भर्खरै :

सर्वसाधारणको लागि बालगोपालेश्वर खुला

काठमाडौँ, १ मङ्सिर । भूकम्पले क्षतिग्रस्त काठमाडौँको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणपछि सोमबार पहिलो पटक सर्वसाधारणको लागि खुला गरियो । हरेक वर्ष भाइटीकाको दिन सर्वसाधारणको लागि खुला गरिने बालगोपालेश्वर मन्दिर २०७२ सालको विनाशकारी भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बन्द थियो ।
भूकम्पले मन्दिरलगायत रानीपोखरीमा क्षति पु¥याएकोले पुनर्निर्माणका लागि बन्द रहेको थियो । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित सङ्ग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । कोरोना सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको छ । भीड व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले स्वयम्सेवकसमेत परिचालन गरेको छ । मन्दिर मङ्सिर २ गते पनि खुला हुनेछन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कार्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । विक्रम संवत् २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्दै आएको छ । रानीपोखरी मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *