भर्खरै :

महामारीपछिको युगमा विश्वको व्यवस्थापनसम्बन्धी चीनको विचार

पेइचिङ, २२ नोभेम्बर (सीआरआई) । “हामीले संयुक्त परामर्श, निर्माण, उपभोग्यको सिद्धान्तलाई पालन गर्दै बहुपक्षीयवाद, खुला तथा समेटिएको, पारस्परिक हित तथा सहयोगलाई दृढताका साथ कायम राख्नुपर्छ ।” नोभेम्बर २१ तारिख राति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक समूह नेतास्तरीय १५ औँ शिखर सम्मेलनको पहिलो चरणको बैठकलाई भिडियोमार्फत सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले महामारीपछिको युगमा अन्तर्राष्ट्रिय परिपाटी र विश्वको व्यवस्थापनबारेमा निर्णय प्रस्ताव र खास सुझाव प्रस्तुत गर्दै बीस मुलुक समूहका लागि महत्वपूर्ण निर्देशन भूमिका सिर्जना गर्ने बताउनुभयो ।
बाह्र वर्षअघि एक विश्वव्यापी बैङ्किङ्ग सङ्कटबाट बीस मुलुक समूह संयन्त्र जन्मिएको हो । बाह्र वर्षयता यस संयन्त्रले सङ्कटको सामनाबाट क्रमशः विश्वको व्यवस्थापनको महत्वपूर्ण मञ्चसम्म परिवर्तन भएको देखिन्छ । सन् २००८ मा अन्तर्राष्ट्रिय बैङ्किङ्ग सङ्कटको नकारात्मक शक्तिभन्दा बढी वर्तमान नयाँ कोरोना भाइरस महामारीलाई उन्मुख बीस मुलुक समूहले दीर्घकालीन दृष्टिकोणबाट सारा विश्वको व्यवस्थापनलाई पूर्णता दिलाउँदै जनताका लागि आशा सिर्जना गर्नसक्छ ।
वर्तमान कठिनाइबाट कसरी मुक्त भएको छ । यसबारेमा राष्ट्राध्यक्ष सीले विश्वव्यापी महामारीको रोकथाम तथा नियन्त्रण पर्खालको स्थापना, विश्व अर्थतन्त्रको सञ्चालन नेटवर्कलाई सुविधा बनाउनु, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन भूमिका निर्वाह गर्नु, अझ समेटिएको विकासलाई साकार तुल्याउने गरी चार सुझाव प्रस्तुत गर्नुभएको छ । यी सुझावहरुबाट राष्ट्राध्यक्ष सीले पहिलेका धेरै अन्तर्राष्ट्रिय बैठकमा प्रस्तुत विचारधारालाई जारी राख्दै अन्तर्राष्ट्रिय सामाजिक अभिरुची र चीनको वास्तविक अनुभवलाई मिलाइएको देखिन्छ ।
धेरै उचाइबाट टाढा हेर्न सकिन्छ । राष्ट्राध्यक्ष सीको यी चार सुझावबाट मानव जातिको भावी भाग्य र सङ्कटलाई अवसरसम्म परिवर्तन गर्ने दृष्टिकोण प्रतिबिम्बित भएको छ जसले महामारीपछिको युगमा विश्वको व्यवस्थापनका लागि रूपरेखा सिर्जना गर्दछ ।
हामी सबै देख्छौँः महामारी अवधिमा केही मुलुकले ‘राजनीतिक भाइरस’को प्रचारप्रसार गर्दै संयुक्त राष्ट्र सङ्घको केन्द्रीय समन्वय भूमिकालाई अस्वीकार गरेका छन् जसले कठिन परिस्थितिलाई अझ जटिल बनाएको देखिन्छ । यसबारे राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार संयुक्त राष्ट्र सङ्घको आधिकारिक स्थानको संरक्षण गर्दै बहुपक्षीयवाद प्रणालीको दृढ कायम राख्नुपर्छ । यसका साथै विभिन्न मुलुकबीच डिजिटल अर्थतन्त्रको व्यवस्थापनसम्बन्धी सहमति कमजोर भएको अवस्थामा चीनले विभिन्न पक्षसँग विश्वव्यापी डिजिटल व्यवस्थापन नियम बनाउने इच्छा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ ।
महामारीपछिको युगमा विश्वको शान्तिको निर्माणकर्ता, विश्वको विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय परिपाटीको संरक्षकको हैसियतले चीनले निरन्तर रुपमा विभिन्न पक्षसँग विश्वव्यापी व्यवस्थापन प्रणालीको पूर्णता दिलाउन प्रयास गर्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *