुरा ट्रम्पले ह्वाइटहाउस छोडेपछि उनले गरेका माथि उल्लेखित गैरकानुनी कामको जाँचबुझ हुनेछ भनेर अहिले अमेरिकामा चर्चाको विषय बनेको छ । चुनाव प्रचारको समयमा उनले भनेका थिए “यदि म हारेमा अमेरिकामा बस्न गाह्रो हुनेछ ।” यही कुरालाई उनले सहजरूपमा सत्ता त्याग्न गरेको आनाकानीसँग जोडेर हेरिएको छ । यदि उनी दोषी पाएमा उनले लामो अवधि जेल सजाय भोग्नुपर्ने आशङ्का गरिएको छ । यसैले पनि ट्रम्पले चुनावमा धाँधली भएको भनेर गनगन गरेर बसेका हुनसक्छन् । यदि नयाँ आउने सरकारले ट्रम्पले गरेका सबै गल्तीबाट उन्मुक्ति पाउने प्रत्याभूति दिएमा सत्ता हस्तान्तरण सहज हुन्छ कि !
Leave a Reply