भर्खरै :

महामारीको मारमा बालबालिका

काठमाडौत्, ५ मङ्सिर । एघार वर्षकी मार्गरेट म्वान्जा हिजोआज निकै खुसी छिन् । खुसीले उनको खुट्टा भुईमा छैनन् । लामो समयपछि विद्यालयको मैदानमा पाइला टेक्न पाएकीले उनी खुसी भएकी हुन् । उनी विद्यालयमा गएर केही ज्ञानगुणका कुरा सिक्न पाएरमात्र खुसी भएकी होइनन् । बरू विद्यालयमा गए खाना खान पाइने कुराले पनि उनलाई खुसी बनाएको छ । विद्यालयमा खाने त्यही एक छाक नै मार्गरेटको दिनभरको एकै छाक हुने गरेको छ ।
“गरिब जनताको लागि शिक्षाको पहुत्चबाट टाढा हुनुमात्र कोभिड–१९ महामारीको भयावह प्रभाव होइन । विद्यालय बन्द हुनु भनेको हाम्रा केटाकेटीको लागि पौष्टिक आहारबाट वञ्चित हुनु पनि हो”, जाम्बियाली महिला जुडिथ म्वान्जाले सुनाइन् ।
बढ्दो महामारीको कारण कठिनाइका अनेकन पहाड छिचोलिरहेका संसारका कैयौत् बालबालिकामध्ये मार्गरेट पनि एक जना हुन् । भाइरसबाट सङ्क्रमण भएका र मारिएका कैयौत् बालबालिकाभन्दा पर कोभिड–१९ ले धेरै बालबालिकालाई गरिबी र कमजोर शिक्षातिर धकेलिरहेको छ । महामारीअघि उनीहरूले सामना गरिरहेका समस्याहरू त ज्यूत्का त्यूत् छत्दै छन् ।
आज संसारभर विश्व बालबालिका दिवस मनाउत्दै गर्दा बालअधिकारको सङ्कटबाट जोगाउन र हरेक बालबालिकाको उज्ज्वल भविष्यको लागि अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्नुपर्ने आवश्यकताबोध गरिएको छ ।
महामारीका शिकार
“बालबालिकाको लागि यो विश्वव्यापी सङ्कट हो । यसको प्रभाव उनीहरूलाई जीवनभर रहनेछ”, संयुक्त राष्ट्र सङ्घीय नियोग युनिसेफले अक्टोबर महिनाको प्रतिवेदनमा भनेको छ ।
यसको सबभन्दा प्रत्यक्ष प्रभाव त यो घातक भाइरसबाट सङ्क्रमित बालबालिकाले भोगेका छन् । उदाहरणको लागि विद्यालयहरू पुनः खुल्न थालेपछि अफ्रिकाका विभिन्न देशहरूमा बालबालिकामा सङ्क्रमण दर बढेको देखाएको छ ।
संयुक्त राज्य अमेरिकाजस्ता विकसित देशको अवस्थामा पनि खासै राम्रो छैन । सोमबार अमेरिकी बालबालिका अस्पतालहरूको सङ्गठन र अमेरिकी बालरोग प्रतिष्ठान (एएपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नोभेम्बर १२ सम्ममा संरा अमेरिकाका १० लाख ४० हजार बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अमेरिकामा कुल सङ्क्रमितमध्ये ११.५ प्रतिशत बालबालिका छन् ।
गत साता महामारी सुरू भएयताकै सबभन्दा बढी झन्डै १ लाख १२ हजार अमेरिकी बालबालिकालाई कोरोना सङ्क्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।
“बालरोग विशेषज्ञको नाताले मैले तीन दसक यो क्षेत्रमा काम गरेत् । मेरोको लागि यति धेरै सङ्ख्यामा बालबालिकाको सङ्क्रमण ज्यादै पीडादायी र आश्चर्यजनक भएको छ”, एएपीका सभापति सल्ली गोजाले भनिन् ।
महामारीले निम्त्याएका कठिनाइका अतिरिक्त बालबालिकाहरू अरू धेरै पक्षबाट पनि प्रभावित भइरहेका छन् ।
अक्टोबरमा युनिसेफले जारी गरेको प्रतिवेदनअनुसार महामारीको कारण संसारभरमा १५ करोड बालबालिकाहरू बहुआयामिक गरिबीको जालोमा फसेका छन् । महामारी पछिको समयमा शिक्षा वा स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरूको प्रतिशत अहिलेको ४७ बाट ५६ प्रतिशतमा उक्लिनेछ ।
मे महिनामा सेभ द चिल्ड्रेन नामको विश्वव्यापी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोभिड–१९ को लकडाउनमा रहेका चार जनामध्ये एक जना बालबालिका सामाजिक बन्देज र विद्यालय बन्दको कारण उकुसमुकुसको भावना सामना गरिरहेका छन् । त्यसले उनीहरूसामु दीर्घकालीन मनोवैज्ञानिक समस्याको जोखिम बढाएको छ ।
गरिबीमा हुर्किरहेका बालबालिकाको लागि त्यसको मानसिक र शारीरिक प्रभाव अझ खराब हुने छ । नोभेम्बरमा सार्वजनिक युनिसेफको प्रतिवेदनअनुसार कोभिड–१९ को कारण ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका १३ करोड ७० लाख बालबालिका अर्थात् ९७ प्रतिशत बालबालिकाको पठनपाठन ठप्प भएको छ । महिनौत् अघि विश्व बैङ्कको अध्ययनले महामारीबीच गरिबीको रेखामुनि बात्चिरहेका १८ वर्षमुनिका बालबालिका १५.८ प्रतिशतले बढ्न सक्ने चेतावनी दिएको थियो ।
द ब्रुकलिङ इन्स्टिच्युसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विकसित देशका ९० प्रतिशत बालबालिका महामारीको क्रममा दूरशिक्षा विधिमा अभ्यस्त बनेका छन् । जबकि अफ्रिकाका २५ प्रतिशत बालबालिकामात्र त्यस्ता विधिमा परिचित छन् ।
युगान्डामा लकडाउनको क्रममा ६० प्रतिशत बालबालिकालाई खाना दिने नाममा यौनिक शोषण गरिएको युगान्डा युवा विकास सञ्जाल नामको गैरसरकारी संस्थाका कार्यकारी निर्देशक रोजर्स कासिरेले भनिन् ।
दीर्घकालीन सङ्कट
बालबालिकाको हितलाई जोखिममा राख्न कोभिड–१९ महामारी एउटामात्र कारण बनेको छैन । अक्टोबरको युनिसेफको प्रतिवेदनमा संसारका झन्डै ४५ प्रतिशत बालबालिका आधारभूत आवश्यकताको कुनै न कुनै एउटा आवश्यकताबाट वञ्चित रहेको बताइएको छ । आधारभूत आवश्यकता भन्नाले शिक्षा, स्वास्थ्य, आवास, पौष्टिक खाना, सरसफाइ र खानेपानीमध्ये कुनै न कुनै एउटा आवश्यकताबाट बालबालिका वञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ ।
“सन् २०१९ मा भन्डै १ करोड ४० लाख बालबालिकाले कुनै पनि खोप लगाएनन् । झन्डै ६० लाख बालबालिकाले लगाउनुपर्ने पूरा खोपमध्ये केही खोप मात्र लगाए”, युनिसेफको प्रतिवेदनमा भनिएको छ ।
नोभेम्बर १२ मा युनिसेफसहित केही सङ्गठनहरूले संयुक्तरूपमा तयार गरेको प्रतिवेदनले न्यून तथा मध्यम आय भएका देशमा पात्च वर्षमुनिका ४२ लाख बालबालिकामा हरेक वर्ष न्यून अक्सिजनसहितको गम्भीर निमोनिया हुने गरेको जनाएको छ ।
युनिसेफ र विश्व बैङ्कले गत अक्टोबरमा गरेको अर्को विश्लेषणले महामारीअघि संसारमा ६ जनामध्ये एक जना बालबालिका चरम गरिबीको रेखामुनि थिए ।
यस्तो विषम अवस्थामा संसारभर शुक्रबार अन्तर्राष्ट्रिय बालबालिका दिवस मनाइत्दै छ । कोभिड–१९ र त्यसको प्रभावसत्ग जुझिरहेका संसारभरका बालबालिकालाई अझ सबल बनाउन यो बालबालिका दिवसले उल्लेखनीय भूमिका खेल्ने आशा गरिएको छ ।
(सिन्ह्वाको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *